मुख्य समाचार
प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

। प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले विज्ञप्ति जारी गर्दै भोलि (चैत ७) देखि सुरु हुने प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो।

प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

प्रतियोगिता काठमाडौंको मुलपानी क्रिकेट मैदानसँगै मधेश प्रदेशका पर्सा र जनकपुरमा सञ्चालन हुनेछ। प्रतियोगिताका अधिकांश खेल, फाइनलसहित, मधेश प्रदेशमै हुनेछन्।

क्यानले सार्वजनिक गरेको तालिकाअनुसार सुरुवाती केही खेल मात्र काठमाडौंस्थित तल्लो र माथिल्लो मुलपानी मैदानमा खेलाइनेछ।

सुरुमा त्रिवि क्रिकेट मैदानमा पनि खेल गर्ने योजना रहे पनि लिग–२ क्रिकेटका लागि मैदान स्तरोन्नति गर्नुपर्ने भएकाले त्यहाँका खेलहरू तल्लो मुलपानीमा सारिएको हो।

प्रतियोगिता २०८३ साल वैशाख ४ गतेसम्म सञ्चालन हुने क्यानले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाईनलमा काजखस्तानलाई ३-१ सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो । इरानले पहिलो सेट २५-१८ ले जित्दै खेलमा अग्रता बनाएको थियो । काजखस्तानले दोस्रो सेट २५-१९ ले जितेर खेलमा पुनरागमन गरेको थियो । तेस्रो सेट इरानले २५-१५ ...
: एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको विदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरेको हो । सिंगापुरमा ३१ मेदेखि एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका सुरु हुँदैछ । छनोट प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, मलेसिया र ...
: काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गतको पहिलो सेमीफाइनलमा भारतलाई ३–० सोझो सेटमा हराउँदै काजकिस्तान फाइनल प्रवेश गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा काजकिस्तानले भारतलाई २५–२१, २५–१७, २५–१४ ले हराएको हो । समूह ‘ए’ को विजेताको रूपमा सेमीफाइनल खेलेको भारत समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल खेलेको ...
— जियान फिलिपे मेटाटेले गरेको एक माक्र गोलको मदतले त्रिस्टल प्यालेसले रायो भालेकानोलाई १–० ले पराजित गर्दै बुधबार यूईएफए कन्फ्रेन्स लिगको उपाधि जितेको छ । जर्मनको लाइपजिगमा भएको खेलमा मेटाटेले ५१ औं मिनेटमा गोल गरे । इंग्लिस प्रिमियर लिग क्लब प्यालेसले युरोपेली उपाधि जितेको यो पहिलो पटक हो । यस उपाधिसँगै प्रशिक्षक ओलिभर ग्लासनेरले क्लबबाट पनि ...
— कप्तान इन्दु बर्माले अविजित ४२ रन बनाएपछि नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटमा बिहीबार इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको छ । लगातार दोस्रो खेल जितेपछि नेपाल समूह ‘बी’ को विजेता बनेको छ । नेपालले सेमिफाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । अर्को सेमिफाइनल समूह ‘ए’ को विजेता थाइल्यान्ड र चीनबीच हुनेछ । शीर्ष ...