मुख्य समाचार
जिल्ला ट्राफिक कार्यालय र यातायात ब्यवस्थापन कार्यालय गौरको टोलीले सवारी साधनको यान्त्रिक चेकजाच सुरु
जिल्ला ट्राफिक कार्यालय र यातायात ब्यवस्थापन कार्यालय गौरको टोलीले सवारी साधनको यान्त्रिक चेकजाच सुरु

: जिल्ला ट्राफिक कार्यालय र यातायात ब्यवस्थापन कार्यालय गौरको टोलीले सवारी साधनको यान्त्रिक चेकजाच सुरु गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, चन्द्रनिगाहपुर रौतहट र यातायात व्यवस्था कार्यालय गौर, रौतहटको संयुक्त आयोजनामा ट्राफिक कार्यालयका प्रमुख, प्रहरी निरीक्षक राजेन्द्र थापा मगरको कमाण्डमा ७ जना र यातायात व्यवास्था कार्यालय, गौर रौतहटका मेकानिकल सुपरभाइजर अनिश साहलगायतको प्राविधिक टोलीले शनिबार पूर्व–पश्चिम महेन्द्र राजमार्गमा चेकजाँच सुरु गरेको छ ।



चन्द्रपुर–४ स्थित पूर्व पश्चिम राजमार्गमा चल्ने ३५ वटा सार्वजनिक सवारी साधन (बस, ट्रक, टाटा सुमो, ईभी) हरुको यान्त्रिक परिक्षण गरी समस्या रहेको सवारी साधनहरुलाई आवश्यक मर्मत तथा सर्भिसिङ्ग गर्न सुझाव दिंदै समयमा नै सवारी साधानहरुको यान्त्रिक परिक्षण गर्न सुझावसहित सवारी दुर्घटना हुनबाट बच्ने उपायका बारेमा सचेत गराइएको ट्राफिक प्रहरी प्रमुख राजेन्द्र थापाले जानकारी दिए ।

पूर्व–पश्चिम जोड्ने राजमार्ग मुख्य राजमार्ग रहेकाले गुड्ने सवारी साधनको अवस्था बुझ्न यो अभियान सुरु गरिएको निरीक्षक थापाले अन्नपूर्णलाई बताए । दुर्घटना न्यूनीकरण नै ट्राफिकको मुख्य उद्देश्य भएकाले सवारी चलाउनु अघि अवस्था बुझेर, चेकजाँच गरेर चलाएमा सम्भावित दुर्घटना टर्ने भएकाले सबैले सवारी चलाउँदा सचेतना अपाउनु पर्ने निरीक्षक थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीले सही दिशा नलिए पार्टी सक्किने अवस्थामा पुग्ने चेतावनी दिएका छन् । शनिबार बुटवलमा आयोजित अन्तरक्रियामा बोल्दै उनले पार्टीको सबै संरचना र कार्यशैली बदलेर मात्रै पार्टीलाई संकटबाट जोगाउन सकिने बताए । जनताको शक्ति भनेकै संसद भएको तर पार्टी अध्यक्ष केपी ओलीले दुई–दुई पटक संसद विघटन गरेपछि नै पार्टीको ओरालो यात्रा ...
वैज्ञानिकहरूले बेलायतको ग्लोस्टर क्षेत्रमा गोहीको एक अत्यन्तै दुर्लभ र नयाँ प्रजाति फेला पारेका छन् । करिब २१ करोड ५० लाख वर्ष पुरानो ‘ट्रायसिक’ कालखण्डको यो जीव अहिलेका गोहीहरूजस्तो पानीमा बस्ने नभई जमिनमा निकै तीव्र गतिमा दौडनसक्ने खालको रहेको अनुसन्धानले देखाएको छ । यसको शारीरिक बनावट आधुनिक ‘ग्रेहाउन्ड’ जातको कुकुरसँग मिल्दोजुल्दो रहेको र यो आफ्ना लामो खुट्टाको ...
: एम्बुलेन्समा चिनियाँ चुरोटको तस्करी गरेको आरोपमा ४ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रसुवाको आमाछोदिङमो गाउँपालिका-३ का एम्बुलेन्स चालक ४३ वर्षीय दावा नुर्पु तामाङ, आमाछोदिङमो गाउँपालिका-५ का २७ वर्षीय मार्कुस तामाङ, आमाछोदिङमो गाउँपालिका-५ का ३२ वर्षीय सुशील तामाङ र आमाछोदिङमो गाउँपालिका-५ की ३६ वर्षीया सुनिता तामाङ रहेका छन्। पासाङल्हामु राजमार्गअन्तर्गत रसुवाको बेत्रावतीमा बागमती प्रदेश ...
: चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा तीन महिना व्यापार प्रभावित हुने भएको छ। स्याफ्रु-रसुवागढी सडक खण्डको स्तरोन्नतिका लागि प्रत्येक महिना १५ दिन सडक बन्द हुने भएपछि व्यापार प्रभावित हुने भएको हो। गल्छी त्रिशूली मैलुङ स्याफ्रुवेशी रसुवागढी सडक आयोजनाले सूचना प्रकाशित गरेर अप्रिल महिनादेखि तीन महिनासम्म १५/१५ दिनका दरले सडक बन्द गर्ने जानकारी दिएको हो। योजनाका ...
। बागलुङ-रुकुमपूर्व सिमानामा पर्ने पातिहाल्ना क्षेत्रमा परेको हिमपातका कारण अलपत्र परेका यात्रुको उद्धार गरिएको छ । शुक्रबार दिउँसोदेखि सुरु भएको हिमपातका कारण रुकुमपूर्वको भूमे गाउँपालिका-१ को पातिहाल्ना क्षेत्रमा सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुँदा ७ वटा बस, एक जिप र करिब १० मोटरसाइकल सोही क्षेत्रमा अड्किएका थिए । जसका कारण यात्रुहरू चिसो र भोकसँग ...