मुख्य समाचार
इरानले आइतबार राति इजरायलका धेरै सहरहरूमा क्लस्टर बम प्रहार
इरानले आइतबार राति इजरायलका धेरै सहरहरूमा क्लस्टर बम प्रहार

। इरानले आइतबार राति इजरायलका धेरै सहरहरूमा क्लस्टर बम प्रहार गरेको छ।

अमेरिका-इजरायल र इरान युद्धको २४ औँ दिनको दिन आइतबार राति इरानले इजरायलको राजधानी तेल अवीवसहित कैयौँ सहरहरूमा क्लस्टर बम प्रहार गरेको हो ।

यस आक्रमणमा करिब १५ जना घाइते भएका छन्, जसमध्ये एकको अवस्था गम्भीर छ। धेरै घर र सडकहरूमा पनि क्षति पुगेको छ।

लगत्तै, इजरायलले पनि सोमबार इरानको राजधानी तेहरानमा क्षेप्यास्त्र प्रहार गरेको छ।

यसैबीच, अमेरिकाका लागि इजरायली राजदूत येचिएल लिटरले इरानलाई ‘घुँडा नटेकाएसम्म’ इजरायलले आफ्नो सैन्य कारबाही जारी राख्ने बताएका छन्। उनले भने, ‘इजरायल अब आफूमाथि लगातार आक्रमण गरिरहेको देशसँग सँगै रहन सक्दैन।’

अर्कोतर्फ इरानी राष्ट्रपति मसुद पेजेस्कियनले कुनै पनि आक्रमणको जवाफ मैदानमै दिइने बताएका छन्। उनले इरानका आणविक केन्द्रहरूलाई निशाना बनाइयो भने होर्मुज स्ट्रेट बन्द गर्ने चेतावनी दिएको छ । यस्तो भएमा विश्वव्यापी तेल आपूर्तिमा ठूलो असर पार्नेछ।

यसैबीच, एक्सियोस न्युजमा प्रकाशित एक समाचारका अनुसार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टोली इरानसँग युद्धविरामको विषयमा कुरा गर्न चाहन्छ। यस काममा ट्रम्पका सल्लाहकार जारेड कुस्नर र स्टिभ विटकफ पनि लागिपरेका छन्।

यद्यपि इरानले वार्ताका लागि पहिले युद्ध रोक्नुपर्ने र उसलाई भएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने सर्त राखेको छ। भविष्यमा आफूमाथि फेरि आक्रमण नहुने पक्का ग्यारेन्टी मिल्नुपर्ने इरानको भनाइ छ।

अर्कोतर्फ, ट्रम्पले अहिले नै इरानका सबै सर्तहरू मान्न तयार नभएको स्पष्ट पारेका छन्, विशेषगरी क्षतिपूर्तिको मागप्रति ट्रम्पको असहमति रहेको छ। अमेरिका र इरानबीच अहिले प्रत्यक्ष वार्ता भइरहेको छैन। तर इजिप्ट, कतार र बेलायत जस्ता देशहरूले मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेका छन्।

अमेरिका इरानले आफ्नो क्षेप्यास्त्र कार्यक्रम केही समयका लागि बन्द गरोस्, युरेनियम प्रवर्धन रोकोस् र आफ्ना आणविक केन्द्रहरूलाई पनि बन्द गरोस् भन्ने चाहन्छ । यसबाहेक, इरानले हिजबुल्लाह र हमासलाई पैसा दिन पनि बन्द गरोस् भन्ने पनि ट्रम्पको शर्त छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनाव चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने अरब दलहरूले ...
। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनावमा भोट चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने ...
: म्यानमारका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि क्यार मो टुनले आफ्नो देशका नागरिकले भोगिरहेको पीडा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग भावुक अपिल गरेका छन् । राष्ट्रसङ्घमा सम्बोधन गर्ने क्रममा उनले म्यानमारको सङ्कटप्रति विश्व समुदाय मौन बसेको भन्दै त्यसलाई तोड्न र पीडित नागरिकलाई सहयोग गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे । अन्तर्राष्ट्रिय समुदायले म्यानमारका जनतालाई पटक-पटक निराश बनाएको उनको भनाइ थियो ...
। स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ । म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे ...
: इजरायलको संसदीय निर्वाचनको प्रारम्भिक नतिजालाई लिएर राजनीतिक विवाद चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब पार्टीहरूले चुनाव ‘चोरी’ गरेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। तर, अरब नेतृत्वका दलहरूको गठबन्धन जोइन्ट लिस्टले आरोप अस्वीकार गरेको छ । अक्टोबर २९ को प्रारम्भिक विवरणअनुसार ९३ प्रतिशतभन्दा बढी मतगणना हुँदा नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । ...