मुख्य समाचार
एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीले सही दिशा नलिए पार्टी सक्किने अवस्थामा पुग्ने चेतावनी
एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीले सही दिशा नलिए पार्टी सक्किने अवस्थामा पुग्ने चेतावनी

। नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीले सही दिशा नलिए पार्टी सक्किने अवस्थामा पुग्ने चेतावनी दिएका छन् । शनिबार बुटवलमा आयोजित अन्तरक्रियामा बोल्दै उनले पार्टीको सबै संरचना र कार्यशैली बदलेर मात्रै पार्टीलाई संकटबाट जोगाउन सकिने बताए ।

जनताको शक्ति भनेकै संसद भएको तर पार्टी अध्यक्ष केपी ओलीले दुई–दुई पटक संसद विघटन गरेपछि नै पार्टीको ओरालो यात्रा शुरु भएको पाण्डेले औंल्याए ।


पार्टी अध्यक्ष एक पटक मात्र हुन पाउने व्यवस्था संविधानमै भएको भएपनि एमाले अहिलेको अवस्थामा नआउने पाण्डेले टिप्पणी गरे । एकपटक अध्यक्ष भएपछि सबै शक्ति हातमा लिने र नेतृत्व छाड्न नचाहने, सामूहिक नेतृत्व र टिममा काम गर्ने निश्चित पद्दति नभएकाले पनि पार्टी कमजोर बन्दै गएको पाण्डेले औंल्याए ।

पार्टीलाई पुन:संरचना गरेर पुरानै अवस्थामा फर्काउन अब देशभरका पार्टी सदस्यहरुले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्नुपर्ने नेता पाण्डेले आग्रह गरे ।

संघीय निर्वाचनको प्रभाव प्रदेश र स्थानीय तहसम्म जाने भन्दै उनले पार्टीले ब्यहोरेको पराजयको जिम्मेवारी नेतृत्वले लिन तयार हुनुपर्ने बताए । ‘नेतृत्व र जिम्मेवारीमा बसेर कमजोरी स्वीकार्न र बदलिएर जान तयार हुनुपर्छ’, उनले भने , ‘पार्टी अहिले निर्णायक मोडमा छ, सच्चिने कि सक्किने भन्ने अवस्थाको सामना गरिरहेको छ ।’

सच्चिने अन्तिम मौका रहेको तर धेरै ढिला भइरहेको भन्दै उनले समस्या सतही नभई संरचनागत रहेको दाबी गरे । ‘महोत्तरी र धनुषाको पार्टी सदस्य संख्या र पाएको मत संख्याले पुष्टी गरेको छ कि यो सर्भिसिङबाट होइन स्ट्रक्चरल समस्या छ, यो पुरै फेर्नुपर्छ’, उनले भने, ‘यो नभए सक्किनेबाहेक केही होइन ।’

हरेक वडाको पार्टी सदस्य संख्या र अहिले पाएको मत तुलना र समीक्षा गरेर पार्टी पुन:संरचना गर्न कार्यकर्ता तह जाग्नुपर्ने पाण्डेले आग्रह गरे ।

पाण्डेले अब स्थानीय तह, प्रदेश र संघीय निर्वाचनका उम्मेदवारलाई टिकट सम्बन्धित पार्टी कमिटीले निर्णय गर्न पाउनुपर्ने व्यवस्था गरेमा पार्टी संगठन स्थानीय तहसम्म विकेन्द्रीत र बलियो हुने औंल्याए ।

यसपटकको निर्वाचनमा सामाजिक सञ्जाल र सूचना प्रविधिको पहुँचको प्रभावले ठूलो असर गरेको स्वीकारे ।

युवादेखि ज्येष्ठ मतदातासम्मको दूरी बढेको उल्लेख गर्दै उनले एमालेलाई ३० वर्षमुनिका अधिकांश युवाले भोट नहालेको र ६० माथिका भोट हाल्नै नगएको तर्क गरे । एमालेले संरचनागत आमूल सुधार र कार्यशैली नसुधारे अर्को चुनावमा स्कुटरमा अट्ने सीट मात्र जित्ने टिप्पणी गरे ।

