मुख्य समाचार
चट्याङ लागेर ग्राउन्डेड (भूमिस्थ) भएको नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम) को न्यारोबडी जहाज मर्मतका लागि मलेसिया
चट्याङ लागेर ग्राउन्डेड (भूमिस्थ) भएको नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम) को न्यारोबडी जहाज मर्मतका लागि मलेसिया

: चट्याङ लागेर ग्राउन्डेड (भूमिस्थ) भएको नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम) को न्यारोबडी जहाज मर्मतका लागि मलेसिया पुगेको छ। चट्याङ लागेर ग्राउन्डेड भएको जहाज २० दिनपछि मर्मतका लागि मलेसिया उडेको हो। जहाजको बिग्रिएको सार्कलेट भागलाई बदल्नका लागि जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बुधबार राति करिब १०:३० बजे मलेसियाका लागि उडेको हो।


३८ यात्रु (३४ नेपाली र ४ विदेशी) र चालकदलसहित जहाज मलेसिया पुगेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए। जहाजको फेर्नुपर्ने नयाँ सार्कलेट सिंगापुरबाट मलेसिया ल्याइएको छ। मर्मतपछि जहाजले शुक्रबार नियमित काठमाडौं उडान गर्दैछ। जहाजले शुक्रबार बिहान ८ बजे (स्थानीय समय) मलेसियाबाट काठमाडौं उडान भर्दैछ। जहाज मर्मत हुने कि नहुने दोधारका कारण करिब ३ जना यात्रुले मात्र टिकट काटेको निगम स्रोत बताउँछ।


गत फागुन १२ गते काठमाडौं–हङकङ–काठमाडौं उडानका क्रममा काठमाडौंको इर्गिस बिन्दुमा चट्याङ परेको थियो। जहाज रनवे (धावनमार्ग)बाट उडेर करिब १५ माइल पर बनेपाको ठ्याक्कै माथिको आकाशको भाग (इर्गिस) मा पुग्यो। इर्गिस भनेको जहाज उडान भर्दै काठमाडौं छोड्ने बिन्दु (एक्जिट प्वाइन्ट) हो, विमानस्थलबाट उडान भरेपछि सुरक्षित रूपमा आफ्नो गन्तव्यको हवाई मार्ग’ (एयर वे) मा जान यसले एउटा निकास बिन्दुको रूपमा काम गर्छ।



त्यहाँबाट इर्गिसमा पुग्नेबित्तिकै उक्त न्यारोबडीले चट्याङको सामना गर्नुपर्‍यो। चट्याङको सामना गर्दा जहाजको पखेटाको एउटा सार्कलेटमा क्षति पुगेको हो। त्यसपछि जहाजले ४ घन्टाको उडान भर्दै गन्तव्य मुलुक हङकङमा अवतरण गरेको थियो। अवतरणपछि हङकङ विमानस्थलको प्राविधिक टोलीबाट परीक्षण गराइयो।

उक्त टोलीले काठमाडौं अवतरण गराइ जहाजको उक्त भागको मर्मतसम्भार गर्न निर्देशन दियो। जहाज फागुन १४ गते काठमाडौं अवतरणपछि ग्राउन्डेड भयो। जहाज अर्थिङ भए पनि चट्याङका कारण उत्पन्न भएको बिजुलीको भारलाई सार्कलेटको अन्तिम भागमा हुने स्ट्याटिक वायरले नै सामान्यतया फाल्ने गर्छ। तर, त्यो दिन भने सार्कलेटमा नै क्षति पुग्ने गरी चट्याङ परेको निगम स्रोत बताउँछ। काठमाडौं आइपुगेको जहाजलाई फ्रान्सस्थित उत्पादक कम्पनी एयरबसले ग्राउन्डेड गर्न सुझाए पनि निगम व्यवस्थापनले जहाजलाई ग्राउन्डेड गरेको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिका-इरान द्वन्द्वका बीच खाडी मुलुकमा सात जना नेपाली पक्राउ परेका छन्। सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा सम्बन्धित मुलुकले उनीहरूलाई पक्राउ गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। पक्राउ परेका नेपालीहरूले युद्धसम्बन्धी तस्बिर र भिडियो सामाजिक सञ्जालमा हालेर अफवाह फैलाइएको आरोप लगाइएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए। उनका अनुसार युएईमा तीन, साउदी अरबमा तीन र ...
: सहकारीमा बचत गरेको रकम फिर्ता हुनुपर्ने माग राख्दै सहकारी पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्। सहकारीका जम्मा गरेको ठूलो सानो सबै रकम फिर्ता हुनुपर्ने र ठगि गर्नेलाई कारबाही गर्नुपर्ने माग राख्दै सहकारी पीडित बचतकर्ता राष्ट्रिय महासंघको अगुवाइमा शुक्रबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको हो। प्रदर्शनमा सहभागीहरूले ग्याँस छैन, तेल छैन, सहकारीमा राखेको पैसा छैन, सहकारी ...
स्रोत नखुलेको २० लाख बढी रकमसहित एक जना पक्राउ
: मोरङको रतुवामाईमा बुवाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। रतुवामाई नगरपालिका–३ चौकीघाटका ४९ वर्षीय श्रवणकुमार सहनीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो। आफ्नै बाबुमाथि आक्रमण गरेर फरार रहेका उनी डेढ महिनापछि पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय सिजुवाका असई रमेश नेपाल नेतृत्वको टोलीले सहनीलाई झापाको गौरीगन्ज गाउँपालिका–६ देवीगन्जबाट पक्राउ गरेको मोरङ प्रहरीका सूचना ...
: नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत हुने निर्णय पेस गरेका छन्। पार्टी कार्यालयमा शुक्रबारदेखि सुरू भएको केन्द्रीय कार्यसमितिमा उनले सात कारणसहित सभापति थापाको राजीनामा स्वीकृत नहुने बताए। प्रतिकुलता चिरेर पार्टीलाई अनुकुलतामा पुर्‍याउने कमान्ड छोडेर सभापतिले पदत्याग गर्नु संगठनप्रति न्याय नहुने उनको ठहर छ। 'विशेष महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व आएको पचास दिनको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम