मुख्य समाचार
युद्धको अन्त्य संयुक्त राज्य अमेरिकाको राजनीतिक इच्छाशक्ति र निर्णयमा निर्भर रहेको
युद्धको अन्त्य संयुक्त राज्य अमेरिकाको राजनीतिक इच्छाशक्ति र निर्णयमा निर्भर रहेको

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी भीषण युद्धको अन्त्य संयुक्त राज्य अमेरिकाको राजनीतिक इच्छाशक्ति र निर्णयमा निर्भर रहेको बताएका छन् ।

ब्रसेल्समा आयोजित एक कार्यक्रममा बोल्दै गुटेरेसले भने , ‘मलाई विश्वास छ कि यो युद्ध रोक्ने शक्ति अमेरिकाको हातमा छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले चाहेमा यो सम्भव छ।’

उनका अनुसार इजरायलले इरानको सैन्य क्षमता पूर्ण रूपमा नष्ट गर्ने र त्यहाँको सत्ता परिवर्तन गर्ने रणनीति लिएको छ भने इरानले सकेसम्म लामो समयसम्म प्रतिकार गर्ने रणनीति अपनाएको छ।

महासचिव गुटेरेसले यो जटिल समस्या समाधानका लागि अमेरिकाले आफ्नो लक्ष्य पूरा भएको घोषणा गर्नुपर्नेमा जोड दिएका छन् । उनले राष्ट्रपति ट्रम्पले सम्बन्धित पक्षहरूलाई युद्ध अन्त्यका लागि मनाउन सक्ने विश्वास व्यक्त गरेका छन्।

गत फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका–इजरायल र इरान बीचको यो युद्ध अहिले तेस्रो हप्तामा प्रवेश गरेको छ, जसले गर्दा विश्वभर ऊर्जा संकट र मानवीय क्षति बढ्दै गएको छ।

गुटेरेसको यो भनाइले युद्धविरामका लागि अन्तर्राष्ट्रिय समुदायले अब ह्वाइट हाउसको कदमलाई विशेष चासोका साथ हेरिरहेको संकेत गर्दछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: म्यानमारका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि क्यार मो टुनले आफ्नो देशका नागरिकले भोगिरहेको पीडा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग भावुक अपिल गरेका छन् । राष्ट्रसङ्घमा सम्बोधन गर्ने क्रममा उनले म्यानमारको सङ्कटप्रति विश्व समुदाय मौन बसेको भन्दै त्यसलाई तोड्न र पीडित नागरिकलाई सहयोग गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे । अन्तर्राष्ट्रिय समुदायले म्यानमारका जनतालाई पटक-पटक निराश बनाएको उनको भनाइ थियो ...
। स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ । म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे ...
: इजरायलको संसदीय निर्वाचनको प्रारम्भिक नतिजालाई लिएर राजनीतिक विवाद चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब पार्टीहरूले चुनाव ‘चोरी’ गरेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। तर, अरब नेतृत्वका दलहरूको गठबन्धन जोइन्ट लिस्टले आरोप अस्वीकार गरेको छ । अक्टोबर २९ को प्रारम्भिक विवरणअनुसार ९३ प्रतिशतभन्दा बढी मतगणना हुँदा नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको निर्वाचनबारे आफूले प्रतिक्रिया दिएपछि माहोल बदलिएको दाबी गरेका छन् । ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले यस्तो दाबी गरेका हुन् । ‘जब मैले बीबी(बेन्जामिन) नेतान्याहुलाई समर्थन गरँे, त्यसपछि पूरा परिस्थिति नै बदलियो,’ ट्रम्पले लेखेका छन्, ‘अहिले एक महान् प्रधानमन्त्रीले निर्णायक हार बेहोर्ने अवस्थाको सट्टा पछि परेको स्थितिबाट ठूलो पुनरागमन गर्दै बराबरीको प्रतिस्पर्धामा ...
। बेलायतका विश्वविद्यालयमा अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अब आफूसँग जीवनयापन खर्च पर्याप्त रहेको प्रमाणित 
गर्नुपर्ने भएको छ । बेलायतको गृह मन्त्रालयले आगामी ३० नोभेम्बरदेखि विद्यार्थी भिजा आवेदन दिने अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि आर्थिक मापदण्ड बढाउने भएको हो । लन्डनभित्र वा बाहिर अध्ययन गर्ने आवेदकहरूले अब बेलायतमा आफ्नो जीवनयापन खर्च धान्न पहिलेभन्दा बढी रकम आफूसँग भएको देखाउनुपर्नेछ। हाल लन्डनमा ...