मुख्य समाचार
क्यानडा पठाइदिन्छु भनी ठगी गरेको आरोपमा मकवानपुर प्रहरीले एक महिलालाई पक्राउ
क्यानडा पठाइदिन्छु भनी ठगी गरेको आरोपमा मकवानपुर प्रहरीले एक महिलालाई पक्राउ

— वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भनी ठगी गरेको आरोपमा मकवानपुर प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

प्रहरीले ठगी गरेको अभियोगमा मकवानपुरको राक्सिराङ गाउँपालिका–१ की ३७ वर्षीया धनसानी गोलेलाई पक्राउ गरेको हो ।

प्रहरीले गोलेलाई वैदेशिक रोजगार ठगी सम्बन्धी कसुर मुद्दामा जारी भएको पक्राउ पुर्जी बमोजिम पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गोलेलाई पक्राउ गरेर काठमाडौंको ताहाचलस्थित बैदेशिक रोजगार विभागमा पठाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
रुकुम पश्चिमको चौरजहारीबाट बिरामी लिएर नेपालगन्जतर्फ जाँदै गरेको सल्यानको कुमाख गाउँपालिकाको एम्बुलेन्समा एक समूहले आक्रमण गरेको छ । कुमाख गाउँपालिकाको कर्णाली प्रदेश ०२.००१ झ ०१३८ नम्बरको एम्बुलेन्समा सुर्खेतको छिन्चुनजिकै रामघाट बजारमा गएराति १० बजेतिर एक समूहले आक्रमण गरेको हो । आठ/नौ जनाको समूहमा आएका युवाले एम्बुलेन्स तोडफोड गर्नुका साथै आफूलाई कुटपिट गरेको चालक वसन्त शर्माले ...
— कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्मका गुल्मपति प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रदीप पौडेलसहितका कर्मचारीलाई जिम्मेवारीबाट फिर्ता बोलाइएको छ । सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टका अनुसार, युनिट सुरक्षामा भएको लापरबाहीबारे छानबिन गर्न टोलीलाई काठमाडौं झिकाइएको हो । भारतबाट ४ चैतमा अवैध रुपले ल्याउँदै गरेको सामान पक्राउको विषयलाई लिएर तस्करीमा संलग्न ...
— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद नबनेपछि गायक प्रकाश सपुतले आफ्नो राजनीतिक यात्राबारे स्पष्टीकरण दिएका छन्। शनिबार सामाजिक सञ्जालमा उनले आफू संसद् छिर्न नपाए पनि चुनावी मैदानमा बोकेका उद्देश्य पूरा भएकामा कुनै गुनासो नरहेको बताएका छन्। पार्टी सभापति रवि लामिछानेले फोन गरेर ‘तपाईं छुट्नुभयो’ भनी जानकारी गराएको उल्लेख गर्दै सपुतले आफूलाई अब कुनै सरकारी नियुक्ति ...
— पाल्पामा टिप्पर दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ। मृत्यु हुनेमा अर्घाखाँची सितगंगा नगरपालिका–४ सिद्दाराका २६ वर्षीय चिन्ताबहादुर सुनार (चालक), सोही स्थानका २६ वर्षीय सुनिल बि.क., रुपन्देही देवदह नगरपालिका–२ खैरेनीका २६ वर्षीय सुनिल नेपाली र पाल्पा तानसेन नगरपालिका–१० का ३३ वर्षीय राजन चिदी रहेका छन्। दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते भएका ...
: मध्यपूर्वमा द्वन्द्वको ज्वाला उर्लिरहेको छ र त्यसको केन्द्रबिन्दुको घुम्तीमा कतार पनि परिरहेको छ–कहिले प्रत्यक्ष, कहिले अप्रत्यक्ष रूपमा। अमेरिका–इजरायलको प्रतिकार गर्दै इरानले हाल मध्यपूर्वका साउदी अरब, यूएई, कतार, बहराइन, कुवेत, जोर्डन र ओमानलगायतका मुलुकमा उच्च आधुनिक क्षमताका मिसाइल निरन्तर प्रहार गरिरहेको छ। इजरायलद्वारा इरानको दक्षिणमा पर्ने साउथ पार्स ग्यास क्षेत्रमाथि गरिएको प्रहारले सुरु भएको नयाँ तनाव ...