मुख्य समाचार
इरानसँगको युद्धले इजरायली प्रधानमन्त्री नेतान्याहुलाई यस्ता पाँच फाइदा
इरानसँगको युद्धले इजरायली प्रधानमन्त्री नेतान्याहुलाई यस्ता पाँच फाइदा

: प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले धेरै अघिल्ला इजरायली नेताहरूले गर्न नसकेको काम गरेका छन् । उनको एउटा उपलब्धीमा अमेरिकासँग मिलेर आफ्नो क्षेत्रीय शत्रु इरानविरुद्ध खुला रूपमा लामो समयसम्म आक्रमण गर्न सहमत गराउनु हो ।


अहिलेसम्म ती आक्रमणहरूमा इरानमा १,४०० भन्दा बढी मानिसको मृत्यु भएको छ, जबकि इजरायली आक्रमणले लेबनानमा १,००० जनाको ज्यान लिएको छ । साथै धेरै क्षेत्रीय देशहरूमा पनि थप मृत्यु भएका छन्–जसको असर धेरैले पहिल्यै अनुमान गरेका थिए ।


विश्व अर्थतन्त्रका लागि महत्वपूर्ण मानिने तेलको मूल्य नयाँ उचाइमा पुगेको छ, जसले अभाव र सम्भावित राशनिङको सम्भावनालाई अझ नजिक ल्याएको छ । अमेरिकामा, डेमोक्र्याट सांसदहरूका साथै राष्ट्रपति डोनाल्ड ट्रम्पका केही प्रमुख समर्थकहरू–जस्तै मिडिया व्यक्तित्व टकर कार्लसन र पोडकास्ट होस्ट जो रोगनले पनि खुलेर विरोध जनाएका छन् ।



युद्धको सम्भावित समाधान के हुने भन्नेमा कुनै स्पष्ट सहमति छैन र यसले अमेरिका र उसका युरोपेली तथा पश्चिमी सहयोगीहरूबीच कूटनीतिक दूरी बढाएको छ । तर नेतान्याहुका लागि यी सबैभन्दा पनि कम महत्वका हुन सक्छन्, किनकि उनले यस द्वन्द्वबाट पहिले नै केही महत्वपूर्ण फाइदा प्राप्त गरिसकेको महसुस गर्न सक्छन् । तल हेर्नुहोस–इरानसँगको युद्धले नेतान्याहुका केही वर्षदेखिका समस्या कसरी समाधान गर्न सक्छ ।

इरानी खतरा
नेतान्याहुले वर्षौंदेखि इरानले इजरायल र विश्वका लागि खतरा भएको चेतावनी दिँदै आएका छन् । उनले संयुक्त राष्ट्रसंघमा इरान नजिकै आणविक हतियार बनाउन लागेको दाबी समेत गरेका थिए । इजरायलले सधैं इरानसँगको कुनै पनि युद्ध जित्न अमेरिकाको साथ आवश्यक ठान्दै आएको थियो, तर त्यो समर्थन अन्ततः ट्रम्प आएपछि मात्र प्राप्त भयो ।

गत वर्ष ट्रम्पले इजरायलसँग मिलेर युद्धमा सहभागी भए, तर इरानी आणविक साइटहरूमा आक्रमण भएपछि चाँडै युद्ध अन्त्य गर्नतर्फ लागे । यस पटक भने ट्रम्प सुरुदेखि नै युद्धमा सहभागी थिए । युद्धको अन्त्य अझै अनिश्चित छ, तर नेतान्याहुले इरानविरुद्ध अमेरिकालाई साथमा ल्याउन सफल भएकोमा आफूलाई सफल ठान्नेछन् ।

युद्धले इरानी सरकारलाई पतन नगराए पनि, इरान कमजोर भएको छ र भविष्यमा इजरायलका लागि कम खतरा हुन सक्छ । साथै, इरानको क्षेत्रीय प्रभाव-जसमा लेबनानको हिजबुल्लाह र सिरियाका बशर अल–असदको शासनको पतन पनि समावेश छ-कमजोर भएपछि नेतान्याहुले इजरायललाई क्षेत्रको प्रमुख शक्तिका रूपमा प्रस्तुत गर्न सक्छन् ।

नेतान्याहुको भ्रष्टाचार मुद्दा
नेतान्याहु २०१९ देखि तीन वटा भ्रष्टाचार मुद्दामा अदालतमा छन् । उनीमाथि मुद्दा ढिलाइ गराउन र टार्न युद्धलाई प्रयोग गरेको आरोप लागेको छ । उनले हालै इजरायली राष्ट्रपति इसहाक हर्जोगसँग माफी दिन आग्रह गरेका छन्, जसले उनलाई सजायबाट जोगाउन सक्छ। तर इजरायलको न्याय मन्त्रालयले मुद्दा चलिरहेको बेला माफी दिनु अनुचित हुने बताएको छ ।

