मुख्य समाचार
अब बन्ने सरकारले जातीय विभेद हुन नदिने गरी काम गर्नुपर्ने
अब बन्ने सरकारले जातीय विभेद हुन नदिने गरी काम गर्नुपर्ने

। राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले अब बन्ने सरकारले जातीय विभेद हुन नदिने गरी काम गर्नुपर्ने बताएका छन् ।

६१ औँ अन्तराष्ट्रिय जाति तथा रंगभेद उन्मुलन दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

नयाँ सरकारले दलितको हक अधिकारको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा सचेत भएर काम गर्न आवश्यक रहेको अध्यक्ष मगरको भनाइ थियो ।

उनले जातीय विभेद अन्त्यका लागि आयोगले सम्बन्धित सबै पक्षहरू मिलेर काम गरिरहेको दाबी समेत गरे । उनले जातीय विभेद अन्त्यका लागि विद्यमान कानुन कार्यान्वयनमा जोड दिन आवश्यक रहेको समेत दोहोर्‍याए ।

‘मानिसको मानसिकतामा पनि चेन्ज गर्दै ल्याउनुपर्‍यो । कानून भएर मात्रै भएन । कार्यान्वयनका लागि राजनीतिक प्रतिवद्धता पनि चाहियो । अब चुनाव भयो । नयाँ पार्टी विजय भएको छ । उहाँहरूको सरकार बन्छ,’ उनले भने, ‘सरकार बनेपछि उहाँहरूले के गर्नुपर्‍यो भन्दा कसैले पनि दलितको हक अधिकार संरक्षण गर्न सकिन्छ, संवर्दन प्रवर्द्धन गर्न सकिन्छ उनीहरूको अधिकार कुनैपनि किसिमबाट हनन हुनु भएन भन्ने कुरा गर्नुपर्‍यो ।’

अध्यक्ष मगरले जातीय विभेद अन्त्यका लागि नेपाली समाजको मानसिकतामा नै परिवर्तन ल्याउन जरुरी रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीले सही दिशा नलिए पार्टी सक्किने अवस्थामा पुग्ने चेतावनी दिएका छन् । शनिबार बुटवलमा आयोजित अन्तरक्रियामा बोल्दै उनले पार्टीको सबै संरचना र कार्यशैली बदलेर मात्रै पार्टीलाई संकटबाट जोगाउन सकिने बताए । जनताको शक्ति भनेकै संसद भएको तर पार्टी अध्यक्ष केपी ओलीले दुई–दुई पटक संसद विघटन गरेपछि नै पार्टीको ओरालो यात्रा ...
वैज्ञानिकहरूले बेलायतको ग्लोस्टर क्षेत्रमा गोहीको एक अत्यन्तै दुर्लभ र नयाँ प्रजाति फेला पारेका छन् । करिब २१ करोड ५० लाख वर्ष पुरानो ‘ट्रायसिक’ कालखण्डको यो जीव अहिलेका गोहीहरूजस्तो पानीमा बस्ने नभई जमिनमा निकै तीव्र गतिमा दौडनसक्ने खालको रहेको अनुसन्धानले देखाएको छ । यसको शारीरिक बनावट आधुनिक ‘ग्रेहाउन्ड’ जातको कुकुरसँग मिल्दोजुल्दो रहेको र यो आफ्ना लामो खुट्टाको ...
: एम्बुलेन्समा चिनियाँ चुरोटको तस्करी गरेको आरोपमा ४ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रसुवाको आमाछोदिङमो गाउँपालिका-३ का एम्बुलेन्स चालक ४३ वर्षीय दावा नुर्पु तामाङ, आमाछोदिङमो गाउँपालिका-५ का २७ वर्षीय मार्कुस तामाङ, आमाछोदिङमो गाउँपालिका-५ का ३२ वर्षीय सुशील तामाङ र आमाछोदिङमो गाउँपालिका-५ की ३६ वर्षीया सुनिता तामाङ रहेका छन्। पासाङल्हामु राजमार्गअन्तर्गत रसुवाको बेत्रावतीमा बागमती प्रदेश ...
: चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा तीन महिना व्यापार प्रभावित हुने भएको छ। स्याफ्रु-रसुवागढी सडक खण्डको स्तरोन्नतिका लागि प्रत्येक महिना १५ दिन सडक बन्द हुने भएपछि व्यापार प्रभावित हुने भएको हो। गल्छी त्रिशूली मैलुङ स्याफ्रुवेशी रसुवागढी सडक आयोजनाले सूचना प्रकाशित गरेर अप्रिल महिनादेखि तीन महिनासम्म १५/१५ दिनका दरले सडक बन्द गर्ने जानकारी दिएको हो। योजनाका ...
। बागलुङ-रुकुमपूर्व सिमानामा पर्ने पातिहाल्ना क्षेत्रमा परेको हिमपातका कारण अलपत्र परेका यात्रुको उद्धार गरिएको छ । शुक्रबार दिउँसोदेखि सुरु भएको हिमपातका कारण रुकुमपूर्वको भूमे गाउँपालिका-१ को पातिहाल्ना क्षेत्रमा सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुँदा ७ वटा बस, एक जिप र करिब १० मोटरसाइकल सोही क्षेत्रमा अड्किएका थिए । जसका कारण यात्रुहरू चिसो र भोकसँग ...