मुख्य समाचार
वीरगञ्ज भन्सार क्षेत्रबाट स्रोत नखुलेको २० लाख नगदसहित एक जना पक्राउ
वीरगञ्ज भन्सार क्षेत्रबाट स्रोत नखुलेको २० लाख नगदसहित एक जना पक्राउ

। पर्साको वीरगञ्ज भन्सार क्षेत्रबाट स्रोत नखुलेको २० लाख नगदसहित एक जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले शुक्रबार बिहान वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार मेनगेटबाट वीरगञ्ज–१७ अलौका ५० वर्षीय विनयशंकर साह तुरहालाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म वीरगञ्जको चेकपोष्ट टोलीले विशेष सूचनाको आधारमा भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल जाँच गर्ने क्रममा २० लाख रकम फेला पारेको थियो ।

साहले चलाएको बीआर ०५ बीके ८६०३ नम्बरको सो मोटरसाइकलको सिट कभरमुनि प्लास्टिकमा २० लाख रुपैयाँ लुकाएर राखेको अवस्थामा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामत रकमध्ये २० लाख २५० रुपैयाँ नेपाली र ६०० रुपैयाँ भारतीय नोट छन् ।

पक्राउ परेका साहलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
मध्यपूर्वमा जारी द्वन्द्वले अब विश्व अर्थतन्त्रमै गम्भीर झट्का दिन थालेको छ । अमेरिका र इजरायलको बमबारी भोगिरहेको इरानले छिमेकी मुलुक कतारको रास लफान इन्डस्ट्रियल सिटीमा गरेको मिसाइल र ड्रोन आक्रमणबाट केवल विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास उत्पादन केन्द्रमा क्षति पुर्‍याएको छ । यति मात्रै होइन यसले एउटा यस्तो श्रृंखलाबद्ध असर सुरु गरेको छ जसको प्रभाव वैश्विक ...
। ब्युटिपार्लरको काम भन्दै कुवतेर लगेर बन्धक बनाएको आरोपमा पक्राउ परेका व्यक्ति कारागार चालन भएका छन् । कारागार चलान हुनेमा सुर्खेतको गर्भाकोट गाउँपालिका–५ का ४८ वर्षीय ससिराम खड्का छन् । काठमाडौं जिल्ला अदालतको आदेश अनुसार उनलाई पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारा पठाइएको हो । उनले काठमाडौंको एक सपिङ मलमा काम गर्ने युवतीलाई कुवेतमा ब्युटिपार्लरमा काम लगाइने भन्दै ...
। सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया इनिसा विकको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै घटनामा संलग्न दोषीलाई कानुनी कारबाहीको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ । स्वतस्फुर्त रूपमा शुक्रबार माइतीघरमा भेला भएका युवाहरूले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न कडा कानुनी व्यवस्था आवश्यक रहेको भन्दै प्रदर्शन गरेका हुन् । दोषीलाई छिटो न्यायको दायरामा ल्याउन, पीडितलाई न्याय दिलाउन ...
। कञ्चनपुरको महेन्द्रनगरमा भारतीय दर्शनार्थीको घुइँचो लागेको छ । भारत उत्तराखण्डको चम्पावत जिल्लाअन्तर्गत चुरे पहाडको शृङ्खलामा रहेको पूर्णागिरि माता दर्शनपछि महेन्द्रनगर र ब्रह्मदेवको सिद्धबाबाको पूजा आराधना गरेपछि मात्रै मनोकामना पूरा हुने किंवदन्तीअनुसार यहाँ आजदेखि भारतीय दर्शनार्थीको भीड बढेको हो । फागु पूर्णिमादेखि नै मेला सुरु भए पनि आज बिहानैदेखि दर्शनार्थीको भीड अत्यधिक बढेको हो । यहाँ बिहानैदेखि ...
। महान्यायाधिवक्ता सविता भण्डारीले महिलाहरू उच्च पदमा पुग्दा महिलाहरूबाटै विरोध हुने गरेको भन्दै त्यसको सट्टा एक–अर्काको वकालत गर्ने संस्कार बसाल्न आग्रह गरेकी छिन् । शुक्रबार भक्तपुरमा नेपाल बारले आयोजना गरेको कानून व्यवसायी महिलाहरूको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले आगामी दिनमा न्यायपालिकामा महिला नेतृत्व पाउने आशा व्यक्त गरिन् । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल भोलिको प्रधानन्यायाधीश ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम