मुख्य समाचार
भारतको नयाँ दिल्लीस्थित समाचार एजेन्सी युनाइटेड न्युज अफ इन्डिया (यूएनआई) को कार्यालय ‘सिल’
भारतको नयाँ दिल्लीस्थित समाचार एजेन्सी युनाइटेड न्युज अफ इन्डिया (यूएनआई) को कार्यालय ‘सिल’

। भारतको नयाँ दिल्लीस्थित समाचार एजेन्सी युनाइटेड न्युज अफ इन्डिया (यूएनआई) को कार्यालय ‘सिल’ गरिएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार दिल्ली प्रहरीले शुक्रबार ‘हाई कोर्ट’ (उच्च अदालत) को आदेशभन्दै कार्यालय ‘सिल’ गरेको हो ।

यूएनआईका एक वरिष्ठ कर्मचारीले समाचार एजेन्सी पीटीआईसँग भने, ‘बेलुकी केन्द्र सरकारको सम्पत्ति विभागका केही कर्मचारी आए । उनीहरूले तपाईंहरूको लिज समाप्त भइसकेको छ, तत्काल स्थान खाली गर्नू भने । उनीहरू हाम्रो न्युज रूम (समाचार कक्ष) मा परे… र जबरजस्ती हामीहरूलाई तानेर बाहिर निकाले ।’

यूएनआईले सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्टका माध्यबाट आफ्नो कार्यालय ‘सिल’ गरिएको जानकारी दिएको छ । सामाजिक सञ्जालमा कयौं भिडियोहरू पनि आएका छन् । जसमा यूएनआई परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी देखिन्छन् । उनीहरूले भिडियोमा पत्रकार–कर्मचारीहरूलाई कार्यालय खाली गर्न भनिरहेको सुनिन्छ ।

यूएनआईले ‘एक्स’ मा लेखेको छ, ‘देशको सबैभन्दा पुरानी र सबैभन्दा सम्मानित समाचार एजेन्सीहरूमध्ये एक युनाइटेड न्युज अफ इन्डियाको कार्यालय ‘सिल’ गरिँदा प्रेस स्वतन्त्रतामा गम्भीर चिन्ता उत्पन्न भएको छ ।’


यूएनआईले आफ्ना कर्मचारीहरू जबरजस्ती बाहिर निकालेर कार्यालय खाली गरेको, उनीहरूलाई निजी सामानसमेत लग्न नदिएको आरोप लगाएको छ । कार्यालय खाली गराउने क्रममा कर्मचारीहरू माथि दुव्र्यवहार पनि गरिएको यूएनआईले बताएको छ ।

यूएनआईले आफ्नो पोस्टमा एक भिडियो पनि ‘शेयर’ (साझा) गरेको छ । जसमा उसको कार्यालयमा ठूलो संख्यामा सुरक्षाकर्मी देखिन्छन् भने कर्मचारीहरू आफूहरूमाथि धक्कामुक्मी भइरहेको बताइरहेका देखिन्छन् ।

अंग्रेजी अखबार ‘द स्टेट्समेन’ ले ‘एक्स’ पोस्ट गर्दै भनेको छ, ‘भारतमा मिडियाको स्वन्त्रतामाथि एक अभूतपूर्व अत्याचार र हमलाका रूपमा देशको सबैभन्दा पुरानो समाचार एजेन्सी यूएनआईको रफी मार्गस्थित कार्यालयमा पुलिस बलले साच्चै हमला गरेको छ । कर्मचारीलाई आफ्ना सामान समेट्ने अथवा व्यवस्थापन गर्ने समय पनि दिइएन ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनाव चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने अरब दलहरूले ...
। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनावमा भोट चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने ...
: म्यानमारका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि क्यार मो टुनले आफ्नो देशका नागरिकले भोगिरहेको पीडा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग भावुक अपिल गरेका छन् । राष्ट्रसङ्घमा सम्बोधन गर्ने क्रममा उनले म्यानमारको सङ्कटप्रति विश्व समुदाय मौन बसेको भन्दै त्यसलाई तोड्न र पीडित नागरिकलाई सहयोग गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे । अन्तर्राष्ट्रिय समुदायले म्यानमारका जनतालाई पटक-पटक निराश बनाएको उनको भनाइ थियो ...
। स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ । म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे ...
: इजरायलको संसदीय निर्वाचनको प्रारम्भिक नतिजालाई लिएर राजनीतिक विवाद चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब पार्टीहरूले चुनाव ‘चोरी’ गरेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। तर, अरब नेतृत्वका दलहरूको गठबन्धन जोइन्ट लिस्टले आरोप अस्वीकार गरेको छ । अक्टोबर २९ को प्रारम्भिक विवरणअनुसार ९३ प्रतिशतभन्दा बढी मतगणना हुँदा नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । ...