मुख्य समाचार
साढे तीन किलो गाँजासहित एक थाई नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
साढे तीन किलो गाँजासहित एक थाई नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ

। साढे तीन किलो गाँजासहित एक थाई नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ३९ वर्षीय योङग्युत थुइन छन् । उनलाई विमानस्थल सुरक्षा प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो । सोमबार राति सवा १२ बजेतिर थाई एअरलाइन्सको उडानमार्फत उनी बैंककबाट काठमाडौं आएका थिए ।

उनले ल्याएको सुटकेशभित्रबाट तीन किलो ४३५ ग्राम गाँजा बरामद भएको विमानस्थल प्रहरी कार्यालयका प्रवक्ता ढुण्डिराज नेउपानेले बताए । पक्राउ परेका उनलाई लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। काठमाडौंको तारकेश्वर नगरपालिका–६ मा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । तारकेश्वर नगरपालिका–६ धर्मस्थली बस्ने सिन्धुपाल्चोक घर भएका ६० वर्षीय खिका बहादुर अधिकारी मृत फेला परेका हुन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, उनी आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका हुन् । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
। बागलुङमा आर्थिक गणनाका लागि ३६ जना कर्मचारी परिचालन गरिने भएको छ । २ वैशाखदेखि ७ असारसम्म सञ्चालन हुने आर्थिक गणनाका लागि तयारी थलिएको छ । बागलुङमा आर्थिक गणना कार्यालय स्थापना गरेर तयारी थालिएको छ । बागलुङ नगरपालिका–२ स्थित तथ्याङ्क समन्वय कार्यालयको भवनमा कार्यालय राखिएको हो । आर्थिक गणनाका लागि बागलुङ जिल्लामा ३१ गणक र ५ ...
। वन तथा वातावरण मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले आगामी चालु आर्थिक वर्ष (आव) मा वन डढेलोको घटना हुने सम्भावना कम रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित वन डढेलो सम्बन्धी कार्यक्रममा बोल्दै उनल् यस्तो दाबी गरेका हुन् । सचिव शर्माले यस वर्ष हिउँदे वर्षात भएकाले वन डढेलोको सम्भावना घटन जाने देखिएको पनि स्पष्ट पारे । हिउँदे वर्षातले ...
बेनी नगरपालिका–२ को बगरफाँट–कोप्रे हुँदै वडा नम्बर ३ को दूधेखोला जोड्ने सडक मार्ग खुलेको १८ वर्षपछि स्तरोन्नति भएको छ
। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत मो. शफिकुर रहमानले शिष्टाचार भेट गरेका छन् । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा उनीहरुबीच शुभकामना आदान–प्रदानसँगै द्विपक्षीय सम्बन्धका बहुआयामिक पक्षहरूबारे छलफल भएको सचिवालयले जनाएको छ । उपराष्ट्रपति यादवले सन् १९७२ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल–बङ्गलादेशबीच मित्रवत् एवं सौहार्दपूर्ण सम्बन्ध रहिआएको उल्लेख गर्दै हाम्रो सम्बन्ध सार्वभौमिक समानता, ...