मुख्य समाचार
स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुङ्गा बसिन्डाँडामा एउटा चितुवा मृत फेला
स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुङ्गा बसिन्डाँडामा एउटा चितुवा मृत फेला

। स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुङ्गा बसिन्डाँडामा एउटा चितुवा मृत फेला परेको छ । स्थानीयले देखेपछि प्रहरी र वन कार्यालयलाई खबर गरेपछि घटना सार्वजनिक भएको हो ।

गल्याङस्थित कालीगण्डकी सवडिभिजन वन कार्यालयका अनुसार करिब एक वर्ष उमेरको चितुवा शुक्रबार दिउँसो फेला परेको हो । वन अधिकृत सुमन केसीका अनुसार चितुवा केही दिनअघि नै मरेको हुनसक्ने अनुमान गरिएको छ ।

प्रारम्भिक निरीक्षणमा चितुवाको शरीरमा बाहिरी चोटपटक वा आक्रमणका कुनै स्पष्ट संकेत नदेखिएको वन कार्यालयले जनाएको छ । ‘मानिस वा अन्य जनावरको आक्रमणबाट मरेको जस्तो देखिँदैन, अन्य कारण हुनसक्छ’, वन अधिकृत केसीले बताए ।

घटनास्थलमा स्थानीय जनप्रतिनिधि, प्रहरी र बासिन्दाको उपस्थितिमा मुचुल्का तयार गरी चितुवाको शव व्यवस्थापन गरिएको छ । वन कार्यालयले घटनाको कारणबारे थप अनसन्धान गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिका-इरान द्वन्द्वका बीच खाडी मुलुकमा सात जना नेपाली पक्राउ परेका छन्। सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा सम्बन्धित मुलुकले उनीहरूलाई पक्राउ गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। पक्राउ परेका नेपालीहरूले युद्धसम्बन्धी तस्बिर र भिडियो सामाजिक सञ्जालमा हालेर अफवाह फैलाइएको आरोप लगाइएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए। उनका अनुसार युएईमा तीन, साउदी अरबमा तीन र ...
: सहकारीमा बचत गरेको रकम फिर्ता हुनुपर्ने माग राख्दै सहकारी पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्। सहकारीका जम्मा गरेको ठूलो सानो सबै रकम फिर्ता हुनुपर्ने र ठगि गर्नेलाई कारबाही गर्नुपर्ने माग राख्दै सहकारी पीडित बचतकर्ता राष्ट्रिय महासंघको अगुवाइमा शुक्रबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको हो। प्रदर्शनमा सहभागीहरूले ग्याँस छैन, तेल छैन, सहकारीमा राखेको पैसा छैन, सहकारी ...
स्रोत नखुलेको २० लाख बढी रकमसहित एक जना पक्राउ
: मोरङको रतुवामाईमा बुवाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। रतुवामाई नगरपालिका–३ चौकीघाटका ४९ वर्षीय श्रवणकुमार सहनीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो। आफ्नै बाबुमाथि आक्रमण गरेर फरार रहेका उनी डेढ महिनापछि पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय सिजुवाका असई रमेश नेपाल नेतृत्वको टोलीले सहनीलाई झापाको गौरीगन्ज गाउँपालिका–६ देवीगन्जबाट पक्राउ गरेको मोरङ प्रहरीका सूचना ...
: नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत हुने निर्णय पेस गरेका छन्। पार्टी कार्यालयमा शुक्रबारदेखि सुरू भएको केन्द्रीय कार्यसमितिमा उनले सात कारणसहित सभापति थापाको राजीनामा स्वीकृत नहुने बताए। प्रतिकुलता चिरेर पार्टीलाई अनुकुलतामा पुर्‍याउने कमान्ड छोडेर सभापतिले पदत्याग गर्नु संगठनप्रति न्याय नहुने उनको ठहर छ। 'विशेष महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व आएको पचास दिनको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम