मुख्य समाचार
अविरल वर्षाको कारण बिपी राजमार्ग अवरुद्ध
अविरल वर्षाको कारण बिपी राजमार्ग अवरुद्ध

। अविरल वर्षाको कारण बिपी राजमार्ग अवरुद्ध भएको छ । रोशी खोलाले अस्थाीय रुपमा सञ्चालन भएको डाइभर्सन बगाएपछि बिपी राजमार्ग अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख एसपी कोमल शाहका अनुसार बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा पर्ने रोशी गाउँपालिकाको चारसयबेशी, गिम्दी, दाउन्ने र कालढुङ्गामा बनाइएको अस्थायी डाइभर्सन रोशी खोलाले बगाएको हो ।

‘निर्माणको काम भइरहेकोले बिपी राजमार्गको धेरै खण्ड रोशी खोलाको किनारमा अवस्थित छ । रोशी खोला को बहाव बढेर राजमार्गमा छिरेर राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ’, एसपी शाहले भने ।

उनका अनुसार सडक विभाग र स्थानीय तहसँगको समन्वयमा राजमार्ग खुलाउने कार्य भइरहेकोले यात्रुहरुलाई राजमार्गको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरिएको छ ।

काभ्रेखण्डको सवारीसाधनहरुलाई भकुण्डे र कटुन्जेमा होल्ड गरिएको छ । त्यस्तै राजमार्ग अवरुद्ध भएपछि राजमार्गको सिन्धुली खण्ड भएर आउने सवारी साधनहरुलाई प्रहरी चौकी दुम्जा र जिल्ला प्रहरी कार्यालयको चेकपोष्टमा सवारी साधन होल्ड गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए ।

२०८१ र ०८२ मा आएको अविरल वर्षाको कारण रोशी खोलाले बिपी राजमार्ग बगाएपछि अहिले भकुण्डे-नेपालथोक खण्ड निर्माणाधीन अवस्थामा छ । निर्माणको क्रममा राजमार्गलाई रोशी खोलाको बगरमा डाइभर्सनमार्फत सवारी सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षा गरेको छ । शुक्रबार पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रीय समिति वैठकमा पार्टी उपसभापति विश्वप्रकाश शर्माले चरम गुटबन्दी र वितृष्णाका कारण पार्टीले पराजय भोग्नु परेको प्रारम्भिक समीक्षा प्रतिवेदन पेस गरेका छन् । उनले पराजयको प्रमुख कारण चरम गुटबन्दी र वितृष्णा भएको बताएका छन् । उनले गुटबन्दीको ...
: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस र स्पेन पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा काभ्रेको रोशी गाउँपालिका-६ घर भई काठमाडौं नागार्जुन नगरपालिका-३ बस्ने ३८ वर्षीय रकम बहादुर लोप्चन तामाङ र सिराहाको मिर्चैया नगरपालिका-३ घर भई काठमाडौं महानगरपालिका-३१ बस्ने २२ वर्षीय लक्ष्मण कुमार यादव रहेका छन्। काठमाडौं ...
: अमेरिका-इरान द्वन्द्वका बीच खाडी मुलुकमा सात जना नेपाली पक्राउ परेका छन्। सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा सम्बन्धित मुलुकले उनीहरूलाई पक्राउ गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। पक्राउ परेका नेपालीहरूले युद्धसम्बन्धी तस्बिर र भिडियो सामाजिक सञ्जालमा हालेर अफवाह फैलाइएको आरोप लगाइएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए। उनका अनुसार युएईमा तीन, साउदी अरबमा तीन र ...
: सहकारीमा बचत गरेको रकम फिर्ता हुनुपर्ने माग राख्दै सहकारी पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्। सहकारीका जम्मा गरेको ठूलो सानो सबै रकम फिर्ता हुनुपर्ने र ठगि गर्नेलाई कारबाही गर्नुपर्ने माग राख्दै सहकारी पीडित बचतकर्ता राष्ट्रिय महासंघको अगुवाइमा शुक्रबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको हो। प्रदर्शनमा सहभागीहरूले ग्याँस छैन, तेल छैन, सहकारीमा राखेको पैसा छैन, सहकारी ...
स्रोत नखुलेको २० लाख बढी रकमसहित एक जना पक्राउ
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम