मुख्य समाचार
अन्तरिक्षमा गरियो हलिउड फिल्म ‘प्रोजेक्ट हेल मेरी’ को प्रिमियर
अन्तरिक्षमा गरियो हलिउड फिल्म ‘प्रोजेक्ट हेल मेरी’ को प्रिमियर

। फिल्म प्रचारका अनौठा तरिका त धेरै देखिन्छन्, तर ‘प्रोजेक्ट हेल मेरी’ का लागि गरिएको यो प्रयास भने साँच्चै फरक छ । यसको प्रचार टोलीलाई सराहना गर्नैपर्छ ।

सोनी पिक्चर्सले सेन्ट इन्टु स्पेस लिमिटेडसँग मिलेर विशेष रूपमा तयार गरिएको ‘आईम्याक्स डिस्प्ले युनिट’ पृथ्वीबाट करिब १ लाख १० हजार फिट उचाइसम्म पठायो । त्यहाँ पुगेपछि सो यन्त्रले लन्डनमा भएको प्रिमियरका दृश्यहरू देखाउन सुरु गर्‍यो ।

त्यसपछि सोही यन्त्रमा फिल्मको पूरा संस्करण पनि आईम्याक्सको १.४३ः१ विस्तारित अनुपातमा प्रदर्शन गरियो । यसरी हेर्दा, फिल्मको प्रिमियरलाई साँच्चै पृथ्वीभन्दा बाहिर पुर्‍याइएको छ, जुन प्रचारका हिसाबले निकै रोचक र सिर्जनात्मक प्रयास हो ।

‘आईम्याक्स डिस्प्ले युनिट’ भन्नाले यहाँ आईम्याक्समा बनाइएका कन्टेन्ट चलाउन सक्ने टेलिभिजनलाई जनाइएको हुन सक्छ, जुन क्यानाडाली कम्पनीले घरेलु प्रदर्शनका लागि बनाएको एक प्रकारको मापदण्ड हो । तस्बिरको गुणस्तरका हिसाबले यो निकै उच्चस्तरको भए पनि, सामान्यतया यस्ता टिभीहरू स्ट्राटोस्फियर (पृथ्वीको माथिल्लो वायुमण्डल) मा पनि भरपर्दो रूपमा चल्न सक्ने गरी बनाइएका हुँदैनन् ।

तर टिभी उद्योगमा नयाँ-नयाँ लेबल थप्ने चलन हेर्दा, भविष्यमा यस्तो सुविधा पनि जोडिन सक्छ भन्ने लाग्छ । सायद अब ‘स्पेस रेडी’ टिभी पनि आउने हो कि भन्ने अनुमान गर्न सकिन्छ ।त्यहाँ यो दृश्य हेर्ने कोही नभए पनि, सम्पूर्ण घटना क्यामेरामा कैद गरिएको थियो, जसले कम्तीमा यो वास्तवमै भएको प्रमाण दिन्छ ।

रायन गोसलिङ, सान्ड्रा हुलर र एउटा सानो ढुंगाजस्तो एलियनको अभिनय रहेको यो फिल्म यसै सप्ताहन्तदेखि विश्वभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ । यसै हप्ता बीएफआई आईम्याक्समा यसको पूर्व प्रदर्शन हेर्ने अवसर पाएकोले म निश्चिन्त भएर भन्न सक्छु- यदि तपाईं यस्तो आईम्याक्स हलको पहुँचमा हुनुहुन्छ जहाँ यो फिल्म देखाइन्छ, भने सकेसम्म छिटो टिकट लिनुहोस् ।



यो फिल्मले रमाइलो कथा बोकेको छ र ठूलो आईम्याक्स पर्दामा पूर्ण, काटछाँट नगरेको संस्करणमा हेर्दा साँच्चै भव्य सिनेमाटिक अनुभव दिन्छ ।

‘प्रोजेक्ट हेल मेरी’ भने अन्तरिक्षमै पहिलो पटक प्रिमियर हुने फिल्म बनेन । त्यो कीर्तिमान सन् २०११ मा बनेको ‘फस्र्ट अर्बिट’ नामक वृत्तचित्रको नाममा छ, जसले युरी गागरिनको ऐतिहासिक अन्तरिक्ष यात्रालाई वास्तविक समयजस्तै ढंगले चित्रण गरेको थियो ।

उक्त वृत्तचित्रको आधिकारिक विश्व प्रिमियर अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मै गरिएको बताइन्छ । सन् २०१५ देखि आईएसएसमा अन्तरिक्ष यात्रीले फुर्सदको समयमा फिल्म हेर्न सकून् भनेर प्रोजेक्टर र ६५ इन्चको स्क्रिन समेत राखिएको छ ।