न्यायिक सुधारका अवरोध
नेतान्याहु र उनका दायाँपन्थी सहयोगीहरूले न्याय प्रणालीलाई कमजोर पार्ने प्रयास गरेका छन्, जसको विरोध व्यापक रूपमा भएको थियो । तर युद्धका कारण विरोध आन्दोलन कमजोर भएको छ र नेतान्याहुले विवादास्पद कानुनहरू अघि बढाइरहेका छन् ।

प्यालेस्टिनीहरूमाथिको आलोचना
पश्चिम किनार र गाजामा प्यालेस्टिनीहरूमाथिको हिंसा बढेको छ । अन्तर्राष्ट्रिय समुदायले यसबारे चिन्ता व्यक्त गरेको छ । तर इरानसँगको युद्धका कारण यी विषयहरूमा अन्तर्राष्ट्रिय दबाब कम भएको छ ।

नेतान्याहुको चुनावी डर
अक्टोबर ७ पछि नेतान्याहुको लोकप्रियता घटेको थियो र उनी चुनाव हार्ने अवस्थामा थिए । तर हालैका सर्वेक्षणहरूमा युद्धको कारण उनको समर्थन बढेको देखिएको छ । केही विश्लेषकहरूका अनुसार उनले यो लोकप्रियता प्रयोग गरी चाँडै चुनाव घोषणा गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको निर्वाचनबारे आफूले प्रतिक्रिया दिएपछि माहोल बदलिएको दाबी गरेका छन् । ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले यस्तो दाबी गरेका हुन् । ‘जब मैले बीबी(बेन्जामिन) नेतान्याहुलाई समर्थन गरँे, त्यसपछि पूरा परिस्थिति नै बदलियो,’ ट्रम्पले लेखेका छन्, ‘अहिले एक महान् प्रधानमन्त्रीले निर्णायक हार बेहोर्ने अवस्थाको सट्टा पछि परेको स्थितिबाट ठूलो पुनरागमन गर्दै बराबरीको प्रतिस्पर्धामा ...
। बेलायतका विश्वविद्यालयमा अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अब आफूसँग जीवनयापन खर्च पर्याप्त रहेको प्रमाणित 
गर्नुपर्ने भएको छ । बेलायतको गृह मन्त्रालयले आगामी ३० नोभेम्बरदेखि विद्यार्थी भिजा आवेदन दिने अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि आर्थिक मापदण्ड बढाउने भएको हो । लन्डनभित्र वा बाहिर अध्ययन गर्ने आवेदकहरूले अब बेलायतमा आफ्नो जीवनयापन खर्च धान्न पहिलेभन्दा बढी रकम आफूसँग भएको देखाउनुपर्नेछ। हाल लन्डनमा ...
: स्पेनमा दुई तीव्र गतिका रेल एकआपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। रोयटर्सका अनुसार बिहान ९ बजे भएको दुर्घटनामा रेन्फे र इरियो कम्पनीका रेलहरू आपसमा ठोक्किएका हुन्। दुर्घटनाका कारण इरियो रेलका दुई वटा डिब्बा पटरीबाट बाहिर खसेको बताइएको छ। अधिकारीहरूले दुर्घटनाको कारण र घाइतेहरूको यकिन तथ्यांक संकलन गरिरहेका छन्।
: रुसको कब्जामा रहेको युक्रेनको ओलेश्की सहरमा मानवीय सहायता पुर्‍याउन र सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न सीमित युद्धविराम सुरु भएको छ । खाद्यान्न, पानी र विद्युत् अभावमा रहेका स्थानीय बासिन्दा बाँच्नका लागि बगैँचामा उम्रिएका झारपात पकाएर खान बाध्य भएको बीबीसीले जनाएको छ । युक्रेनी अधिकारी र रुसी रक्षा मन्त्रालयले युद्धविराम पालना भइरहेको बताएका छन्। अमेरिकी प्रथम महिला ...
: बेलायतका राजा चार्ल्स तृतीयले क्यारिबियन क्षेत्रको भ्रमणका क्रममा दास व्यापार र औपनिवेशिक शासनको पीडादायी इतिहास स्वीकार गर्ने भएका छन् । तर, बेलायतको दास व्यापारमा रहेको भूमिकाका लागि औपचारिक माफी माग्ने वा क्षतिपूर्ति दिने योजना भने नरहेको जनाइएको छ । नौदिने क्यारिबियन भ्रमणका क्रममा राजा चार्ल्स पहिलोपटक राष्ट्रप्रमुखका रूपमा बहामास पुगेका हुन् । भ्रमणका क्रममा उनले ...