मुख्य समाचार
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानलाई ‘विनाश’ गरिरहेको युद्ध धेरैले आशङ्का गरेभन्दा पहिले नै समाप्त हुने बताए
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानलाई ‘विनाश’ गरिरहेको युद्ध धेरैले आशङ्का गरेभन्दा पहिले नै समाप्त हुने बताए

। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानलाई ‘विनाश’ गरिरहेको युद्ध धेरैले आशङ्का गरेभन्दा पहिले नै समाप्त हुने बताएका छन् । नेतन्याहुको भनाइपछि कच्चा तेलको मूल्य शुक्रबार घटेको छ ।

व्यापारीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टिप्पणीलाई पनि स्वागत गरेका छन् । बुधबार खाडी राष्ट्र कतारको एक प्रमुख ग्यास फिल्डमा भएको आक्रमणले खाडीमा इन्धन प्रशोधन केन्द्रहरू विरुद्ध इरानले प्रतिशोधको चेतावनी दिएपछि राष्ट्रपति ट्रम्पले इजरायली सेनाले तेहरानको कुनै पनि ऊर्जा पूर्वाधारलाई लक्षित नगर्ने बताएका थिए ।

द्वन्द्व चौथो हप्तामा प्रवेश गर्दा लगानीकर्ताहरू ऊर्जा बजारको बारेमा चिन्ता व्यक्त गरिरहँदा खाडी क्षेत्रका उर्जा केन्द्रहरूको स्वामित्वप्रति नयाँ लगानीकर्ताहरूको रूची प्रायः घटेको छ । तेलको मूल्य अझै पनि प्रति ब्यारेल १०० डलर वरिपरि छ तर इन्धन आपूर्तिका लागि महत्त्वपूर्ण मानिने ‘स्ट्रेट अफ हर्मुज’ को प्रभावकारी बन्दको बीचमा ग्याँसको मूल्य अत्यधिक बढेको छ।

इजरायल र संयुक्त राज्य अमेरिकाले ‘विजय हासिल गरिरहेको र इरानलाई ध्वस्त पारिरहेको छ’ भन्दै नेतान्याहूले भने, ‘इस्लामिक गणतन्त्रसँग युरेनियम प्रशोधन गर्ने वा ब्यालेस्टिक क्षेप्यास्त्र उत्पादन गर्ने क्षमता छैन ।’

‘यो युद्ध मानिसहरूले सोचेभन्दा धेरै छिटो समाप्त हुँदैछ’, उनले कुनै निश्चित समय सीमा नदिई भनेका छन् । नेतन्याहूले अघि भने, ‘इजरायलले संयुक्त राज्य अमेरिकालाई हर्मुजलाई सुरक्षित गर्ने प्रयासमा मद्दत गर्नेछ, जसमार्फत विश्वव्यापी तेल र ग्यासको पाँच भागको एक भाग प्रवाह हुन्छ ।’

वासिङ्टनले फेब्रुअरी २८ मा इरानविरुद्ध सुरु भएको युद्ध अन्त्य गर्ने कुनै समयसीमा नभएको बताएपछि नेतन्याहुको भने फरक टिप्पणी आएको हो।

नेतन्याहूको टिप्पणी अघि तेहरानले आफ्नो दक्षिण पार्स क्षेत्रमा इजरायलको आक्रमणको बदलामा खाडी वरपरका धेरै ऊर्जा स्थलहरूमा आक्रमण गरेपछि कच्चा तेल (इन्धन) को मूल्य ११९ डलर प्रति व्यारेलसम्म पुगेको थियो।

इरानको ग्यास क्षेत्रमा आक्रमण गर्ने विषयमा प्रधानमन्त्रीसँग कुरा गरेको छ कि छैन भन्ने प्रश्नको जवाफमा राष्ट्रपति ट्रम्पले भने, ‘मैले कुरा गरेको छु। मैले इजरायली अधिकारीलाई इन्धन उत्पादन तथा प्रशोधनस्थललाई निशाना नबनाउन आग्रह गरेको छु र उसले त्यसो गर्दैन ।’

