मुख्य समाचार
के-पप समूह ‘बीटीएस’ ले आफ्नो पाँचौँ पूर्ण एल्बम ‘अरिराङ’ सार्वजनिक
के-पप समूह ‘बीटीएस’ ले आफ्नो पाँचौँ पूर्ण एल्बम ‘अरिराङ’ सार्वजनिक

। के-पप समूह ‘बीटीएस’ ले आफ्नो पाँचौँ पूर्ण एल्बम ‘अरिराङ’ सार्वजनिक गर्दै नयाँ कीर्तिमान बनाएको छ । हाइब अन्तर्गतको बिग हिट म्युजिकका अनुसार, एल्बमले रिलिजकै पहिलो दिन ३.९८ मिलियन प्रति बिक्री गरेको हो ।

लेबलका अनुसार, यो एल्बमले बीटीएसको यसअघिको पहिलो साताको बिक्री रेकर्डलाई पार गर्दै के-पप क्षेत्रमा नयाँ मानक तय गरेको छ । विश्वभरका फ्यानले एल्बमलाई निकै राम्रो प्रतिक्रिया दिएका छन् । यसले विभिन्न अन्तर्राष्ट्रिय चार्टहरूमा शीर्ष स्थान हासिल गर्दै ब्यान्डको विश्वव्यापी प्रभावलाई फेरि उजागर गरेको छ ।

४ वर्षपछि पूर्ण सदस्यसहितको पुनरागमन भएकाले पनि एल्बमप्रति दर्शकको उत्साह झन् बढी देखिएको छ ।

‘अरिराङ’ ले इटाली, मेक्सिको र स्वीडेनसहित ८८ देशको आइट्युन्स टप एल्बम चार्टमा शीर्ष स्थान हासिल गरेको छ । यसको मुख्य गीत ‘स्विम’ ले पनि अमेरिका, बेलायत, जापान, जर्मनी र फ्रान्ससहित ९० देशको आइट्युन्स टप गीत चार्टमा पहिलो स्थान पाएको छ ।

दक्षिण कोरियामा ‘स्विम’ मेलोन र बग्सजस्ता रियल-टाइम चार्टमा सार्वजनिक भएलगत्तै नम्बर १ मा उक्लिएको थियो । एल्बमका सबै गीत मेलोनको टप १०० भित्र पर्न सफल भएका छन् । गीतले घण्टौँसम्म शीर्ष स्थान कायम राख्दै आफ्नो तत्काल लोकप्रियता प्रमाणित गरेको छ ।

‘स्विम’ को म्युजिक भिडियोले पनि विश्वव्यापी रूपमा ठूलो प्रभाव पारेको छ । अमेरिका, बेलायत, मेक्सिको र फ्रान्ससहित ७० देशमा यो ट्रेन्डिङको पहिलो स्थानमा पुगेको छ । आकर्षक दृश्य, ऊर्जावान नृत्य र समूहको पहिचान बनेको कथावाचन शैलीले भिडियोले विश्वभरका दर्शकलाई तानेको छ ।

बाङ सि-ह्युकको निर्देशनमा तयार भएको ‘अरिराङ’ ले बीटीएसको पहिचान, उनीहरूले भोगेका चुनौती र विकास, धैर्य तथा संघर्षका साझा भावनालाई प्रस्तुत गर्छ । ‘स्विम’ गीतले जीवनका कठिनाइबीच पनि अगाडि बढिरहने सन्देश बोकेको छ, जसले श्रोतालाई गहिरो रूपमा छोएको छ ।

एल्बमको कीर्तिमानी बिक्रीले सन् २०२० को फेब्रुअरीमा ‘म्याप अफ द सोल : ७’ ले बनाएको ३.३७ मिलियन प्रतिको पहिलो साताको रेकर्डलाई छोटो समयमै पार गरेको छ । यो उपलब्धिले बीटीएसको विश्वव्यापी आकर्षण अझै बलियो रहेको र उनीहरूको फ्यान समूह ‘आर्मी’ विभिन्न देश र पुस्तासम्म फैलिएको निष्ठावान समर्थक रहेको स्पष्ट देखाउँछ ।

