मुख्य समाचार
अवरोध कायमै रहेमा तेलको मूल्य प्रति ब्यारेल १८० डलरसम्म पुग्न सक्ने साउदी अरबका अधिकारीहरूले आकलन
अवरोध कायमै रहेमा तेलको मूल्य प्रति ब्यारेल १८० डलरसम्म पुग्न सक्ने साउदी अरबका अधिकारीहरूले आकलन

। ‘होर्मुज स्ट्रेट’ मा अप्रिलको अन्त्यसम्म अवरोध कायमै रहेमा तेलको मूल्य प्रति ब्यारेल १८० डलरसम्म पुग्न सक्ने साउदी अरबका अधिकारीहरूले आकलन गरेका छन् ।

द वाल स्ट्रिट जर्नलले नाम नखुलाइएका धेरै स्रोतहरूलाई उद्धृत गर्दै प्रकाशित सामग्रीमा साउदी अरबका अधिकारीहरूले यस्तो विश्वास व्यक्त गरेको हो ।

फेब्रुअरी २८ मा इरान युद्ध सुरु भएयता तेलको मूल्यमा तीव्र उतारचढाव आइरहेको छ। बिहीबार ब्रेन्ट क्रुडको मूल्य केही समयका लागि प्रति ब्यारेल ११९ डलरको नजिक पुगेर फेरि घटेको थियो।

रियादस्थित किङ फैसल सेन्टर फर रिसर्च एन्ड इस्लामिक स्टडिजका साउदी अरबको विदेश नीतिका विशेषज्ञ उमेर करिमले अलजजिरालाई बताएअनुसार, युद्ध यसरी नै अगाडि बढिरहे तेलको मूल्य प्रति ब्यारेल कम्तीमा १५० डलर पुग्ने सम्भावना उनले औंल्याए ।

‘यदि यी लाल सागरका टर्मिनलहरूमा आक्रमण भयो भने, यदि लाल सागरभित्र कुनै पनि प्रकारको अवरोध भयो भने मलाई लाग्छ १५० डलरभन्दा माथि पुग्ने सम्भावना धेरै छ,’ करिमले भने।

उनले थपे, ‘अहिले, युरोप र एसियाबीचको यो एक मात्र सम्भाव्य सम्पर्क मार्ग हो ।’

साउदी अरबले खाडीबाट १,००० किलोमिटरभन्दा बढी दूरीमा रहेको लाल सागरको यान्बु बन्दरगाहबाट तेल निर्यातलाई निरन्तरता दिइरहेको छ ।

खाडीभरिका ऊर्जा केन्द्रहरू इरान र इजरायल दुवैको आक्रमणको सिकार भइरहेकाले यो बन्दरगाह पनि निशाना बन्न सक्ने साउदी अधिकारीहरूको आशंका छ ।

रास लाफानको क्षतिको असर कति ?

पेरिसस्थित सेन्टर अन ग्लोबल एनर्जी पोलिसीकी एनी-सोफी कोर्बोका अनुसार, कतारमा रहेको विश्वको सबैभन्दा ठूलो तरल प्राकृतिक ग्यास (एलएनजी) निर्यात प्लान्ट रास लाफान यसै साता इरानको आक्रमणमा परेपछि लामो मर्मतसम्भार गर्न कति लाग्छ भन्ने हिसाबकिताब गरिरहेको छ ।

‘क्षतिको प्रभाव हामीलाई अझै थाहा छैन,’ कोर्बोले भनिन्। उनले थपिन्, ‘अन्य एलएनजी केन्द्रहरूमा भएका अघिल्ला घटनाहरूको आधारमा, यसलाई मर्मत गर्न महिनौं लाग्न सक्छ।’

उनले थपिन्, ‘यसअघि एलएनजी केन्द्रमा भएको ठूलो घटना सन् २०२२ मा टेक्सासमा रहेको फ्रिपोर्ट एलएनजीमा भएको थियो । उक्त केन्द्र आठ महिनासम्म बन्द भएको थियो।’

त्यसअघि, सेप्टेम्बर २०२० मा आगलागी भएपछि नर्वेको स्नोभिट डेढ वर्षसम्म बन्द भएको उनले बताइन् ।

‘सबैभन्दा खराब अवस्थाको परिकल्पना गर्दा, रास लाफान सन् २०२६ सम्म पुनः सञ्चालनमा नआउन सक्छ, जसको अर्थ २०२६ मा एलएनजीको आपूर्ति हामी २०२१ मा जति थियौं, लगभग त्यही स्तरमा पुग्नेछ,’ उनले भनिन्।

यो पाँच वर्षको धक्का हुन सक्ने उनको विश्लेषण छ । ‘विश्वका लागि र ग्यासको मूल्यमा यसको प्रभाव धेरै व्यापक हुनेछ,’ उनले भनिन्।

(अलजजिराको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब अमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा गरेको छ । समाचार एजेन्सीहरूका अनुसार, यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै गएको र यसले शान्ति तथा सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यस्तो निर्णय गरेको हो । यसअघि, यूएईको रक्षा मन्त्रालयले इरानले यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) को एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत् मंगलबार ट्रम्पले सो दाबी गरेका हुन् । पोस्ट गरिएको ग्राफिकमा इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्यलाई घेरिएको छ र त्यसको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको देखिन्छ । यसअघि ...
: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन्। सामान्य अवस्थामा यो जलमार्गबाट विश्वको कुल तेल ओसारपसारको करिब पाँचौं भाग व्यापार हुने गर्छ। अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले यो जलमार्गमा पानीजहाजको आवागमन रोकेको छ। फेब्रुअरी २८ मा ...
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...