मुख्य समाचार
नेपाली परिवार हत्याकाण्ड : प्रहरीले सार्वजनिक गर्‍यो बडी क्यामेराको फुटेज
नेपाली परिवार हत्याकाण्ड : प्रहरीले सार्वजनिक गर्‍यो बडी क्यामेराको फुटेज

— अमेरिकाको भर्जिनिया राज्यस्थित फेयरफ्याक्स काउन्टीको मान्तुवाको एक अपार्टमेन्टमा गत फेब्रुअरी २४ सोमबार बिहान ५:१५ बजे नेपाली परिवारमा भएको विभत्स हत्याकाण्डको फुटेज सार्वजनिक गरिएको छ । फेयरफ्याक्स काउन्टी पुलिस डिपार्टमेन्टले घटनाको २४ दिनपछि घटनालगत्तै घटनास्थलमा खटिएका प्रहरीको शरीरमा जडित बडी क्यामेरामा कैद गरिएको फुटेज स्थानीय समयअनुसार मार्च १९ मा अमेरिकी संचारमाध्यममार्फत सार्वजनिक गरेको हो ।

नेपालमा उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नम्बर ९ बासिन्दा ५४ वर्षीय छत्र थापाले गत फेब्रुअरी २४ मा आफ्नी ५१ वर्षीया श्रीमती बिन्दा थापा र ३१ वर्षीया छोरी ममता थापाको हत्या गरेका थिए । उनले १० इन्च लामो धारिलो हतियार (दाउ) प्रहार गरेर आफ्नी श्रीमती र छोरीको हत्या गर्दैगर्दा प्रहरी पुगेपछि प्रहरीले घटनाका क्रममा बडी क्यामेराबाट कैद गरेको थियो । घटनाको क्रममा छत्रले आफ्नी श्रीमती बिन्दा र छोरी ममताको हत्या गरेपछि ज्वाँइ सन्तोष बस्नेतले रोक्ने कोशिस गर्दा उनीमाथि पनि दाउ प्रहार गरिएको थियो ।

प्रहरीको बडी क्यामेराले कैद गरेको फुटेजमा अपार्टमेन्ट रुम रक्ताम्य देखिन्छ । छत्रले श्रीमती बिन्दा र छोरी ममताको हत्या गरेपछि आफ्ना ज्वाँइ सन्तोषको हत्या प्रयास गर्दै घुँडा टेकेर उनीमाथि दाउ प्रहार गर्दै दाउ समाएर बसेको प्रहरीले सार्वजनिक गरेको फुटेजमा देखिन्छ । प्रहरीले आत्मसमर्पण गर्न पटकपटक आग्रह गर्दा पनि अटेर गरेर थप प्रहार गर्ने प्रयास गरेपछि एक प्रहरी अधिकारीले हत्या आरोपी छत्रमाथि पटकपटक गोली प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

अमेरिकामा नेपाली परिवारमा हत्याकाण्ड : श्रीमती र छोरीको हत्या, प्रहरी कारबाहीमा मारिए आरोपी
अमेरिकामा नेपाली परिवारमा हत्याकाण्ड : श्रीमती र छोरीको हत्या, प्रहरी कारबाहीमा मारिए आरोपी
प्रहरी घटनास्थलमा पुग्दा छोरी ममताको मृत्यु भइसकेको थियो । श्रीमती बिन्दा दुखाइको पीडाले चिच्याउँदै छट्पटाइरहेकी थिइन् । घटना हुँदै गर्दा सामुन्ने रुममा बस्ने महिलाले प्रहरीलाई खबर गरेकी थिइन् । ती महिलाले आफ्नो रुम अगाडिबाट चिट्चिहाटको आवाज आइरहेको र ठूलै घटना भएको हुनसक्ने भन्दै प्रहरीलाई आउन अनुरोध गरेको प्रहरीले फुटेजसँगै सार्वजनिक गरेको ९११ मा फोन गरको कल रेकर्डमा सुनिन्छ ।

घटनाक्रममा सन्तोष र ममताको १ वर्षीय छोरा अपार्टमेन्ट रुम भित्रै रहेको देखिन्छ । प्रहरीले रक्ताम्य रुमबाट बच्चालाई सकुशल उद्धार गरेको थियो । बच्चालाई चाइल्ड केयर सेन्टरमा राखिँदै आएको थियो । हाल ज्वाइँ सन्तोष उपचाररत छन् । फ्यरफ्याक्स प्रहरी डिपार्टमेन्टका प्रमुख केभिन डेभिसले घटनास्थलमै घटनाबारे सम्बोधन गर्दै प्रहरी पुग्न केही समय ढिलाइ भएको भए, सन्तोषको पनि मृत्यु हुनसक्ने बताएका थिए । उनले बच्चा सकुशल रहेकोसमेत पुष्टि गरेका थिए । प्रहरीको आदेशलाई पटकपटक अटेर गर्दा घटनास्थलमै हत्या आरोपी पुष्टि भएका छत्रलाई गोली प्रहार गर्न बाध्य भएको डेभिसले प्रतिक्रिया दिएका थिए ।

