मुख्य समाचार
इरानले संयुक्त अरब इमिरेट्स (यूएई) को सहर रस अल-खैमाहमा ‘निर्णायक शक्ति’ का साथ हमला गर्ने चेतावनी
इरानले संयुक्त अरब इमिरेट्स (यूएई) को सहर रस अल-खैमाहमा ‘निर्णायक शक्ति’ का साथ हमला गर्ने चेतावनी

: इरानले संयुक्त अरब इमिरेट्स (यूएई) को सहर रस अल-खैमाहमा ‘निर्णायक शक्ति’ का साथ हमला गर्ने चेतावनी दिएको छ। फारसको खाडीका दुईवटा टापुहरूको विषयमा यूएईसँग लामो समयदेखि चलिरहेको विवादलाई लिएर इरानले यस्तो धम्की दिएको हो।


सरकारी सञ्चारमाध्यमका अनुसार इरानी सशस्त्र बलका प्रवक्ताले टेलिग्राममार्फत एक सन्देश जारी गर्दै चेतावनी दिएका छन्- 'अबू मुसा र ग्रेटर टुनब टापुहरूमा हुने कुनै पनि नयाँ आक्रामकताको जवाफ यूएईको उक्त सहरमा हमला गरेर दिइनेछ।'


यद्यपि, उक्त सन्देशमा 'आक्रामकता'कस्तो प्रकारको हुनेछ भन्नेबारे स्पष्ट पारिएको छैन। विगत दशकौँदेखि यी दुवै टापुहरू इरानको कब्जामा छन्। रणनीतिक रूपमा निकै महत्त्वपूर्ण मानिने फारसको खाडीमा अवस्थित यी टापुहरूमाथि यूएईले पनि आफ्नो दाबी गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भेनेजुयलामा गएको विनासकारी भूकम्पमा परी अहिलेसम्म मृत्यु हुनेको संख्या ९२० पुगेको छ । भूकम्पका कारण तीन हजार ३६० जना मानिसहरू घाइते भएका छन् । गत बुधबार केही सेकेन्डको अन्तरालमा भेनेजुयलामा दुईवटा शक्तिशाली भूकम्प गएका थिए । दोस्रो भूकम्पको तीव्रता ७.५ म्याग्निच्युड मापन गरिएको थियो । जुन पछिल्लो एक शताब्दीमा भेनेजुयलामा आएका सबैभन्दा शक्तिशाली भूकम्पमध्ये एक ...
होर्मुज स्ट्रेट नजिकै एउटा मालवाहक जहाजमाथि आक्रमण भएपछि संयुक्त राष्ट्रसंघले त्यहाँ फसेका ११ हजारभन्दा बढी नाविकहरूको उद्धार अभियानलाई अस्थायी रूपमा रोकेको छ। अन्तर्राष्ट्रिय सामुद्रिक संगठनका प्रमुख आर्सेनियो डोमिन्गुएजले धेरै जहाजहरूलाई सुरक्षित रूपमा निकालिसकिएको भए पनि बाँकी रहेकाहरूको उद्धार अघि सबै आवश्यक सुरक्षा प्रबन्धहरू सुनिश्चित गर्न संगठनले यो कदम चालेको बताएका छन्। बेलायतको सामुद्रिक सुरक्षा एजेन्सी ‘यूके म्यारिटाइम ...
: चरम गर्मीका कारण फ्रान्सको राजधानी पेरिसमा सार्वजनिक स्थानमा मदिरा सेवन र मदिरा बिक्रीमा अस्थायी प्रतिबन्ध लगाइएको छ। प्रशासनले एक सूचना जारी गर्दै सार्वजनिक स्थानमा मदिरा सेवन तथा बिक्रीमा प्रतिबन्ध लगाएको जानकारी गराएको हो। जारी सूचनाअनुसार शुक्रबार दिउँसो १२ बजेदेखि शनिबार बिहान ७ बजेसम्म, शनिबार दिउँसो १२ बजेदेखि आइतबार बिहान ७ बजेसम्म सार्वजनिक स्थानमा मदिरा सेवन ...
: भारतको उत्तर प्रदेशको अयोध्यामा रहेको राम मन्दिरको भेटी चोरी प्रकरणमा आठजनाविरुद्ध मुद्दा दायर भएको छ। भेटी चोरीसम्बन्धी एसआईटीको प्रारम्भिक प्रतिवेदन मुख्यमन्त्री योगी आदित्यनाथलाई बुझाएपछि उनीहरूविरुद्ध मुद्दा दायर भएको हो। अयोध्याका एसएसपी गौरव ग्रोभरका अनुसार राम मन्दिरको दान बाकसबाट नगद र बहुमूल्य सामान चोरी भएको आरोपमा आठजनाविरुद्ध मुद्दा दर्ता भएको हो। उनीहरूमाथि अनुसन्धान सकिएलगत्तै अदालतमा पेश गरिने ...
— उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा कम समयको अन्तरमा आएका दुई शक्तिशाली भूकम्पले व्यापक जनधनको क्षति पुर्‍याएको छ । कम्तीमा २३५ जनाको मृत्यु भएको छ भने करिब चार हजार ३०० जना घाइते भएका छन् । भग्नावशेषमुनि अझै पनि धेरै मानिस फसेको आशङ्का गरिएकाले उद्धार कार्य तीव्र पारिएको छ । संयुक्त राज्य अमेरिकाको भूगर्भीय सर्वेक्षणका अनुसार ...