मुख्य समाचार
गोसाइँकुण्ड भ्रमणका क्रममा लेक लागेर बिरामी परेका एक विदेशी पर्यटकको सकुशल उद्धार
गोसाइँकुण्ड भ्रमणका क्रममा लेक लागेर बिरामी परेका एक विदेशी पर्यटकको सकुशल उद्धार

: प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल गोसाइँकुण्ड भ्रमणका क्रममा लेक लागेर बिरामी परेका एक विदेशी पर्यटकको सकुशल उद्धार गरिएको छ। गोसाइँकुण्ड गाउँपालिका–५ स्थित होटल लेकसाइडमा बसेका थाइल्याण्डका नागरिक २७ जना बौद्ध भिक्षुको टोलीसँगै गोसाइँकुण्ड पुगेका २२ वर्षीय फ्रा सुखोन तोस्राक्सालाई उच्च हिमाली क्षेत्रमा हुने ‘हाई अल्टिच्युड सिकनेस’ का कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएको थियो। उनलाई नेपाली सेनाको टोलीले सकुशल उद्दार गरेको हो।


हिमपातपछि उनमा श्वासप्रश्वासमा समस्या देखिएको थियो। घटनाको जानकारी प्राप्त हुनासाथ श्रीनाथ गण अन्तर्गतको चन्दनबारी सुरक्षा बेशबाट बिहान ८ बजे गएको सेनाको टोलीले उद्दार गरी उनलाई तत्काल चन्दनबारी ल्याएको थियो ।


चन्दनबारीस्थित लिटिल बुद्ध होटलमा प्रारम्भिक स्वास्थ्य परीक्षणपछि थप उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएको थियो। उनको जिल्ला अस्पताल रसुवामा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथका लागि नयाँ संसद् भवनको बहुउद्देश्यीय हल व्यवस्थापनको कार्य अन्तिम चरणमा पुगेको छ । नयाँ संसद् भवनभित्र प्रतिनिधिसभाको सभाकक्षको निर्माण कार्य सम्पन्न नभएकाले बहुउद्देश्यीय हलमा सपथका लागि आवश्यक व्यवस्थापनको कार्य गरिएको संघीय संसदकी सहसचिव बविता मिश्रले जानकारी दिइन् । बहुउद्देश्यीय हलमा सभामुखको आसनका साथै सभामुखको दायाँ पक्षमा ...
— बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशका १३ वटै जिल्लालाई ‘एक जिल्ला एक स्वस्थ सहर’ घोषणाको तयारी गरेको छ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले प्रत्येक जिल्लाको एउटा सहर वा पालिकालाई स्वस्थ्य सहर बनाएर घोषणा गर्नेगरी अभियान सञ्चालन गरेको बताए । यसका लागि प्रदेशका १३ वटै जिल्लाका जनस्वास्थ्य कार्यालय प्रमुख, जिल्ला अस्पतालका प्रमुख एवं प्रतिनिधिलगायत सरोकार भएका ...
: नेपाली कांग्रेसले पार्टीको आन्तरिक कारणले प्रतिनिधिसभा निर्वाचनमा पराजित भएको प्रारम्भीक निष्कर्ष निकालेको छ । पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठककाबीच सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस प्रवक्ता देवराज चालिसले पार्टीले पराजय भोगेको अधिकांश क्षेत्रको मतान्तरलाई हेर्दा पार्टीको आन्तरिक कारणले नै अपेक्षित मत नआएको प्रारम्भीक निष्कर्ष रहेको बताए। त्यसका अतिरिक्त निर्वाचन क्याम्पेनिङमा भएका त्रुटि समेत देखिएकाले बैठकमा ...
— जिल्लामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने विद्यार्थी घटेका छन् । गत वर्षभन्दा विद्यार्थी संख्या घटे पनि विद्यालयको संख्या भने बढेको छ । गत वर्षभन्दा यस वर्ष एसईई दिने विद्यार्थी ३ सय ८६ जना घटेका हुन् भने एसईईमा सहभागी हुने ६ विद्यालय बढेका छन् । गत वर्ष ४ हजार ३ सय ७ जना विद्यार्थीले ...
: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै पूर्व सचिवसहित २१ जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव केदारबहादुर अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरू संजिव गौतम, राजन पोखरेल, प्रदीप अधिकारी समेत २१ जना, ठेकेदार कम्पनी चाइना China CAMC इन्जिनियरिङ कम्पनी लिमिटेडविरुद्ध आइतबार ...