: अमेरिका-इरान द्वन्द्वका बीच खाडी मुलुकमा सात जना नेपाली पक्राउ परेका छन्। सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा सम्बन्धित मुलुकले उनीहरूलाई पक्राउ गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
पक्राउ परेका नेपालीहरूले युद्धसम्बन्धी तस्बिर र भिडियो सामाजिक सञ्जालमा हालेर अफवाह फैलाइएको आरोप लगाइएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए। उनका अनुसार युएईमा तीन, साउदी अरबमा तीन र कुवेतमा एक नेपाली पक्राउ परेका हुन्।