मुख्य समाचार
टिकटकबाट ठगी गरेको आरोपमा स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
टिकटकबाट ठगी गरेको आरोपमा स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ

। सामाजिक सञ्जाल प्रयोग गरी अनलाइन ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीले ठगीमा संलग्न रहेको आरोपमा स्याङ्जाका एक युवकलाई काठमाडौंबाट नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार टिकटकमार्फत चिनजान गरी ह्वाट्सएपमा कुराकानी गर्दै महिलाहरूलाई लक्षित गरी ठगी गरेको आरोपमा विशाल थापा क्षेत्री नाम बताउने भेषराज वाग्लेलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका ३४ वर्षीय वाग्ले स्याङ्जाको बिरुवा गाउँपालिका–२ का ३४ वर्षीय रहेको प्रहरीले जनाएको छ । उनलाई चन्द्रागिरि नगरपालिका–७ थानकोटबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

आरोपितले आफू अमेरिकन आर्मीमा कार्यरत रहेको भन्दै विभिन्न बहाना बनाउने, नेपालमा बिदामा आएको र जग्गाको कर तिर्न समस्या परेको हुँदा रकम आवश्यक रहेको भन्दै ठगी गरेको प्रहरीको भनाइ छ ।

यस्तै, आफ्नो बैंक खातामा ‘लिमिट’ लागेको भन्दै विभिन्न व्यक्तिसँग रकम माग गरी ठगी गर्ने गरेको पनि अनुसन्धानबाट खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए ।

प्रहरीले सामाजिक सञ्जालमार्फत अपरिचित व्यक्तिसँग आर्थिक कारोबार नगर्न तथा कुनै प्रलोभनमा नपर्न सर्वसाधारणलाई सचेत रहन आग्रहसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीले सही दिशा नलिए पार्टी सक्किने अवस्थामा पुग्ने चेतावनी दिएका छन् । शनिबार बुटवलमा आयोजित अन्तरक्रियामा बोल्दै उनले पार्टीको सबै संरचना र कार्यशैली बदलेर मात्रै पार्टीलाई संकटबाट जोगाउन सकिने बताए । जनताको शक्ति भनेकै संसद भएको तर पार्टी अध्यक्ष केपी ओलीले दुई–दुई पटक संसद विघटन गरेपछि नै पार्टीको ओरालो यात्रा ...
वैज्ञानिकहरूले बेलायतको ग्लोस्टर क्षेत्रमा गोहीको एक अत्यन्तै दुर्लभ र नयाँ प्रजाति फेला पारेका छन् । करिब २१ करोड ५० लाख वर्ष पुरानो ‘ट्रायसिक’ कालखण्डको यो जीव अहिलेका गोहीहरूजस्तो पानीमा बस्ने नभई जमिनमा निकै तीव्र गतिमा दौडनसक्ने खालको रहेको अनुसन्धानले देखाएको छ । यसको शारीरिक बनावट आधुनिक ‘ग्रेहाउन्ड’ जातको कुकुरसँग मिल्दोजुल्दो रहेको र यो आफ्ना लामो खुट्टाको ...
: एम्बुलेन्समा चिनियाँ चुरोटको तस्करी गरेको आरोपमा ४ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रसुवाको आमाछोदिङमो गाउँपालिका-३ का एम्बुलेन्स चालक ४३ वर्षीय दावा नुर्पु तामाङ, आमाछोदिङमो गाउँपालिका-५ का २७ वर्षीय मार्कुस तामाङ, आमाछोदिङमो गाउँपालिका-५ का ३२ वर्षीय सुशील तामाङ र आमाछोदिङमो गाउँपालिका-५ की ३६ वर्षीया सुनिता तामाङ रहेका छन्। पासाङल्हामु राजमार्गअन्तर्गत रसुवाको बेत्रावतीमा बागमती प्रदेश ...
: चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा तीन महिना व्यापार प्रभावित हुने भएको छ। स्याफ्रु-रसुवागढी सडक खण्डको स्तरोन्नतिका लागि प्रत्येक महिना १५ दिन सडक बन्द हुने भएपछि व्यापार प्रभावित हुने भएको हो। गल्छी त्रिशूली मैलुङ स्याफ्रुवेशी रसुवागढी सडक आयोजनाले सूचना प्रकाशित गरेर अप्रिल महिनादेखि तीन महिनासम्म १५/१५ दिनका दरले सडक बन्द गर्ने जानकारी दिएको हो। योजनाका ...
। बागलुङ-रुकुमपूर्व सिमानामा पर्ने पातिहाल्ना क्षेत्रमा परेको हिमपातका कारण अलपत्र परेका यात्रुको उद्धार गरिएको छ । शुक्रबार दिउँसोदेखि सुरु भएको हिमपातका कारण रुकुमपूर्वको भूमे गाउँपालिका-१ को पातिहाल्ना क्षेत्रमा सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुँदा ७ वटा बस, एक जिप र करिब १० मोटरसाइकल सोही क्षेत्रमा अड्किएका थिए । जसका कारण यात्रुहरू चिसो र भोकसँग ...