एक वर्षको अन्तरालमा अमेरिकामा नेपाली परिवारमा घटेको यो दोस्रो घटना हो । यसअघि गतवर्ष अगस्तमा टेक्सस राज्यको डालस सहरमा एक नेपाली पुरुषले आफ्नै श्रीमती र छोराको गोली प्रहार गरेर हत्यापछि एक पुरुषले आत्महत्या गरेका थिए । ५३ वर्षीय ललित प्रधानमा आफ्नी ३७ वर्षीया पत्नी रञ्जना श्रेष्ठ र तीन वर्षीय छोरा प्रनिश प्रधानलाई गोली प्रहार गरेर हत्या गरेका थिए । ललितले पत्नी र छोरालाई गोली हानी हत्या गरेपछि सोही पेस्तोल प्रयोग गरेर आफूमाथि गोली प्रहार गरी आत्महत्या गरेको प्रहरीले जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईस्थित नेपाली महावाणिज्यदूतावासले नयाँ राहदानीका लागि आवेदन दिएका सेवाग्राहीलाई हुलाकमार्फत राहदानी डेलिभरीको सुविधा उपलब्ध गराउने भएको छ । महावाणिज्यदूतावासले एक सूचना जारी गर्दै राहदानी लिनका लागि मात्र दूतावास आउन समय नमिल्ने तथा यात्रा गर्दा खर्च बढी हुने भएकाले सेवाग्राहीको अनुरोधअनुसार यस्तो व्यवस्था गरिएको जनाएको हो । अब राहदानी आवेदनका क्रममा बायोमेट्रिक ...
। अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित नेपाली राजदूतावासमा नेपालको संविधान दिवस झण्डोत्तोलन समारोहसहित मनाइएको छ। बिहीबार ओ’म्यालीस्थित दूतावास परिसरमा आयोजित कार्यक्रममा कार्यवाहक राजदूत तारा गौतमले राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेकी हुन्। समारोहलाई सम्बोधन गर्दै कार्यवाहक राजदूत गौतमले संविधानले आत्मसात् गरेका लोकतन्त्र, गणतन्त्र, समावेशिता, समानता, सामाजिक न्याय र राष्ट्रिय एकताजस्ता मूल्यमान्यताको स्मरण गरिन्। सोही क्रममा उनले नेपालमा हालैको विनाशकारी बाढीमा ज्यान ...
। पश्चिमी सिड्नीको अर्बनमा कारले ठक्कर दिँदा तीन वर्षीया बालिकाको मृत्यु भएको घटनामा २७ वर्षीय सन्दीप अधिकारीविरुद्ध मुद्दा दायर भएको छ । अधिकारीलाई लापरवाहीपूर्वक सवारी चलाएर मृत्यु निम्त्याएको आरोपमा पक्राउ गरिएको समाचार संस्था द अस्ट्रेलिया टुडेले जनाएको छ । उनले आरोप स्वीकार वा अस्वीकार दुवै प्रतिक्रिया बिना हालसम्म अदालतमा कुनै जवाफ दिएका छैनन् । घटनाको २४ घण्टाभन्दा कम ...
। संयुक्त अरब इमिरेट्स (यूएई) मा नेपाली समुदायका लागि पहिलोपटक ‘बिजनेस नेटवर्किङ’ कार्यक्रम आयोजना गरिएको छ । फेडेरेसन अफ इन्टरनेसनल नेपालीज युथ इन्टरप्रेनर्स फोरम (एफआईएनवाईई) यूएई च्याप्टरले डीएनआईजी र एनपीएएफको सहकार्यमा कार्यक्रम आयोजना गरेको हो । नेपाली समुदायमा व्यवसाय गरिरहेका तथा व्यवसाय गर्न चाहने उद्यमीलाई एकै ठाउँमा भेला गराएर व्यवसाय विस्तार, सहकार्य र नेटवर्किङको अवसर सिर्जना ...
। विश्व मानचित्रमा नेपालको चिनारी अब सगरमाथा, गौतम बुद्ध वा लुम्बिनीबाट मात्र होइन्, आईटी हबका रुपमा समेत स्थापित भइसकेको छ भन्ने सन्देश दिन लन्डनमा ‘नेपाल टेक रोड शो यूके’ भएको छ । आउटसोर्सिङ र साझेदारी अवसरहरू अन्वेषण गर्ने लक्ष्यसहित आयोजित ‘नेपाल टेक रोड शो यूके’ दोस्रो संस्करणमा नेपालबाट आएका झण्डै दुई दर्जन आइटी उद्यमीहरुले ब्रिटिश लगानीकर्तालाई ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम