। जेनजी आन्दोलनका बेला भदौ २४ गते केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका एकजना थुनुवा शुक्रबार पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका-१ का ३० वर्षीय विकाश रुम्बालाई पक्राउ गरेको जनाएको छ ।
रुम्बा लागुऔषध मुद्दामा २०८१ चैत २० गतेदेखि सुन्धारा कारागारमा पुर्पक्षका लागि थुनामा थिए । भदौ २४ गते भागेयता उनी काठमाडौंमा लुकिछिपी बस्दै आएका थिए ।
सीआईबीको टोलीले विशेष सूचनाका आधारमा शुक्रबार काठमाडौं महानगरपालिका–१६ बालाजुबाट उनलाई पक्राउ गरेको हो । प्रहरीले उनलाई आजै केन्द्रीय कारागारमा बुझाएको छ ।