। रोनाल्ड अराउजोले पहिलो हाफमा गरेको एकमात्र गोलको मद्दतमा शीर्षस्थानको बार्सिलोनाले स्पेनिस ला लिगामा रायो भालेकानोलाई हराएको छ ।
आइतबार साँझ घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले भालेकानोलाई १-० ले हराएर शीर्षस्थानमा अग्रता अझै फराकिलो बनाएको हो । अराउजोले पहिलो हाफको २४औं मिनेटमा गोल गरेका थिए ।
जितसँगै बार्सिलोनाले २९ खेलबाट ७३ अंक जोडेको छ । दोस्रो स्थानको रियलभन्दा बार्सिलोना ७ अंकले अघि छ । एक खेल कम खेलेको रियल ६६ अंकसहित दोस्रोमा छ ।
रियलले आजै राति एट्लेटिको मड्रिडसँग खेल्दै छ । उक्त खेल बराबरी भएमा वा रियल पराजित भएमा बार्सिलोनाको उपाधि यात्रा थप बलियो बन्नेछ ।