मुख्य समाचार
नेपाली मुलका विदेशी नागरिक र गैरआवासीय नेपालहरूका लागि त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थल अध्यागमनमा छुट्टै डेस्क राख्ने
नेपाली मुलका विदेशी नागरिक र गैरआवासीय नेपालहरूका लागि त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थल अध्यागमनमा छुट्टै डेस्क राख्ने

। गृह मन्त्रालयले नेपाली मुलका विदेशी नागरिक र गैरआवासीय नेपालहरूका लागि त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थल अध्यागमनमा छुट्टै डेस्क राख्ने भएको छ ।

अध्यागमन विभागले आइतबार विमानस्थल कार्यालयलाई पत्राचार गर्दै छुट्टै डेस्क राख्न निर्देशन दिएको हो । अब जुनसुकै देशका नागरिक भएपनि नेपाली मूलको रहेछ भने विमानस्थलमा विदेशीहरूको लाइनमा बस्नुपर्ने छैन ।

‘विश्वका विभिन्न मुलुकहरुमा छरिएर रहेका गैरआवासीय नेपाली (एनआरएन) र नेपाली मूलका विदेशी नागरिकहरुको नेपाली भाषा/संस्कृति र नेपाली माटोप्रतिको आत्मीयतालाई प्रगाढ बनाउन, तथा नेपालमा पर्यटन र लगानी प्रबर्द्धन गर्न प्रोत्साहित गर्ने उद्देश्यले एनआरएन र नेपाली मूलका विदेशी नागरिकहरुका लागि तहाँ कार्यालयको आगमन र प्रस्थान कक्षमा छुट्टै डेस्कको व्यवस्थापन गर्नुहुन निर्णयानुसार अनुरोध छ,’ अध्यागमनको पत्रमा छ ।

एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) को पदाधिकारीहरूले डेढ साता अघि गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटी छुट्टै डेस्क राख्न माग गरेको थियो ।

‘विश्वका जुनसुकै मुलुकमा बसेपनि वा जुनसुकै मुलुकको नागरिक भए पनि नेपाली मूलका मानिसहरु आफ्नो मातृभूमि, पितृभूमिप्रति अगाध माया र सम्मान व्यक्त गर्दछन्’, एएनओको माग थियो,’उनीहरुलाई नेपाल भूमि प्रवेश गर्दा वा प्रस्थान गर्दा नेपाल सरकारको तर्फबाट आत्मीय स्नेह प्राप्त गर्न छुट्टै डेस्क स्थापना होस् ।’ ।

उक्त मागलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले मन्त्रिस्तरीय निर्णयबाट डेस्क स्थापना गर्ने निर्णय गरेका हुन् ।

‘हालसम्म नेपाली मूलका नागरिकहरुलाई नेपाल देशले कुनै पनि विषयमा सम्बोधन गर्न नसकिरहेको अवस्थामा नेपाल सरकारका गृहमन्त्री श्री अर्याल र गृहमन्त्रालयले आइतवार गरेको निर्णयले विश्वभरका नेपाली मूलका नागरिकहरुले सम्मानित भएको महसुस गरेका छन्’, एएनओका अध्यक्ष डिल्ली अधिकारीद्वारा जारी विज्ञप्तिमा छ,’ नेपालसँग नेपाली मूलका मानिसहरुलाई जोड्ने एएनओको अभियानका लागि यो निर्णयको कार्यान्वयनले सकारात्मक योगदान दिने विश्वास गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीसँग आज बालुवाटारमा भेटवार्ता गरेका छन् । सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा ऐतिहासिक निर्वाचन सम्पन्न भई देशले शान्तिपूर्णरुपमा निकास भएको भन्दै बधाई ज्ञापन पनि गरे । ‘समयमै निष्पक्ष निर्वाचन सम्पन्न भई मुलुकले सहज र लोकतान्त्रिक निकास पाएको छ । यो सामान्य कुरा होइन । यो ...
। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कीर्तिपुर नगरपालिका–७ बस्ने बर्दिया घर भएका ३६ वर्षीय अर्जुन बहादुर पौडेल, ललितपुर महालक्ष्मी नगरपालिका–७ बस्ने सर्लाही घर भएका ४६ वर्षीय डिल्ली राम भुजेल, काठमाडौं महानगरपालिका–१६ बस्ने ४३ वर्षीया उमा गुरूङ, ललितपुर ...
। नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौला पन्तले पार्टी सभापति गगनकुमार थापाको राजीनामा समस्या समाधान नभएको बताएकी छिन् । हालै भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले आशा गरे अनुरुपको नतिजा हासिल गर्न नसक्नुमा सभापति थापाको मात्रै दोष नभएको प्रष्ट पारिन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा आइतबार धारणा राख्दै सहमहामन्त्री संग्रौलाले ३५ वर्षसम्म देशको र लोकतान्त्रिक ...
। पाल्पाको तिनाउ खोलामा डुबेर दुई भारतीय पर्यटक बेपत्ता भएका छन् । तिनाउ गाउँपालिका-३, दोभान ड्यामसाइडस्थित जलविद्युत आयोजनाको हेडबक्सनजिक उनीहरू डुबेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ५ जनाको समूहमा रहेका उनीहरूमध्ये २ जना पुरुष बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होमप्रकाश चौधरीका अनुसार उनीहरू डुबेर बेपत्ता भएको थाहा पाएपछि स्थानीय, सशस्त्र ...
। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले निर्वाचनमा सिट संख्याको आधारमा आफ्नो पार्टी दोस्रो भए पनि नीति र सिद्धान्त भने विजयी भएको टिप्पणी गरेका छन् । केन्द्रीय कार्यसमितिको आजको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । ‘सिट संख्यामा हामी दोस्रो भयौँ होला, तर हाम्रा नीति र सिद्धान्त विजयी भएका छन्,’ बैठकमा पौडेलले भने, ‘नेपालमा एक प्रकारको ...