मुख्य समाचार
चीनले आफ्नो घरेलु बजार सुरक्षित गर्न कृषि मल निर्यातमा कटौती
चीनले आफ्नो घरेलु बजार सुरक्षित गर्न कृषि मल निर्यातमा कटौती

। चीनले आफ्नो घरेलु बजार सुरक्षित गर्न कृषि मल निर्यातमा कटौती गरिरहेको उद्योग स्रोतहरूले रोयटर्स समाचार एजेन्सीलाई बताएका छन्। यसले अमेरिका-इजरायल र इरान युद्धका कारण पहिले नै अभाव झेलिरहेको विश्वव्यापी बजारमा थप दबाब सिर्जना गरेको छ।

मध्य मार्चमा, बेइजिङले नाइट्रोजन-पोटासियम मलको मिश्रण र केही फस्फेटका प्रकारहरूको निर्यातमा प्रतिबन्ध लगाएको स्रोतले रोयटर्सलाई बताएको छ।

समाचार एजेन्सीका अनुसार, युरियाका लागि विद्यमान प्रतिबन्ध र निर्यात कोटाहरूका साथै, चीनबाट अब केही सीमित मलहरू, विशेषगरी अमोनियम सल्फेट मात्र निर्यात गर्न सकिनेछ। यसको अर्थ चीनले गत वर्ष निर्यात गरेको कुल परिमाणको आधादेखि तीन-चौथाइ भाग अब प्रतिबन्धित भएको छ । रोयटर्सको अनुमान अनुसार यो करिब ४ करोड मेट्रिक टनसम्म हुन सक्छ।

चीन विश्वका सबैभन्दा ठूला मल निर्यातकहरूमध्ये एक हो- जसले गत वर्ष १३ अर्ब डलरभन्दा बढी मूल्यको मल निर्यात गरेको थियो।

होर्मुज स्ट्रेट हुँदै हुने मलको ढुवानी रोकिएको बेला यो प्रतिबन्धको खबर बाहिर आएको छ। यस जलमार्गबाट हुने ढुवानीले समुद्रमार्फत हुने कुल आपूर्तिको करिब एक तिहाइ हिस्सा ओगट्छ।

बीएमआई का वरिष्ठ कमोडिटिज विश्लेषक म्याथ्यू बिगिनले रोयटर्सलाई भने, ‘चीनले सधैं यस्तै शैली देखाउँछ, विश्वव्यापी अभावको समयमा उद्धार गर्न आउनुको सट्टा चीनले आपूर्तिमा रोक लगाउँछ।’

बिगिनले थपे, ‘उनीहरूले खाद्य सुरक्षालाई प्राथमिकता दिइरहेका छन् र आफ्नो घरेलु बजारलाई मूल्यवृद्धिको धक्काबाट बचाइरहेका छन् ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब अमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा गरेको छ । समाचार एजेन्सीहरूका अनुसार, यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै गएको र यसले शान्ति तथा सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यस्तो निर्णय गरेको हो । यसअघि, यूएईको रक्षा मन्त्रालयले इरानले यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) को एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत् मंगलबार ट्रम्पले सो दाबी गरेका हुन् । पोस्ट गरिएको ग्राफिकमा इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्यलाई घेरिएको छ र त्यसको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको देखिन्छ । यसअघि ...
: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन्। सामान्य अवस्थामा यो जलमार्गबाट विश्वको कुल तेल ओसारपसारको करिब पाँचौं भाग व्यापार हुने गर्छ। अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले यो जलमार्गमा पानीजहाजको आवागमन रोकेको छ। फेब्रुअरी २८ मा ...
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...