उनले यसअघि नै इरानलाई चेतावनी दिएका थिए,’यदि तेहरानले कतारमाथि आक्रमण गर्न बन्द गरेन भने अमेरिकी सेनाले दक्षिण पार्स क्षेत्रमा ‘व्यापक रूपमा विस्फोट गर्ने ।’

यसैबीच, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले आफ्नो देशले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्का स्थायी सदस्यहरूसँग संयुक्त राष्ट्र सङ्घको फ्रेमवर्क स्थापना गर्ने योजना बनाएको बताएका छन् ।

द्वन्द्व चाँडै समाप्त हुने सम्भावना नरहेको सङ्केतमा खाडी राष्ट्रहरूले नयाँ आक्रमणको सामना गर्नुपरेको बेला इजरायलले शुक्रबार तेहरानमा आक्रमणको लहर सुरु गर्यो भने इरानले कुवेतस्थित तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरी छिमेकीहरूलाई निशाना बनाइरहेको छ ।

एसपीआई एसेट म्यानेजमेन्टका स्टिफन इन्सले लेखेका छन्, ‘नेतन्याहूको टिप्पणीले भावनामा सुखदायक मलमको एक तह पोखेको छ, स्ट्रेट सुरक्षित गर्ने कुरा र इरानको परमाणु र मिसाइल क्षमतालाई निष्प्रभावी गरिएको दाबी गरिएको छ, जसले यो द्वन्द्व डर मानिएभन्दा छिटो अन्त्य हुन सक्छ भन्ने विचारलाई बढावा दिन्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: म्यानमारका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि क्यार मो टुनले आफ्नो देशका नागरिकले भोगिरहेको पीडा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग भावुक अपिल गरेका छन् । राष्ट्रसङ्घमा सम्बोधन गर्ने क्रममा उनले म्यानमारको सङ्कटप्रति विश्व समुदाय मौन बसेको भन्दै त्यसलाई तोड्न र पीडित नागरिकलाई सहयोग गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे । अन्तर्राष्ट्रिय समुदायले म्यानमारका जनतालाई पटक-पटक निराश बनाएको उनको भनाइ थियो ...
। स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ । म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे ...
: इजरायलको संसदीय निर्वाचनको प्रारम्भिक नतिजालाई लिएर राजनीतिक विवाद चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब पार्टीहरूले चुनाव ‘चोरी’ गरेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। तर, अरब नेतृत्वका दलहरूको गठबन्धन जोइन्ट लिस्टले आरोप अस्वीकार गरेको छ । अक्टोबर २९ को प्रारम्भिक विवरणअनुसार ९३ प्रतिशतभन्दा बढी मतगणना हुँदा नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको निर्वाचनबारे आफूले प्रतिक्रिया दिएपछि माहोल बदलिएको दाबी गरेका छन् । ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले यस्तो दाबी गरेका हुन् । ‘जब मैले बीबी(बेन्जामिन) नेतान्याहुलाई समर्थन गरँे, त्यसपछि पूरा परिस्थिति नै बदलियो,’ ट्रम्पले लेखेका छन्, ‘अहिले एक महान् प्रधानमन्त्रीले निर्णायक हार बेहोर्ने अवस्थाको सट्टा पछि परेको स्थितिबाट ठूलो पुनरागमन गर्दै बराबरीको प्रतिस्पर्धामा ...
। बेलायतका विश्वविद्यालयमा अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अब आफूसँग जीवनयापन खर्च पर्याप्त रहेको प्रमाणित 
गर्नुपर्ने भएको छ । बेलायतको गृह मन्त्रालयले आगामी ३० नोभेम्बरदेखि विद्यार्थी भिजा आवेदन दिने अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि आर्थिक मापदण्ड बढाउने भएको हो । लन्डनभित्र वा बाहिर अध्ययन गर्ने आवेदकहरूले अब बेलायतमा आफ्नो जीवनयापन खर्च धान्न पहिलेभन्दा बढी रकम आफूसँग भएको देखाउनुपर्नेछ। हाल लन्डनमा ...