: नेपाल राष्ट्रिय फुटबल टिम र हङकङ चाइनाबीच चैत १२ मा हुने तय भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भनि तय भएको नेपाल र हङकङ चाइनाबीचको खेलको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले दशरथ रंगशाला उपलब्ध नगराउँदा स्थगित भएको बताएको छ । एन्फाले आइतबार एक विज्ञप्ति जारी गर्दै राखेपले रंगशाला उपलब्ध नगराउँदा खेल स्थगित हुन पुगेको जानकारी दिएको छ ।