: प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगिता २०८२ /८३ को पुरस्कार रकम सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रथम हुने टिमलाई १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ नगद पुरस्कार पाउने जानकारी दिएको छ।
चैत ७ गतेबाट काठमाडौंका दुई स्थान (तल्लो र माथिल्लो मूलपानी मैदान) तथा पर्सा र जनकपुरमा गरि संस्करणको प्रधानमन्त्री कप सञ्चालन हुनेछ।
शनिबारबाट सुरु हुने प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको क्यानले विज्ञप्ति मार्फत जानकारी दिएको हो।