मुख्य समाचार
अवरोध कायमै रहेमा तेलको मूल्य प्रति ब्यारेल १८० डलरसम्म पुग्न सक्ने साउदी अरबका अधिकारीहरूले आकलन
अवरोध कायमै रहेमा तेलको मूल्य प्रति ब्यारेल १८० डलरसम्म पुग्न सक्ने साउदी अरबका अधिकारीहरूले आकलन

। ‘होर्मुज स्ट्रेट’ मा अप्रिलको अन्त्यसम्म अवरोध कायमै रहेमा तेलको मूल्य प्रति ब्यारेल १८० डलरसम्म पुग्न सक्ने साउदी अरबका अधिकारीहरूले आकलन गरेका छन् ।

द वाल स्ट्रिट जर्नलले नाम नखुलाइएका धेरै स्रोतहरूलाई उद्धृत गर्दै प्रकाशित सामग्रीमा साउदी अरबका अधिकारीहरूले यस्तो विश्वास व्यक्त गरेको हो ।

फेब्रुअरी २८ मा इरान युद्ध सुरु भएयता तेलको मूल्यमा तीव्र उतारचढाव आइरहेको छ। बिहीबार ब्रेन्ट क्रुडको मूल्य केही समयका लागि प्रति ब्यारेल ११९ डलरको नजिक पुगेर फेरि घटेको थियो।

रियादस्थित किङ फैसल सेन्टर फर रिसर्च एन्ड इस्लामिक स्टडिजका साउदी अरबको विदेश नीतिका विशेषज्ञ उमेर करिमले अलजजिरालाई बताएअनुसार, युद्ध यसरी नै अगाडि बढिरहे तेलको मूल्य प्रति ब्यारेल कम्तीमा १५० डलर पुग्ने सम्भावना उनले औंल्याए ।

‘यदि यी लाल सागरका टर्मिनलहरूमा आक्रमण भयो भने, यदि लाल सागरभित्र कुनै पनि प्रकारको अवरोध भयो भने मलाई लाग्छ १५० डलरभन्दा माथि पुग्ने सम्भावना धेरै छ,’ करिमले भने।

उनले थपे, ‘अहिले, युरोप र एसियाबीचको यो एक मात्र सम्भाव्य सम्पर्क मार्ग हो ।’

साउदी अरबले खाडीबाट १,००० किलोमिटरभन्दा बढी दूरीमा रहेको लाल सागरको यान्बु बन्दरगाहबाट तेल निर्यातलाई निरन्तरता दिइरहेको छ ।

खाडीभरिका ऊर्जा केन्द्रहरू इरान र इजरायल दुवैको आक्रमणको सिकार भइरहेकाले यो बन्दरगाह पनि निशाना बन्न सक्ने साउदी अधिकारीहरूको आशंका छ ।

रास लाफानको क्षतिको असर कति ?

पेरिसस्थित सेन्टर अन ग्लोबल एनर्जी पोलिसीकी एनी-सोफी कोर्बोका अनुसार, कतारमा रहेको विश्वको सबैभन्दा ठूलो तरल प्राकृतिक ग्यास (एलएनजी) निर्यात प्लान्ट रास लाफान यसै साता इरानको आक्रमणमा परेपछि लामो मर्मतसम्भार गर्न कति लाग्छ भन्ने हिसाबकिताब गरिरहेको छ ।

‘क्षतिको प्रभाव हामीलाई अझै थाहा छैन,’ कोर्बोले भनिन्। उनले थपिन्, ‘अन्य एलएनजी केन्द्रहरूमा भएका अघिल्ला घटनाहरूको आधारमा, यसलाई मर्मत गर्न महिनौं लाग्न सक्छ।’

उनले थपिन्, ‘यसअघि एलएनजी केन्द्रमा भएको ठूलो घटना सन् २०२२ मा टेक्सासमा रहेको फ्रिपोर्ट एलएनजीमा भएको थियो । उक्त केन्द्र आठ महिनासम्म बन्द भएको थियो।’

त्यसअघि, सेप्टेम्बर २०२० मा आगलागी भएपछि नर्वेको स्नोभिट डेढ वर्षसम्म बन्द भएको उनले बताइन् ।

‘सबैभन्दा खराब अवस्थाको परिकल्पना गर्दा, रास लाफान सन् २०२६ सम्म पुनः सञ्चालनमा नआउन सक्छ, जसको अर्थ २०२६ मा एलएनजीको आपूर्ति हामी २०२१ मा जति थियौं, लगभग त्यही स्तरमा पुग्नेछ,’ उनले भनिन्।

यो पाँच वर्षको धक्का हुन सक्ने उनको विश्लेषण छ । ‘विश्वका लागि र ग्यासको मूल्यमा यसको प्रभाव धेरै व्यापक हुनेछ,’ उनले भनिन्।

(अलजजिराको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: म्यानमारका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि क्यार मो टुनले आफ्नो देशका नागरिकले भोगिरहेको पीडा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग भावुक अपिल गरेका छन् । राष्ट्रसङ्घमा सम्बोधन गर्ने क्रममा उनले म्यानमारको सङ्कटप्रति विश्व समुदाय मौन बसेको भन्दै त्यसलाई तोड्न र पीडित नागरिकलाई सहयोग गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे । अन्तर्राष्ट्रिय समुदायले म्यानमारका जनतालाई पटक-पटक निराश बनाएको उनको भनाइ थियो ...
। स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ । म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे ...
: इजरायलको संसदीय निर्वाचनको प्रारम्भिक नतिजालाई लिएर राजनीतिक विवाद चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब पार्टीहरूले चुनाव ‘चोरी’ गरेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। तर, अरब नेतृत्वका दलहरूको गठबन्धन जोइन्ट लिस्टले आरोप अस्वीकार गरेको छ । अक्टोबर २९ को प्रारम्भिक विवरणअनुसार ९३ प्रतिशतभन्दा बढी मतगणना हुँदा नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको निर्वाचनबारे आफूले प्रतिक्रिया दिएपछि माहोल बदलिएको दाबी गरेका छन् । ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले यस्तो दाबी गरेका हुन् । ‘जब मैले बीबी(बेन्जामिन) नेतान्याहुलाई समर्थन गरँे, त्यसपछि पूरा परिस्थिति नै बदलियो,’ ट्रम्पले लेखेका छन्, ‘अहिले एक महान् प्रधानमन्त्रीले निर्णायक हार बेहोर्ने अवस्थाको सट्टा पछि परेको स्थितिबाट ठूलो पुनरागमन गर्दै बराबरीको प्रतिस्पर्धामा ...
। बेलायतका विश्वविद्यालयमा अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अब आफूसँग जीवनयापन खर्च पर्याप्त रहेको प्रमाणित 
गर्नुपर्ने भएको छ । बेलायतको गृह मन्त्रालयले आगामी ३० नोभेम्बरदेखि विद्यार्थी भिजा आवेदन दिने अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि आर्थिक मापदण्ड बढाउने भएको हो । लन्डनभित्र वा बाहिर अध्ययन गर्ने आवेदकहरूले अब बेलायतमा आफ्नो जीवनयापन खर्च धान्न पहिलेभन्दा बढी रकम आफूसँग भएको देखाउनुपर्नेछ। हाल लन्डनमा ...