मुख्य समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीसँग आज बालुवाटारमा भेटवार्ता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीसँग आज बालुवाटारमा भेटवार्ता

। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीसँग आज बालुवाटारमा भेटवार्ता गरेका छन् ।

सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा ऐतिहासिक निर्वाचन सम्पन्न भई देशले शान्तिपूर्णरुपमा निकास भएको भन्दै बधाई ज्ञापन पनि गरे ।

‘समयमै निष्पक्ष निर्वाचन सम्पन्न भई मुलुकले सहज र लोकतान्त्रिक निकास पाएको छ । यो सामान्य कुरा होइन । यो सफलताका लागि म सम्माननीय प्रधानमन्त्रीज्यू, यहाँको मन्त्रिपरिषद् र सचिवालय टिमलाई बधाई र धन्यवाद दिन चाहन्छु,’ लामिछानेले भने ।

उनले प्रधानमन्त्री कार्कीको प्रशसां गर्दै मुलुकले सधैं सम्झिरहने पनि बताए । साथै, आगामी दिनमा निरन्तर मार्गदर्शन र अभिभावकीय भूमिकाको पनि अपेक्षा राखेको लामिछानेले प्रधानमनत्री कार्कीसमक्ष बताए ।

‘यहाँको चट्टानी अडान र दृढताकै कारण मुलुकले निकास पायो । विगतका कुनै पनि निर्वाचनभन्दा शान्तिपूर्ण, निष्पक्ष र गुणस्तरीय निर्वाचन सम्भव भएको छ । सानो टिम र छोटो समयमा विश्वलाई नै चकित पार्ने गरी निर्वाचनमार्फत मुलुकलाई लोकतान्त्रिक निकास र सुरक्षित अवतरण गर्न तपाईँ सफल हुनुभएको छ । यसका लागि तपाईँप्रति हाम्रो उच्च सम्मान छ,’ लामिछानेको भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीको सचिवालयले भनेको छ, ‘तपाईँको यो योगदान मुलुकले सधैँ सम्झिनेछ। हामी पनि सम्झिइरहनेछौं । आगामी दिनमा पनि यहाँको निरन्तर मार्गदर्शन र अभिभावकीय भूमिकाको अपेक्षा राखेका छौँ। तपाईँको अनुभव र मार्गदर्शन देशलाई र हाम्रो सरकारलाई अझै आवश्यक पर्नेछ ।’

प्रधानमन्त्री कार्कीले रास्वपाले निर्वाचनमा पाएको सफलताका लागि बधाई दिँदै एकताबद्ध भएर देशवासीलाई निराश हुने ठाउँ नराखीकन काम गर्न सुझाव दिइन् ।

‘अहिले देश रोएको छ । तपाईं युवाहरुसँग देशवासीले ठूलो अपेक्षा गरेका छन् । तपाईंहरूले देशको मुहारमा मुस्कान ल्याउन सक्नुपर्नेछ । चुनौती धेरै छन् तर सम्हालिएर अघि बढ्नू,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘इमानका साथ काम गरे अपेक्षित नतिजा अवश्य पाइन्छ । विरोध र आलोचना गर्नेहरूलाई कामबाटै जवाफ दिन सक्नुपर्दोरहेछ ।’

भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल पनि भएको थियो ।

सभापति लामिछानेले यो सरकारले गरेका निर्णयमा आफ्नो र पार्टीको तर्फबाट कुनै आपत्ति नरहेको पनि स्पष्ट पारे ।

‘सरकार भनेको सरकार नै हो । अन्तिम दिनसम्म यसले काम गर्न पाउँछ । यो सरकारले गरेका निर्णयमा हाम्रो कुनै आपत्ति छैन,’ उनले भने, ‘अझ यो ऐतिहासिक अभिभारा पूरा गरेको सरकारका प्रति त हाम्रो उच्च सम्मान छ । त्यसैले यो सरकारका कदममा साथ दिन्छौँ र निर्णय पनि हामी शिरोपर गर्छौं ।’

उनले अर्को सरकार नआउँदासम्म गर्न सकिने काम पूर्ण क्षमताका साथ गर्न पनि सुझाव दिए ।

पोर्चुगलमा नेपाली विद्यार्थीले भोगेका समस्या, मध्यपूर्वमा व्याप्त तनावका बीच नेपाली श्रमिकको सुरक्षा र पेट्रोलियम पदार्थको आपूर्तिका विषयमा पनि चासो राख्दै उहाँले यी विषयमा पनि उचित कदम चाल्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कीर्तिपुर नगरपालिका–७ बस्ने बर्दिया घर भएका ३६ वर्षीय अर्जुन बहादुर पौडेल, ललितपुर महालक्ष्मी नगरपालिका–७ बस्ने सर्लाही घर भएका ४६ वर्षीय डिल्ली राम भुजेल, काठमाडौं महानगरपालिका–१६ बस्ने ४३ वर्षीया उमा गुरूङ, ललितपुर ...
। गृह मन्त्रालयले नेपाली मुलका विदेशी नागरिक र गैरआवासीय नेपालहरूका लागि त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थल अध्यागमनमा छुट्टै डेस्क राख्ने भएको छ । अध्यागमन विभागले आइतबार विमानस्थल कार्यालयलाई पत्राचार गर्दै छुट्टै डेस्क राख्न निर्देशन दिएको हो । अब जुनसुकै देशका नागरिक भएपनि नेपाली मूलको रहेछ भने विमानस्थलमा विदेशीहरूको लाइनमा बस्नुपर्ने छैन । ‘विश्वका विभिन्न मुलुकहरुमा छरिएर रहेका गैरआवासीय ...
। नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौला पन्तले पार्टी सभापति गगनकुमार थापाको राजीनामा समस्या समाधान नभएको बताएकी छिन् । हालै भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले आशा गरे अनुरुपको नतिजा हासिल गर्न नसक्नुमा सभापति थापाको मात्रै दोष नभएको प्रष्ट पारिन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा आइतबार धारणा राख्दै सहमहामन्त्री संग्रौलाले ३५ वर्षसम्म देशको र लोकतान्त्रिक ...
। पाल्पाको तिनाउ खोलामा डुबेर दुई भारतीय पर्यटक बेपत्ता भएका छन् । तिनाउ गाउँपालिका-३, दोभान ड्यामसाइडस्थित जलविद्युत आयोजनाको हेडबक्सनजिक उनीहरू डुबेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ५ जनाको समूहमा रहेका उनीहरूमध्ये २ जना पुरुष बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होमप्रकाश चौधरीका अनुसार उनीहरू डुबेर बेपत्ता भएको थाहा पाएपछि स्थानीय, सशस्त्र ...
। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले निर्वाचनमा सिट संख्याको आधारमा आफ्नो पार्टी दोस्रो भए पनि नीति र सिद्धान्त भने विजयी भएको टिप्पणी गरेका छन् । केन्द्रीय कार्यसमितिको आजको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । ‘सिट संख्यामा हामी दोस्रो भयौँ होला, तर हाम्रा नीति र सिद्धान्त विजयी भएका छन्,’ बैठकमा पौडेलले भने, ‘नेपालमा एक प्रकारको ...