मुख्य समाचार
चीनले आफ्नो घरेलु बजार सुरक्षित गर्न कृषि मल निर्यातमा कटौती
चीनले आफ्नो घरेलु बजार सुरक्षित गर्न कृषि मल निर्यातमा कटौती

। चीनले आफ्नो घरेलु बजार सुरक्षित गर्न कृषि मल निर्यातमा कटौती गरिरहेको उद्योग स्रोतहरूले रोयटर्स समाचार एजेन्सीलाई बताएका छन्। यसले अमेरिका-इजरायल र इरान युद्धका कारण पहिले नै अभाव झेलिरहेको विश्वव्यापी बजारमा थप दबाब सिर्जना गरेको छ।

मध्य मार्चमा, बेइजिङले नाइट्रोजन-पोटासियम मलको मिश्रण र केही फस्फेटका प्रकारहरूको निर्यातमा प्रतिबन्ध लगाएको स्रोतले रोयटर्सलाई बताएको छ।

समाचार एजेन्सीका अनुसार, युरियाका लागि विद्यमान प्रतिबन्ध र निर्यात कोटाहरूका साथै, चीनबाट अब केही सीमित मलहरू, विशेषगरी अमोनियम सल्फेट मात्र निर्यात गर्न सकिनेछ। यसको अर्थ चीनले गत वर्ष निर्यात गरेको कुल परिमाणको आधादेखि तीन-चौथाइ भाग अब प्रतिबन्धित भएको छ । रोयटर्सको अनुमान अनुसार यो करिब ४ करोड मेट्रिक टनसम्म हुन सक्छ।

चीन विश्वका सबैभन्दा ठूला मल निर्यातकहरूमध्ये एक हो- जसले गत वर्ष १३ अर्ब डलरभन्दा बढी मूल्यको मल निर्यात गरेको थियो।

होर्मुज स्ट्रेट हुँदै हुने मलको ढुवानी रोकिएको बेला यो प्रतिबन्धको खबर बाहिर आएको छ। यस जलमार्गबाट हुने ढुवानीले समुद्रमार्फत हुने कुल आपूर्तिको करिब एक तिहाइ हिस्सा ओगट्छ।

बीएमआई का वरिष्ठ कमोडिटिज विश्लेषक म्याथ्यू बिगिनले रोयटर्सलाई भने, ‘चीनले सधैं यस्तै शैली देखाउँछ, विश्वव्यापी अभावको समयमा उद्धार गर्न आउनुको सट्टा चीनले आपूर्तिमा रोक लगाउँछ।’

बिगिनले थपे, ‘उनीहरूले खाद्य सुरक्षालाई प्राथमिकता दिइरहेका छन् र आफ्नो घरेलु बजारलाई मूल्यवृद्धिको धक्काबाट बचाइरहेका छन् ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: म्यानमारका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि क्यार मो टुनले आफ्नो देशका नागरिकले भोगिरहेको पीडा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग भावुक अपिल गरेका छन् । राष्ट्रसङ्घमा सम्बोधन गर्ने क्रममा उनले म्यानमारको सङ्कटप्रति विश्व समुदाय मौन बसेको भन्दै त्यसलाई तोड्न र पीडित नागरिकलाई सहयोग गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे । अन्तर्राष्ट्रिय समुदायले म्यानमारका जनतालाई पटक-पटक निराश बनाएको उनको भनाइ थियो ...
। स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ । म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे ...
: इजरायलको संसदीय निर्वाचनको प्रारम्भिक नतिजालाई लिएर राजनीतिक विवाद चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब पार्टीहरूले चुनाव ‘चोरी’ गरेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। तर, अरब नेतृत्वका दलहरूको गठबन्धन जोइन्ट लिस्टले आरोप अस्वीकार गरेको छ । अक्टोबर २९ को प्रारम्भिक विवरणअनुसार ९३ प्रतिशतभन्दा बढी मतगणना हुँदा नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको निर्वाचनबारे आफूले प्रतिक्रिया दिएपछि माहोल बदलिएको दाबी गरेका छन् । ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले यस्तो दाबी गरेका हुन् । ‘जब मैले बीबी(बेन्जामिन) नेतान्याहुलाई समर्थन गरँे, त्यसपछि पूरा परिस्थिति नै बदलियो,’ ट्रम्पले लेखेका छन्, ‘अहिले एक महान् प्रधानमन्त्रीले निर्णायक हार बेहोर्ने अवस्थाको सट्टा पछि परेको स्थितिबाट ठूलो पुनरागमन गर्दै बराबरीको प्रतिस्पर्धामा ...
। बेलायतका विश्वविद्यालयमा अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अब आफूसँग जीवनयापन खर्च पर्याप्त रहेको प्रमाणित 
गर्नुपर्ने भएको छ । बेलायतको गृह मन्त्रालयले आगामी ३० नोभेम्बरदेखि विद्यार्थी भिजा आवेदन दिने अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि आर्थिक मापदण्ड बढाउने भएको हो । लन्डनभित्र वा बाहिर अध्ययन गर्ने आवेदकहरूले अब बेलायतमा आफ्नो जीवनयापन खर्च धान्न पहिलेभन्दा बढी रकम आफूसँग भएको देखाउनुपर्नेछ। हाल लन्डनमा ...