मुख्य समाचार
सीमाक्षेत्र पुगेर मन्त्री चौलागाईंले भने, 'सडक व्यवस्थित बनाउँदै खासा खोल्न पहल गर्छौं'
सीमाक्षेत्र पुगेर मन्त्री चौलागाईंले भने, 'सडक व्यवस्थित बनाउँदै खासा खोल्न पहल गर्छौं'

— नेपाल–चीन सीमानाका तातोपानी क्षेत्रको अनुगमनपछि वन तथा वातावरण, भौतिक पूर्वाधार एवं यातायातमन्त्री माधवप्रसाद चौलागाईंले कोदारी राजमार्गलाई व्यवस्थित बनाउँदै खासा नाका सञ्चालनका लागि पहल गर्ने बताएका छन् ।

शनिबार स्थलगत निरीक्षणका क्रममा मन्त्री चौलागाईंले चीनसँग जोड्ने कोदारी राजमार्गअन्तर्गत विभिन्न खण्डमा देखिएको पहिरो जोखिमलाई दीर्घकालीन रूपमा समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।

उनले पहिरो नियन्त्रणका लागि वैज्ञानिक र दिगो उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिए । 'सडकलाई सुरक्षित र सहज बनाउँदै खासा खुलाएर नाका पूर्णरूपमा सञ्चालनमा ल्याउन आवश्यक पहल गर्छौं,' स्थानीयसँगको भेटमा उनले भने, 'यो नाकासँग यस क्षेत्रको जनजीवन र समृद्धि प्रत्यक्ष रूपमा जोडिएको छ ।'

मन्त्री चौलागाईंले कोदारी नाकासम्म पुग्ने सडक अत्यन्त जीर्ण अवस्थामा रहेको उल्लेख गर्दै यसको स्तरोन्नतिलाई प्राथमिकतामा राखिने बताए । व्यापार, आवतजावत तथा रणनीतिक दृष्टिले महत्त्वपूर्ण रहेको उक्त सडक सुधारमा ढिलाइ गर्न नहुने उनको भनाइ थियो ।

शुक्रबार सुकुटे पुगेको मन्त्रीसहितको टोलीमा सडक विभागका महानिर्देशक डा. विजय जैसी, सिन्धुपाल्चोकका प्रतिनिधि, इन्जिनियर पनि सहभागी थिए । उनले सम्बन्धित निकायलाई कामलाई तीव्र र प्रभावकारी रूपमा अघि बढाउन निर्देशन दिँदै सरकार यस विषयमा गम्भीर रहेको स्पष्ट पारे ।

अनुगमनका क्रममा स्थानीयवासीले सडकको दयनीय अवस्थाका कारण दैनिक आवतजावतमा समस्या भोग्नुपरेको गुनासो गरेका थिए । उनीहरूले सडक स्तरोन्नति र पहिरो नियन्त्रणका काम शीघ्र अघि बढाउन माग गरेका छन् ।

यसैबीच, गत महिना डढेलोका कारण फैलिएको धुँवा हटेसँगै सिन्धुपाल्चोकको उत्तरी भेगको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । तातोपानी नाका आसपास आवतजावत बढ्न थालेको छ भने साना व्यापार–व्यवसायमा समेत चहलपहल देखिएको छ ।

लिपिङ र तातोपानी बजारमा सवारीसाधनको चाप बढेसँगै नाका पुनः चलायमान हुने आशा स्थानीयमा पलाउन थालेको छ ।

भौगोलिक रूपमा विकट भोटेकोशी र बाह्रबिसे क्षेत्रका बासिन्दा सीमित कृषि उत्पादन र रोजगारी अभावका कारण वैदेशिक रोजगारी वा नाकामुखी साना व्यापारमा निर्भर रहँदै आएका छन् ।

पछिल्लो समय व्यापारिक गतिविधि बढ्दै गए पनि चिनियाँ खासा बजार पूर्णरूपमा सञ्चालनमा नआउँदा नाका अझै आफ्नो पूर्ण क्षमतामा चल्न सकेको छैन ।२०७२ को भूकम्प र कोरोना महामारीपछि व्यापार क्रमशः सामान्यतर्फ फर्किए पनि निर्यात र मानिसको आवतजावत अझै लगभग ठप्प छ । हाल मितेरी पुल नजिकका करिब दुई दर्जन साना पसलसम्म पुगेर मात्र सीमावासीले घरायसी सामग्री किन्न पाउँछन् ।

स्थानीयका अनुसार घरायसी प्रयोजनका लागि मात्र चिनियाँ क्षेत्रमा प्रवेश अनुमति दिइन्छ । झन्डै तीन अर्ब रुपैयाँको बजेटसहित बाह्रबिसेदेखि लिपिङसम्म २६ किलोमिटर सडक निर्माण सुरु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनाव चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने अरब दलहरूले ...
। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनावमा भोट चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने ...
: म्यानमारका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि क्यार मो टुनले आफ्नो देशका नागरिकले भोगिरहेको पीडा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग भावुक अपिल गरेका छन् । राष्ट्रसङ्घमा सम्बोधन गर्ने क्रममा उनले म्यानमारको सङ्कटप्रति विश्व समुदाय मौन बसेको भन्दै त्यसलाई तोड्न र पीडित नागरिकलाई सहयोग गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे । अन्तर्राष्ट्रिय समुदायले म्यानमारका जनतालाई पटक-पटक निराश बनाएको उनको भनाइ थियो ...
। स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ । म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे ...
: इजरायलको संसदीय निर्वाचनको प्रारम्भिक नतिजालाई लिएर राजनीतिक विवाद चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब पार्टीहरूले चुनाव ‘चोरी’ गरेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। तर, अरब नेतृत्वका दलहरूको गठबन्धन जोइन्ट लिस्टले आरोप अस्वीकार गरेको छ । अक्टोबर २९ को प्रारम्भिक विवरणअनुसार ९३ प्रतिशतभन्दा बढी मतगणना हुँदा नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । ...