मुख्य समाचार
युद्धविराम होइन, युद्धको स्थायी अन्त्य चाहेका छौं
युद्धविराम होइन, युद्धको स्थायी अन्त्य चाहेका छौं

। इरानले अमेरिका र इसराइलका साथ युद्धविराम नचाहेको बताएको छ ।

विदेशमन्त्री अब्बास अरागचीले जापानी मिडिया संस्था ‘क्योडो न्युज’ सँगको कुराकानीमा इरानले युद्धविराम नभएर युद्धको स्थायी अन्त्य चाहेको बताएका छन् ।


अरागचीले भनेका छन्, ‘इरान युद्धविराम चाहँदैन । बरू युद्धको पूर्ण, व्यापक र स्थायी अन्थ्य चाहन्छ ।’

युद्धलाई पूर्ण रुपमा समाप्त गर्न सक्ने कुनै पनि पहलको स्वागत गर्ने भन्दै उनले इरानमाथि संघर्ष थोपारिएको पनि जिकिर गरेका छन् ।

युद्ध रोकिने प्रस्ताव सुन्न र प्रस्तावमाथि विचार गर्नका लागि आफूहरू तयार रहेको आरागाचीको भनाइ छ ।

‘केही मुलुकहरू मध्यपूर्वमा जारी संघर्षको समाधान खोजिरहेका छन्,’ उनले भने, ‘तर, लाग्दैन कि अमेरिका आफ्नो आक्रामकता रोक्नका लागि तयार छ ।’

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चाँडै अन्त्य गर्ने सोचमा आफू रहेको बताएका थिए । ट्रुथ सोशलमा पोस्ट गर्दै उनले भनेका थिए, ‘हामी लक्ष्य हासिलको अत्यन्तै नजिक छौं ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–इरानबीच एक महिनादेखि चलिरहेको युद्धविराम ‘लाइफ सपोर्ट’ मा रहेको बताएका छन् । ह्वाइट हाउसको ओभल अफिसमा सोमवार पत्रकारहरूसँग कुरा गर्दै उनले युद्धविराम अहिले जारी रहे पनि अत्यन्तै कमजोर स्थितिमा रहेको बताएका हुन् । राष्ट्रपति ट्रम्पको अभिव्यक्तिबाट युद्धविराम औपचारिक रूपमा कायम रहे पनि जुनसुकै बेला भंग हुन सक्ने अत्यन्त कमजोर अवस्थामा पुगेको अनुमान ...
। ताजिकिस्तानका लागि रुसी राजदूत सेम्योन ग्रिगोभले रुस र ताजिकिस्तानबीचको सम्बन्ध एक भरपर्दो रणनीतिक साझेदारी र गठबन्धनका रूपमा अगाडि बढिरहेको बताएका छन्। दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ३४औँ वार्षिकोत्सवका अवसरमा तास समाचार एजेन्सीसँग कुरा गर्दै राजदूत ग्रिगोभले सबै क्षेत्रमा गतिशील सम्पर्क र दिगो संयन्त्रमार्फत सहकार्य भइरहेको उल्लेख गरे। उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र ताजिक राष्ट्रपति ...
। लेबनानको राजधानी बेइरुट नजिक तथा दक्षिणी क्षेत्रमा इजरायलले गरेको ड्रोन र हवाई आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । मृतकमध्ये एक १२ वर्षीया बालिका पनि रहेको जनाइएको छ । स्थानीय सञ्चारमाध्यम र स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार बेइरुटको दक्षिणी क्षेत्रमा सवारीसाधनलाई लक्षित गरी गरिएको तीनवटा ड्रोन आक्रमणमा चार जनाको ज्यान गएको हो । त्यस्तै, दक्षिणी ...
। इस्लामिक गणतन्त्र इरानविरुद्ध संयुक्त राज्य अमेरिकाले लगाएका प्रतिबन्धहरूको पालना गर्ने देशहरूले ‘स्ट्रेट अफ हर्मुज’ पार गर्न कठिनाइको सामना गर्नुपर्ने इरानको सेनाले आइतबार चेतावनी दिएको छ । यसै महिनाको सुरुवातमा अमेरिकी सरकारले इरानको हित र चासोका विषयमा नयाँ प्रतिबन्ध लगाएको थियो । अमेरिकाले जहाजलाई तेहरानका अधिकारीहरूलाई उक्त जलमार्गबाट जान पैसा नदिन आग्रह गरेको थियो । एएफपीले प्राप्त ...
। इस्लामिक गणतन्त्र इरानविरुद्ध संयुक्त राज्य अमेरिकाले लगाएका प्रतिबन्धहरूको पालना गर्ने देशहरूले ‘स्ट्रेट अफ हर्मुज’ पार गर्न कठिनाइको सामना गर्नुपर्ने इरानको सेनाले आइतबार चेतावनी दिएको छ । यसै महिनाको सुरुवातमा अमेरिकी सरकारले इरानको हित र चासोका विषयमा नयाँ प्रतिबन्ध लगाएको थियो । अमेरिकाले जहाजलाई तेहरानका अधिकारीहरूलाई उक्त जलमार्गबाट जान पैसा नदिन आग्रह गरेको थियो । एएफपीले प्राप्त ...