‘प्रोजेक्ट हेल मेरी’ एक विज्ञान-कथा (साइ-फाइ) फिल्म हो, जसको कथा पृथ्वीलाई बचाउने प्रयास वरिपरि घुम्छ । कथामा एक शिक्षक-वैज्ञानिक अचानक अन्तरिक्षयानमा एक्लै ब्यूँझिन्छन् । उनलाई आफ्नो पहिचान र मिशन सुरुमा याद हुँदैन । विस्तारै उनले थाहा पाउँछन् कि सूर्य कमजोर हुँदै गइरहेको छ र मानव सभ्यता संकटमा छ ।

उनको जिम्मेवारी हुन्छ- यो रहस्यमय समस्या समाधान गरेर पृथ्वीलाई बचाउने । यस क्रममा उनले अन्तरिक्षमा एउटा अनौठो, सानो ढुंगाजस्तो देखिने एलियन (रकी) सँग मित्रता पनि बनाउँछन् । यही सम्बन्धले कथालाई भावनात्मक र रोचक बनाउँछ ।

शीर्ष भूमिकामा रायन गसलिङले अभिनय गरेका छन् । सान्ड्रा हुलरको महत्वपूर्ण सह-भूमिका छ । फिल लर्ड र क्रिस्टोफर मिलरले संयुक्तरुपमा यो फिल्मको निर्देशन गरेका हुन् । यदि तपाईंले विज्ञान कथामा आधारित फिल्म रुचाउनुहुन्छ भने यो फिल्म छुटाउन नहुने सूचीमा पर्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा उपचारका क्रममा आइतबार उनको निधन भएको हो । इन्डियन एक्सप्रेसका अनुसार अस्पतालका डा. प्रतित समदानीले भोसलेको निधनको पुष्टि गरेका छन् । उनको निधनको कारण 'मल्टी-अर्गान फेलियर' रहेको पनि उनको भनाइ छ । थकित महसुस हुने र छातीमा ...
। मार्च २३ देखि २९, २०२६ सम्मको साप्ताहिक अवधिमा नेटफ्लिक्समा अंग्रेजी भाषाका फिल्मबीच ‘पीकी ब्लाइन्डर्सः द इम्मोर्टल म्यान’ सर्वाधिक हेरिएको फिल्म बनेको छ । यो फिल्मले कुल ३ करोड ६९ लाख घण्टा भ्यूज पाउँदै शीर्ष स्थान ओगटेको हो । चर्चित ‘पीकी ब्लाइन्डर्स’ कथालाई विस्तार गर्ने यो फिल्म एक शक्तिशाली अपराध साम्राज्य, सत्ता संघर्ष र व्यक्तिगत द्वन्द्वको ...
। कलाकार सागर लम्साल ‘बले’लाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले प्रहरीलाई अनुमति दिएका छन् । बलेमाथि अमेरिकामा बस्ने एक युवतीले जबरजस्ती करणी गरेको सामाजिक सञ्जालमार्फत आरोप लगाएकी छन् । सोही आरोपमा अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेको जनाएको छ । तर, हालसम्म उनीविरुद्ध प्रहरीमा किटानी जाहेरी भने परिसकेको छैन । सोही ...
जादुको छडी समात्नुस् र झाडू तयार पार्नुस्, किनकि हग्वाट्र्स पुनः बोलाइरहेको छ । एचबीओले आफ्नो आगामी ‘ह्यारी पोटर’ सिरिजको पहिलो ट्रेलर सार्वजनिक गर्दै दर्शकलाई नयाँ ढंगले जादुयी संसारमा फर्किन निम्तो दिएको छ । नेटवर्कका अनुसार यसको पहिलो सिजन सन् २०२६ को क्रिसमसमा सार्वजनिक हुनेछ । ट्रेलरको सुरुवातमा ह्यारी डस्र्ली घरमा भर्‍याङमुनिको सानो कोठामा बसिरहेको देखिन्छ । ...
। यसवर्षको ‘मिस वर्ल्ड’ प्रतियोगिता भियतनाममा आयोजना हुने भएको छ । दक्षिणपूर्वी एसियाली मुलुकले पहिलोपटक प्रतिस्पर्धा आयोजना गर्न लागेको हो । यसको पुष्टि ‘मिस वर्ल्ड’ले अफिसियल सामाजिक सञ्जालका पृष्ठबाट समेत गरेको छ । यद्यपि, त्यहाँ हुने निश्चित भएपनि यसको औपचारिक घोषणा भने हुन बाँकी छ । मिस वर्ल्ड भियतनाम आयोजकले बुधबार राति यसबारे जानकारी दिँदै यस वर्षको ...