मुख्य समाचार
भारतको नयाँ दिल्लीस्थित समाचार एजेन्सी युनाइटेड न्युज अफ इन्डिया (यूएनआई) को कार्यालय ‘सिल’
भारतको नयाँ दिल्लीस्थित समाचार एजेन्सी युनाइटेड न्युज अफ इन्डिया (यूएनआई) को कार्यालय ‘सिल’

। भारतको नयाँ दिल्लीस्थित समाचार एजेन्सी युनाइटेड न्युज अफ इन्डिया (यूएनआई) को कार्यालय ‘सिल’ गरिएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार दिल्ली प्रहरीले शुक्रबार ‘हाई कोर्ट’ (उच्च अदालत) को आदेशभन्दै कार्यालय ‘सिल’ गरेको हो ।

यूएनआईका एक वरिष्ठ कर्मचारीले समाचार एजेन्सी पीटीआईसँग भने, ‘बेलुकी केन्द्र सरकारको सम्पत्ति विभागका केही कर्मचारी आए । उनीहरूले तपाईंहरूको लिज समाप्त भइसकेको छ, तत्काल स्थान खाली गर्नू भने । उनीहरू हाम्रो न्युज रूम (समाचार कक्ष) मा परे… र जबरजस्ती हामीहरूलाई तानेर बाहिर निकाले ।’

यूएनआईले सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्टका माध्यबाट आफ्नो कार्यालय ‘सिल’ गरिएको जानकारी दिएको छ । सामाजिक सञ्जालमा कयौं भिडियोहरू पनि आएका छन् । जसमा यूएनआई परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी देखिन्छन् । उनीहरूले भिडियोमा पत्रकार–कर्मचारीहरूलाई कार्यालय खाली गर्न भनिरहेको सुनिन्छ ।

यूएनआईले ‘एक्स’ मा लेखेको छ, ‘देशको सबैभन्दा पुरानी र सबैभन्दा सम्मानित समाचार एजेन्सीहरूमध्ये एक युनाइटेड न्युज अफ इन्डियाको कार्यालय ‘सिल’ गरिँदा प्रेस स्वतन्त्रतामा गम्भीर चिन्ता उत्पन्न भएको छ ।’


यूएनआईले आफ्ना कर्मचारीहरू जबरजस्ती बाहिर निकालेर कार्यालय खाली गरेको, उनीहरूलाई निजी सामानसमेत लग्न नदिएको आरोप लगाएको छ । कार्यालय खाली गराउने क्रममा कर्मचारीहरू माथि दुव्र्यवहार पनि गरिएको यूएनआईले बताएको छ ।

यूएनआईले आफ्नो पोस्टमा एक भिडियो पनि ‘शेयर’ (साझा) गरेको छ । जसमा उसको कार्यालयमा ठूलो संख्यामा सुरक्षाकर्मी देखिन्छन् भने कर्मचारीहरू आफूहरूमाथि धक्कामुक्मी भइरहेको बताइरहेका देखिन्छन् ।

अंग्रेजी अखबार ‘द स्टेट्समेन’ ले ‘एक्स’ पोस्ट गर्दै भनेको छ, ‘भारतमा मिडियाको स्वन्त्रतामाथि एक अभूतपूर्व अत्याचार र हमलाका रूपमा देशको सबैभन्दा पुरानो समाचार एजेन्सी यूएनआईको रफी मार्गस्थित कार्यालयमा पुलिस बलले साच्चै हमला गरेको छ । कर्मचारीलाई आफ्ना सामान समेट्ने अथवा व्यवस्थापन गर्ने समय पनि दिइएन ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब अमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा गरेको छ । समाचार एजेन्सीहरूका अनुसार, यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै गएको र यसले शान्ति तथा सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यस्तो निर्णय गरेको हो । यसअघि, यूएईको रक्षा मन्त्रालयले इरानले यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) को एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत् मंगलबार ट्रम्पले सो दाबी गरेका हुन् । पोस्ट गरिएको ग्राफिकमा इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्यलाई घेरिएको छ र त्यसको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको देखिन्छ । यसअघि ...
: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन्। सामान्य अवस्थामा यो जलमार्गबाट विश्वको कुल तेल ओसारपसारको करिब पाँचौं भाग व्यापार हुने गर्छ। अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले यो जलमार्गमा पानीजहाजको आवागमन रोकेको छ। फेब्रुअरी २८ मा ...
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...