मुख्य समाचार
एलन मस्कले सन् २०२२ मा ट्विटर किन्ने प्रक्रियाको महत्वपूर्ण अवधिमा सार्वजनिक रूपमा दिएका बयानहरूमा भ्रामक जानकारी दिएको एक जूरीले ठहर
एलन मस्कले सन् २०२२ मा ट्विटर किन्ने प्रक्रियाको महत्वपूर्ण अवधिमा सार्वजनिक रूपमा दिएका बयानहरूमा भ्रामक जानकारी दिएको एक जूरीले ठहर

: टेस्ला र स्पेसएक्सका सीईओ एलन मस्कले सन् २०२२ मा ट्विटर किन्ने प्रक्रियाको महत्वपूर्ण अवधिमा सार्वजनिक रूपमा दिएका बयानहरूमा भ्रामक जानकारी दिएको एक जूरीले ठहर गरेको छ ।


सैन फ्रान्सिस्कोको संघीय अदालतमा दुई दिनको छलफलपछि जूरीले सर्वसम्मत निर्णय गर्दै मस्कविरुद्ध फैसला सुनाएको हो । उनलाई ट्विटरका लगानीकर्ताहरूको समूहले मुद्दा हालेको थियो, जसले उनका भनाइहरूमा विश्वास गरेर लगानी गरेको दाबी गरेका थिए ।


अदालतमा गवाही दिने क्रममा मस्कले आफूले लगानीकर्तालाई भ्रममा नपारेको र मानिसहरूले उनका टिप्पणी तथा ट्वीटहरूको गलत व्याख्या गरेको बताएका थिए । तर जूरीले मस्कका केही सार्वजनिक दाबीहरू-जस्तै ट्विटरका प्रयोगकर्ता तथ्याङ्कमा समस्या भएको र उनले ४४४ अर्बको खरिद सम्झौताबाट पछि हट्न सक्ने संकेत जानाजानी भ्रामक रहेको ठहर गर्‍यो ।



मस्कका वकिलहरूले यसबारे प्रतिक्रिया दिन अस्वीकार गरे । लगानीकर्ताका वकिलहरू जसको नेतृत्व ओरेगनका साना व्यवसायी ब्रायन बेलग्रेभले गरेका छन्, ले पनि टिप्पणी दिएनन् । यो पहिलो पटक होइन जब मस्क आफ्ना ट्वीटका कारण कानुनी समस्यामा परेका छन् । तर उनले सन् २०२३ मा टेस्लाका शेयरधनीहरूले दायर गरेको मुद्दा जितेका थिए, जसमा उनले कम्पनीबारे गलत जानकारी दिएको आरोप थियो ।

यो फैसलाअनुसार, सैन फ्रान्सिस्को जूरीले मस्कका सार्वजनिक भनाइहरूले मेदेखि अक्टोबर २०२२ सम्म ट्विटरको शेयर मूल्य प्रति शेयर करिब ४८ देखि ४३ सम्म कृत्रिम रूपमा घटाएको ठहर गरेको छ । यसले प्रत्येक लगानीकर्ताले हजारौं डलर क्षतिपूर्ति पाउने सम्भावना रहेको छ ।

ट्रायल वकिल मोन्टे मानले यो फैसलाले स्पष्ट सन्देश दिएको बताएका छन्, ‘यदि तपाईंले आफ्नो शब्दले बजारलाई असर पार्नु हुन्छ भने, त्यसको परिणामको जिम्मेवारी पनि तपाईंकै हुन्छ ।’ मस्कले मे २०२२ तिर ट्विटरमा नक्कली खाताहरू (बोट्स) सम्बन्धी समस्या रहेको भन्दै ट्वीट गर्न थालेका थिए र सम्झौता ‘रोकिएको’ बताएका थिए । पछि उनले सम्झौताबाट बाहिरिन चाहेको बताएका थिए ।


ट्विटरले उनलाई सम्झौतामा रहन बाध्य पार्न अदालतमा मुद्दा हालेको थियो र अक्टोबरको सुरुमा मस्कले सम्झौता अनुसार नै कम्पनी किनेर नियन्त्रण लिएका थिए । त्यसपछि उनले उक्त सामाजिक सञ्जालको नाम परिवर्तन गरेर ‘एक्स’ राखे । त्यो समयावधि लगानीकर्ताहरूका लागि आर्थिक रूपमा हानिकारक रह्यो । ओरेगनका ब्रायन बेलग्रेभ जस्ता लगानीकर्ताहरूले मस्कका बयानहरूका कारण आफ्नो शेयर बेच्न बाध्य भएको बताएका छन् ।


