मुख्य समाचार
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानलाई ‘विनाश’ गरिरहेको युद्ध धेरैले आशङ्का गरेभन्दा पहिले नै समाप्त हुने बताए
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानलाई ‘विनाश’ गरिरहेको युद्ध धेरैले आशङ्का गरेभन्दा पहिले नै समाप्त हुने बताए

। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानलाई ‘विनाश’ गरिरहेको युद्ध धेरैले आशङ्का गरेभन्दा पहिले नै समाप्त हुने बताएका छन् । नेतन्याहुको भनाइपछि कच्चा तेलको मूल्य शुक्रबार घटेको छ ।

व्यापारीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टिप्पणीलाई पनि स्वागत गरेका छन् । बुधबार खाडी राष्ट्र कतारको एक प्रमुख ग्यास फिल्डमा भएको आक्रमणले खाडीमा इन्धन प्रशोधन केन्द्रहरू विरुद्ध इरानले प्रतिशोधको चेतावनी दिएपछि राष्ट्रपति ट्रम्पले इजरायली सेनाले तेहरानको कुनै पनि ऊर्जा पूर्वाधारलाई लक्षित नगर्ने बताएका थिए ।

द्वन्द्व चौथो हप्तामा प्रवेश गर्दा लगानीकर्ताहरू ऊर्जा बजारको बारेमा चिन्ता व्यक्त गरिरहँदा खाडी क्षेत्रका उर्जा केन्द्रहरूको स्वामित्वप्रति नयाँ लगानीकर्ताहरूको रूची प्रायः घटेको छ । तेलको मूल्य अझै पनि प्रति ब्यारेल १०० डलर वरिपरि छ तर इन्धन आपूर्तिका लागि महत्त्वपूर्ण मानिने ‘स्ट्रेट अफ हर्मुज’ को प्रभावकारी बन्दको बीचमा ग्याँसको मूल्य अत्यधिक बढेको छ।

इजरायल र संयुक्त राज्य अमेरिकाले ‘विजय हासिल गरिरहेको र इरानलाई ध्वस्त पारिरहेको छ’ भन्दै नेतान्याहूले भने, ‘इस्लामिक गणतन्त्रसँग युरेनियम प्रशोधन गर्ने वा ब्यालेस्टिक क्षेप्यास्त्र उत्पादन गर्ने क्षमता छैन ।’

‘यो युद्ध मानिसहरूले सोचेभन्दा धेरै छिटो समाप्त हुँदैछ’, उनले कुनै निश्चित समय सीमा नदिई भनेका छन् । नेतन्याहूले अघि भने, ‘इजरायलले संयुक्त राज्य अमेरिकालाई हर्मुजलाई सुरक्षित गर्ने प्रयासमा मद्दत गर्नेछ, जसमार्फत विश्वव्यापी तेल र ग्यासको पाँच भागको एक भाग प्रवाह हुन्छ ।’

वासिङ्टनले फेब्रुअरी २८ मा इरानविरुद्ध सुरु भएको युद्ध अन्त्य गर्ने कुनै समयसीमा नभएको बताएपछि नेतन्याहुको भने फरक टिप्पणी आएको हो।

नेतन्याहूको टिप्पणी अघि तेहरानले आफ्नो दक्षिण पार्स क्षेत्रमा इजरायलको आक्रमणको बदलामा खाडी वरपरका धेरै ऊर्जा स्थलहरूमा आक्रमण गरेपछि कच्चा तेल (इन्धन) को मूल्य ११९ डलर प्रति व्यारेलसम्म पुगेको थियो।

इरानको ग्यास क्षेत्रमा आक्रमण गर्ने विषयमा प्रधानमन्त्रीसँग कुरा गरेको छ कि छैन भन्ने प्रश्नको जवाफमा राष्ट्रपति ट्रम्पले भने, ‘मैले कुरा गरेको छु। मैले इजरायली अधिकारीलाई इन्धन उत्पादन तथा प्रशोधनस्थललाई निशाना नबनाउन आग्रह गरेको छु र उसले त्यसो गर्दैन ।’

उनले यसअघि नै इरानलाई चेतावनी दिएका थिए,’यदि तेहरानले कतारमाथि आक्रमण गर्न बन्द गरेन भने अमेरिकी सेनाले दक्षिण पार्स क्षेत्रमा ‘व्यापक रूपमा विस्फोट गर्ने ।’

यसैबीच, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले आफ्नो देशले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्का स्थायी सदस्यहरूसँग संयुक्त राष्ट्र सङ्घको फ्रेमवर्क स्थापना गर्ने योजना बनाएको बताएका छन् ।

द्वन्द्व चाँडै समाप्त हुने सम्भावना नरहेको सङ्केतमा खाडी राष्ट्रहरूले नयाँ आक्रमणको सामना गर्नुपरेको बेला इजरायलले शुक्रबार तेहरानमा आक्रमणको लहर सुरु गर्यो भने इरानले कुवेतस्थित तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरी छिमेकीहरूलाई निशाना बनाइरहेको छ ।

एसपीआई एसेट म्यानेजमेन्टका स्टिफन इन्सले लेखेका छन्, ‘नेतन्याहूको टिप्पणीले भावनामा सुखदायक मलमको एक तह पोखेको छ, स्ट्रेट सुरक्षित गर्ने कुरा र इरानको परमाणु र मिसाइल क्षमतालाई निष्प्रभावी गरिएको दाबी गरिएको छ, जसले यो द्वन्द्व डर मानिएभन्दा छिटो अन्त्य हुन सक्छ भन्ने विचारलाई बढावा दिन्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब अमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा गरेको छ । समाचार एजेन्सीहरूका अनुसार, यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै गएको र यसले शान्ति तथा सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यस्तो निर्णय गरेको हो । यसअघि, यूएईको रक्षा मन्त्रालयले इरानले यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) को एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत् मंगलबार ट्रम्पले सो दाबी गरेका हुन् । पोस्ट गरिएको ग्राफिकमा इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्यलाई घेरिएको छ र त्यसको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको देखिन्छ । यसअघि ...
: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन्। सामान्य अवस्थामा यो जलमार्गबाट विश्वको कुल तेल ओसारपसारको करिब पाँचौं भाग व्यापार हुने गर्छ। अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले यो जलमार्गमा पानीजहाजको आवागमन रोकेको छ। फेब्रुअरी २८ मा ...
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...