मुख्य समाचार
इजरायलका प्रधानममन्त्री बेन्जामिन नेतन्याहुले आफू जिउँदै रहेको प्रमणित गर्न पत्रकार सम्मेलन गरेका छन्
इजरायलका प्रधानममन्त्री बेन्जामिन नेतन्याहुले आफू जिउँदै रहेको प्रमणित गर्न पत्रकार सम्मेलन गरेका छन्

। इजरायलका प्रधानममन्त्री बेन्जामिन नेतन्याहुले आफू जिउँदै रहेको प्रमणित गर्न पत्रकार सम्मेलन गरेका छन् ।

उनले बिहीबार राति पत्रकार सम्मेलन आयोजना गरेर आफू जिउँदै रहेको प्रमाण विश्व समुदायलाई दिएका हुन् ।

‘म सबैभन्दा पहिले भन्न चाहन्छु कि म जिउँदै छु र तपाईं सबै यसको साक्षी हुनुहुन्छ,’ नेतन्याहुले पत्रकार सम्मेलनको सुरूवातमै भने, ‘यसका साथै म सबै फेक न्युजको खण्डन गर्छु ।’

सामाजिक सञ्जालमा उनको मृत्युको अफवाह फैलिएपछि नेतन्याहु पत्रकार सम्मेलनमार्फत् सार्वजनिक भएका हुन् ।

उनले भने, ‘राष्ट्रपति ट्रम्पको नेतृत्वमा अमेरिका र इजरायल अत्यन्तै मजबुतीका साथ आफ्नो लक्ष्यमा अगाडि बढेका छन् ।’

यसअघि १३ मार्चमा नेतन्याहुको एक्स अकाउन्टमा एउटा भिडियो पोस्ट गरिएको थियो । जसमा उनी इरानको हमलाबारे जानकारी दिइरहेका देखिएको थियो ।

सामाजिक सञ्जालमा कयौं प्रयोगकर्ताहरूले उक्त भिडियोलाई ‘एआई जेनरेटेड’ भनेका थिए ।

उनीहरूले नेतन्याहुको मृत्यु भइसकेको पनि दाबी गरेका थिए । पछि इजरायली प्रधानमन्त्री कार्यालयले नेतन्याहुको मृत्युको खबर झुठो भएको बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: म्यानमारका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि क्यार मो टुनले आफ्नो देशका नागरिकले भोगिरहेको पीडा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग भावुक अपिल गरेका छन् । राष्ट्रसङ्घमा सम्बोधन गर्ने क्रममा उनले म्यानमारको सङ्कटप्रति विश्व समुदाय मौन बसेको भन्दै त्यसलाई तोड्न र पीडित नागरिकलाई सहयोग गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे । अन्तर्राष्ट्रिय समुदायले म्यानमारका जनतालाई पटक-पटक निराश बनाएको उनको भनाइ थियो ...
। स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ । म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे ...
: इजरायलको संसदीय निर्वाचनको प्रारम्भिक नतिजालाई लिएर राजनीतिक विवाद चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब पार्टीहरूले चुनाव ‘चोरी’ गरेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। तर, अरब नेतृत्वका दलहरूको गठबन्धन जोइन्ट लिस्टले आरोप अस्वीकार गरेको छ । अक्टोबर २९ को प्रारम्भिक विवरणअनुसार ९३ प्रतिशतभन्दा बढी मतगणना हुँदा नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको निर्वाचनबारे आफूले प्रतिक्रिया दिएपछि माहोल बदलिएको दाबी गरेका छन् । ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले यस्तो दाबी गरेका हुन् । ‘जब मैले बीबी(बेन्जामिन) नेतान्याहुलाई समर्थन गरँे, त्यसपछि पूरा परिस्थिति नै बदलियो,’ ट्रम्पले लेखेका छन्, ‘अहिले एक महान् प्रधानमन्त्रीले निर्णायक हार बेहोर्ने अवस्थाको सट्टा पछि परेको स्थितिबाट ठूलो पुनरागमन गर्दै बराबरीको प्रतिस्पर्धामा ...
। बेलायतका विश्वविद्यालयमा अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अब आफूसँग जीवनयापन खर्च पर्याप्त रहेको प्रमाणित 
गर्नुपर्ने भएको छ । बेलायतको गृह मन्त्रालयले आगामी ३० नोभेम्बरदेखि विद्यार्थी भिजा आवेदन दिने अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि आर्थिक मापदण्ड बढाउने भएको हो । लन्डनभित्र वा बाहिर अध्ययन गर्ने आवेदकहरूले अब बेलायतमा आफ्नो जीवनयापन खर्च धान्न पहिलेभन्दा बढी रकम आफूसँग भएको देखाउनुपर्नेछ। हाल लन्डनमा ...