बीटीएसले ‘बीटीएस द कमब्याक लाइभ : अरिराङ’ शीर्षकको बहुप्रतिक्षित कन्सर्ट सियोलस्थित ग्वाङ्ह्वामुन स्क्वायरमा शनिबार बेलुका सम्पन्न गरेको छ । कन्सर्टमा २ लाख ६० हजार दर्शक सहभागी थिए । कार्यक्रमलाई नेटफ्ल्क्सिमार्फत विश्वभर प्रत्यक्ष प्रसारण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ‘काठमाडौं फिल्म फेस्टिभल २०८३’ शुक्रबारबाट सुरु हुँदैछ । काठमाडौंको मौलिक संस्कृति, परम्परा र सम्पदालाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस महोत्सवको उद्‍घाटन शुक्रबार वसन्तपुरमा गरिने भएको छ । फेस्टिभलका भेन्यू वसन्तपुर, राष्ट्रिय सभा गृह, जय नेपाल हल, नेपाल पर्यटन बोर्ड र तारागाउँ नेक्स्ट म्युजियम बौद्ध रहेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै ...
। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र विकास बोर्डलाई सबै चलचित्रकर्मीको साझा संस्था बनाउँदै चलचित्र क्षेत्रको विकासका लागि ठोस काम गर्न आग्रह गरेका छन् । बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितलाई आज मन्त्रालयलमा नियुक्तिपत्र हस्तान्तरणका अवसरमा उहाँले चलचित्रकर्मीहरूले बोर्ड सबैको साझा हुन सकेन भन्ने गुनासो रहेको उल्लेख गर्र्दै चलचित्रकर्मीहरूले वर्तमान सरकारबाट ठूलो अपेक्षा राखेको बताए । ‘चलचित्र ...
हलिउडका दिग्गज अभिनेता टम स्केरिटको निधन भएको छ । उनी ९३ वर्षका थिए । ‘एलियन’ र ‘टप गन’ जस्ता चर्चित फिल्ममा निर्वाह गरेका सम्झनलायक भूमिकाका कारण उनी दर्शकमाझ लोकप्रिय थिए । एमी अवार्ड विजेता स्केरिट टेलिभिजन शृङ्खला ‘पिकेट फेन्सेस’मा अभिनय गरेपछि झनै चर्चित बनेका थिए । छ दशक लामो अभिनय यात्रामा स्केरिटले फिल्म र टेलिभिजन दुवै ...
रियालिटी टेलिभिजन स्टार काइली जेनरले ५० मिलियन अमेरिकी डलर (करिब सात अर्ब ५९ करोड ७९ लाख रुपैयाँ) मूल्यको ब्रा लगाएर भिक्टोरियाज सिक्रेट फेसन शोमा डेब्यु गरेकी छन् । उनको यो प्रस्तुतिलाई लिएर मिश्रित प्रतिक्रिया आइरहेको छ । मेकअप उद्योगकी चर्चित हस्ती जेनरले आइतबार लन्जरी ब्रान्ड भिक्टोरियाज सिक्रेटको वार्षिक फेसन शोमा सबैको ध्यान खिचिन् । डिजाइनरका ...
: बलिउड अभिनेता आमिर खानका भान्जा तथा एक्टर इमरान खानलाई भारतको फरेनर्स रिजनल रजिष्ट्रेशन अफिसले नोटिस जारी गर्दै आगामी अक्टोबर २८ भित्र देश छाड्न निर्देशन दिएको छ। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध आयोजना गरिएको एक राजनीतिक विरोध प्रदर्शनमा सहभागी भई 'फरेनर्स एक्ट' (विदेशी सम्बन्धी ऐन) को उलंघन गरेको आरोपमा उनीमाथि यो कारबाही अघि बढाइएको हो। यो मामला ...