‘२०७४ मा झन्डै १७४ सिट जित्दा दिग्विजय गर्‍यौं भन्ने थियो नि, जोगाउन सकेनौँ । एमाले (कम्युनिस्ट) हरू पहिला ३/४ वटा बसमा आउँथे, ७९ को चुनावमा एउटा बसमा आयो, अहिले माइक्रो बस भयो, अब अर्को चोटी स्कुटरमा अट्ने सिट मात्र आउँछ’, पाण्डेले भने, ‘हामीले ठिक बाटो लिएनौं भने त त्यही होला । त्यसैले हामी जोखिम अवस्थामा छौं । तर संकल्प गरेर अगाडि बढ्नुपर्छ, सबै कार्यशैली परिवर्तन गर्नुपर्छ ।’

कमजोरीप्रति निर्मम बनेपछि मात्रै सही बाटो पहिल्याउन सकिने अन्यथा सामूहिक मलामी जाने दिन आउने पाण्डेको चेतावनी छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
वैज्ञानिकहरूले बेलायतको ग्लोस्टर क्षेत्रमा गोहीको एक अत्यन्तै दुर्लभ र नयाँ प्रजाति फेला पारेका छन् । करिब २१ करोड ५० लाख वर्ष पुरानो ‘ट्रायसिक’ कालखण्डको यो जीव अहिलेका गोहीहरूजस्तो पानीमा बस्ने नभई जमिनमा निकै तीव्र गतिमा दौडनसक्ने खालको रहेको अनुसन्धानले देखाएको छ । यसको शारीरिक बनावट आधुनिक ‘ग्रेहाउन्ड’ जातको कुकुरसँग मिल्दोजुल्दो रहेको र यो आफ्ना लामो खुट्टाको ...
: एम्बुलेन्समा चिनियाँ चुरोटको तस्करी गरेको आरोपमा ४ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रसुवाको आमाछोदिङमो गाउँपालिका-३ का एम्बुलेन्स चालक ४३ वर्षीय दावा नुर्पु तामाङ, आमाछोदिङमो गाउँपालिका-५ का २७ वर्षीय मार्कुस तामाङ, आमाछोदिङमो गाउँपालिका-५ का ३२ वर्षीय सुशील तामाङ र आमाछोदिङमो गाउँपालिका-५ की ३६ वर्षीया सुनिता तामाङ रहेका छन्। पासाङल्हामु राजमार्गअन्तर्गत रसुवाको बेत्रावतीमा बागमती प्रदेश ...
: चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा तीन महिना व्यापार प्रभावित हुने भएको छ। स्याफ्रु-रसुवागढी सडक खण्डको स्तरोन्नतिका लागि प्रत्येक महिना १५ दिन सडक बन्द हुने भएपछि व्यापार प्रभावित हुने भएको हो। गल्छी त्रिशूली मैलुङ स्याफ्रुवेशी रसुवागढी सडक आयोजनाले सूचना प्रकाशित गरेर अप्रिल महिनादेखि तीन महिनासम्म १५/१५ दिनका दरले सडक बन्द गर्ने जानकारी दिएको हो। योजनाका ...
। बागलुङ-रुकुमपूर्व सिमानामा पर्ने पातिहाल्ना क्षेत्रमा परेको हिमपातका कारण अलपत्र परेका यात्रुको उद्धार गरिएको छ । शुक्रबार दिउँसोदेखि सुरु भएको हिमपातका कारण रुकुमपूर्वको भूमे गाउँपालिका-१ को पातिहाल्ना क्षेत्रमा सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुँदा ७ वटा बस, एक जिप र करिब १० मोटरसाइकल सोही क्षेत्रमा अड्किएका थिए । जसका कारण यात्रुहरू चिसो र भोकसँग ...
: तेल र तरल प्राकृतिक ग्यास बोकेका ट्यांकरहरू होर्मुज जलडमरू हुँदै विश्वको करिब २० प्रतिशत आपूर्ति ढुवानी गर्छन् । तर पर्सियन खाडीका देशहरूका लागि यो जलमार्ग केवल ऊर्जा मार्ग मात्र होइन । यो १० करोडभन्दा बढी मानिसहरूको लागि जीवनरेखा हो । अब, अमेरिका र इजरायलको इरानसँगको युद्धले यो महत्वपूर्ण जलमार्ग अवरुद्ध गरिरहेको छ, जसले यस क्षेत्रमा ...