मुख्य समाचार
वर्षाको कारण नवलपरासी पूर्वको दाउन्ने सडकखण्ड पूर्ण रुपमा अवरुद्ध
वर्षाको कारण नवलपरासी पूर्वको दाउन्ने सडकखण्ड पूर्ण रुपमा अवरुद्ध

। वर्षाको कारण नवलपरासी पूर्वको दाउन्ने सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।

भारी वर्षाका कारण विनयी त्रिवेणी गाउँपालिका २ दाउन्ने बजारस्थित ६४ मोडमा सडक मर्मत भैरहेको स्थानमा सडक हिलो र चिप्लो हुँदा राजमार्ग अवरुद्ध भएको हो ।

शुक्रबारदेखि सवारी आवागमन प्रभावित भएको दाउन्ने खण्डमा आज बिहानदेखि परेको वर्षाका कारण राजमार्ग दुवैतर्फ अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक युवराज खड्काले बताए ।

रातको समयमा मालवाहक सवारी चलाउन रोक

नारायणघाट–बुटवल सडक खण्डमा रातिको समयमा ठूदा मालवाहक सवारी चलाउनल रोक लगाइएको छ ।

नारायणघाट-बुटवल सडक योजनाले सूचना जारी गर्दै शुक्रबारदेखि ८ गतेसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीवास-दाउन्ने-बर्दघाट खण्डमा ठूला मालवाहक सवारी रोक्ने जनाएको हो ।

कार्यालयका अनुसार ठूला मालवाहक सवारी साधनलाई बर्दघाटतर्फ त्रिवेणी चोक र दुम्किबास बजार क्षेत्रमा रोकिने व्यवस्था गरिएको छ ।

यात्रुवाहक तथा आकस्मिक सेवाका सवारी साधनलाई भने प्राथमिकताका आधारमा सञ्चालन गर्न दिइने जनाइएको छ ।

सडक विस्तार र मर्मतको काम चलिरहेको दाउन्ने सडक खण्डमा वर्षाका कारण सडक चिल्लो भई ठूला मालवाहक सवारी साधन चिप्लिने तथा अड्किने समस्या देखिएपछि यस्तो निर्णय गरिएको योजनाले जनाएको छ ।

दाउन्ने सडकखण्ड अवरुद्ध भएपछि पश्चिमबाट आउने सवारी साधन सिद्धार्थ राजमार्गतर्फ डाइभर्ट गरिएको थियो । आज उक्त राजमार्ग पनि सिद्धबाबा क्षेत्रमा पहिरो गएपछि अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीले सही दिशा नलिए पार्टी सक्किने अवस्थामा पुग्ने चेतावनी दिएका छन् । शनिबार बुटवलमा आयोजित अन्तरक्रियामा बोल्दै उनले पार्टीको सबै संरचना र कार्यशैली बदलेर मात्रै पार्टीलाई संकटबाट जोगाउन सकिने बताए । जनताको शक्ति भनेकै संसद भएको तर पार्टी अध्यक्ष केपी ओलीले दुई–दुई पटक संसद विघटन गरेपछि नै पार्टीको ओरालो यात्रा ...
वैज्ञानिकहरूले बेलायतको ग्लोस्टर क्षेत्रमा गोहीको एक अत्यन्तै दुर्लभ र नयाँ प्रजाति फेला पारेका छन् । करिब २१ करोड ५० लाख वर्ष पुरानो ‘ट्रायसिक’ कालखण्डको यो जीव अहिलेका गोहीहरूजस्तो पानीमा बस्ने नभई जमिनमा निकै तीव्र गतिमा दौडनसक्ने खालको रहेको अनुसन्धानले देखाएको छ । यसको शारीरिक बनावट आधुनिक ‘ग्रेहाउन्ड’ जातको कुकुरसँग मिल्दोजुल्दो रहेको र यो आफ्ना लामो खुट्टाको ...
: एम्बुलेन्समा चिनियाँ चुरोटको तस्करी गरेको आरोपमा ४ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रसुवाको आमाछोदिङमो गाउँपालिका-३ का एम्बुलेन्स चालक ४३ वर्षीय दावा नुर्पु तामाङ, आमाछोदिङमो गाउँपालिका-५ का २७ वर्षीय मार्कुस तामाङ, आमाछोदिङमो गाउँपालिका-५ का ३२ वर्षीय सुशील तामाङ र आमाछोदिङमो गाउँपालिका-५ की ३६ वर्षीया सुनिता तामाङ रहेका छन्। पासाङल्हामु राजमार्गअन्तर्गत रसुवाको बेत्रावतीमा बागमती प्रदेश ...
: चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा तीन महिना व्यापार प्रभावित हुने भएको छ। स्याफ्रु-रसुवागढी सडक खण्डको स्तरोन्नतिका लागि प्रत्येक महिना १५ दिन सडक बन्द हुने भएपछि व्यापार प्रभावित हुने भएको हो। गल्छी त्रिशूली मैलुङ स्याफ्रुवेशी रसुवागढी सडक आयोजनाले सूचना प्रकाशित गरेर अप्रिल महिनादेखि तीन महिनासम्म १५/१५ दिनका दरले सडक बन्द गर्ने जानकारी दिएको हो। योजनाका ...
। बागलुङ-रुकुमपूर्व सिमानामा पर्ने पातिहाल्ना क्षेत्रमा परेको हिमपातका कारण अलपत्र परेका यात्रुको उद्धार गरिएको छ । शुक्रबार दिउँसोदेखि सुरु भएको हिमपातका कारण रुकुमपूर्वको भूमे गाउँपालिका-१ को पातिहाल्ना क्षेत्रमा सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुँदा ७ वटा बस, एक जिप र करिब १० मोटरसाइकल सोही क्षेत्रमा अड्किएका थिए । जसका कारण यात्रुहरू चिसो र भोकसँग ...