बेलग्रेभले जूरीलाई बताएअनुसार उनले जुलाई २०२२ मा हजारौं ट्विटर शेयर बेचिदिए, किनभने मस्कले अब कम्पनी किन्ने छैनन् भन्ने उनले विश्वास गरेका थिए । उनले बेच्दा पाएको मूल्य, केही महिनाअघि किनेको मूल्यभन्दा कम थियो र पछि मस्कले प्रतिशेयर ४५४.२० तिरेका थिए । ‘मलाई ठगिएको महसुस भयो’, बेलग्रेभले भने, ‘मलाई धोका दिइयो ।’

मस्कले अदालतमा गवाही दिँदा वकिलहरूसँग कडा व्यवहार देखाएका थिए । उनले ‘हो’ वा ‘होइन’ भनेर मात्र उत्तर दिन अस्वीकार गरेका थिए र वकिलहरूले जूरीलाई भ्रममा पार्ने प्रयास गरेको आरोप लगाएका थिए । उनले एक समयमा भनेका थिए, ‘यदि यो मुद्दा मेरा मूर्ख ट्वीटहरूबारे हुन्थ्यो भने म दोषी भएको मान्थे ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको निर्वाचनबारे आफूले प्रतिक्रिया दिएपछि माहोल बदलिएको दाबी गरेका छन् । ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले यस्तो दाबी गरेका हुन् । ‘जब मैले बीबी(बेन्जामिन) नेतान्याहुलाई समर्थन गरँे, त्यसपछि पूरा परिस्थिति नै बदलियो,’ ट्रम्पले लेखेका छन्, ‘अहिले एक महान् प्रधानमन्त्रीले निर्णायक हार बेहोर्ने अवस्थाको सट्टा पछि परेको स्थितिबाट ठूलो पुनरागमन गर्दै बराबरीको प्रतिस्पर्धामा ...
। बेलायतका विश्वविद्यालयमा अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अब आफूसँग जीवनयापन खर्च पर्याप्त रहेको प्रमाणित 
गर्नुपर्ने भएको छ । बेलायतको गृह मन्त्रालयले आगामी ३० नोभेम्बरदेखि विद्यार्थी भिजा आवेदन दिने अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि आर्थिक मापदण्ड बढाउने भएको हो । लन्डनभित्र वा बाहिर अध्ययन गर्ने आवेदकहरूले अब बेलायतमा आफ्नो जीवनयापन खर्च धान्न पहिलेभन्दा बढी रकम आफूसँग भएको देखाउनुपर्नेछ। हाल लन्डनमा ...
: स्पेनमा दुई तीव्र गतिका रेल एकआपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। रोयटर्सका अनुसार बिहान ९ बजे भएको दुर्घटनामा रेन्फे र इरियो कम्पनीका रेलहरू आपसमा ठोक्किएका हुन्। दुर्घटनाका कारण इरियो रेलका दुई वटा डिब्बा पटरीबाट बाहिर खसेको बताइएको छ। अधिकारीहरूले दुर्घटनाको कारण र घाइतेहरूको यकिन तथ्यांक संकलन गरिरहेका छन्।
: रुसको कब्जामा रहेको युक्रेनको ओलेश्की सहरमा मानवीय सहायता पुर्‍याउन र सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न सीमित युद्धविराम सुरु भएको छ । खाद्यान्न, पानी र विद्युत् अभावमा रहेका स्थानीय बासिन्दा बाँच्नका लागि बगैँचामा उम्रिएका झारपात पकाएर खान बाध्य भएको बीबीसीले जनाएको छ । युक्रेनी अधिकारी र रुसी रक्षा मन्त्रालयले युद्धविराम पालना भइरहेको बताएका छन्। अमेरिकी प्रथम महिला ...
: बेलायतका राजा चार्ल्स तृतीयले क्यारिबियन क्षेत्रको भ्रमणका क्रममा दास व्यापार र औपनिवेशिक शासनको पीडादायी इतिहास स्वीकार गर्ने भएका छन् । तर, बेलायतको दास व्यापारमा रहेको भूमिकाका लागि औपचारिक माफी माग्ने वा क्षतिपूर्ति दिने योजना भने नरहेको जनाइएको छ । नौदिने क्यारिबियन भ्रमणका क्रममा राजा चार्ल्स पहिलोपटक राष्ट्रप्रमुखका रूपमा बहामास पुगेका हुन् । भ्रमणका क्रममा उनले ...