मुख्य समाचार
नेपालले निषेधित तोकेका क्षेत्रमा घुमफिर गर्न अब पर्यटकले एकल अनुमति समेत पाउने भएका छन्
नेपालले निषेधित तोकेका क्षेत्रमा घुमफिर गर्न अब पर्यटकले एकल अनुमति समेत पाउने भएका छन्

। नेपालले निषेधित तोकेका क्षेत्रमा घुमफिर गर्न अब पर्यटकले एकल अनुमति समेत पाउने भएका छन् । अध्यागमन विभागका अनुसार अब एक जना पदयात्रीलाई समेत विभागले पदयात्रा अनुमति दिने भएको छ । यसअघि निषेधित क्षेत्रमा जान माग गर्ने एकल पदयात्रीलाई पदयात्रा अनुमति जारी गर्ने प्रचलन थिएन । सो अवस्थामा पदयात्रुले पदयात्रा साझेदार खोज्नुपर्ने बाध्यता थियो ।

यसले पर्यटकलाई असहज भएको र पर्यटन प्रवर्द्धनमा समेत असर पुगेको भन्दै अध्यागमले सो निर्णय गरेको विभागका निर्देशक एवम् प्रवक्ता टीकाराम ढकालले जानकारी दिए । उनका अनुसार यसरी अनुमति दिँदा पालना गर्नुपर्ने अन्य शर्त र नियम भने कानुन अनुसार नै हुनेछ । जसमा एजेन्सीमार्फत आवेदन पेश गर्नुपर्ने, निजसँग अनिवार्य ट्रेकिङ गाइड हुनुपर्ने र आपतकालीन अवस्थामा उद्धारको सम्पूर्ण जिम्मेवारी सम्बन्धित एजेन्सीले लिनुपर्ने सहितका शर्त छन् ।

उता, एजेन्सीमार्फत समूहमा अनुमति लिँदा अब विभागले एक समूहमा बढीमा ७ जना पदयात्री रहने गरी अनुमति दिने निर्णय भएको छ । एजेन्सीमार्फत एक समूहमा ठूलो संख्यामा पदयात्री निषेधित क्षेत्रमा पदयात्रामा रहँदा पदयात्रीको सुरक्षामा पर्याप्त ध्यान दिन सहज नहुने, एक जना टे«ेकिङ गाइडबाट पदयात्रीका गतिविधि निगरानी असहज हुने लगायत अवस्थालाई मध्यनजर सो निर्णय भएको समेत विभागले जनाएको छ । विभागका अनुसार यसरी अनुमति माग गर्दा अहिले अनलाइन प्रणालीको प्रयोग गर्न सक्ने गरी सुविधा थप गरिएको छ ।

पदयात्रामा जाने विदेशी नागरिकले पदयात्रा अनुमतिका लागि आवेदन दिँदा नेपालको स्वीकृत भिसा नम्बर राख्नुपर्ने व्यवस्था समेत विभागले परिमार्जन गरेको जनाएको छ । अब पर्यटकले आफ्नै मुलुकबाट पदयात्रा अनुमति आवेदन गर्न सक्ने छन् ।




विदेशी पर्यटकले भिसा आवेदन नम्बरका आधारमा पदयात्राका लागि अनुमति दिने व्यवस्था गरिएको छ । विदेशी नागरिकका लागि नेपालका १३ वटा जिल्लामा निषेधित क्षेत्र तोकिएको छ । जहाँ जानु अगाडि अनिवार्य रुपमा अध्यागमन विभागबाट पदयात्रा अनुमति लिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीवी राई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतविरुद्ध जाहेरी दरखास्त दिने कृष्णप्रसाद जैसी नै अर्को सहकारी ठगी आरोपमा पक्राउ परेका छन् । सूर्यदर्शन सहकारीमा पीडितका संघर्ष समितिका तर्फबाट आन्दोलनदेखि अदालतसम्म बहस र आन्दोलन गरेका जैसी नै पोखराको धनुष बचत तथा ऋण सहकारी ठगी प्रकरणमा प्रमुख योजनाकारका रुपमा पक्राउ परेका ...
। सामाजिक सञ्जालमा नाबालिकाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ परेका छन् । नाबालिकाको अन्तरंग तस्बिर तथा भिडियो टेलिग्राम एकाउन्टबाट प्रशारण गर्ने काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-८ का २२ वर्षका अशोक लामालाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आइतबार पक्राउ गरेको हो । साइबर ब्युरोका प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार लामाविरुद्ध विद्युतीय कारोबार ऐन ०६३ अन्तर्गत जिल्ला अदालत काठमाडौंबाट ५ ...
। हलेसी तुवाचुङ नगरपालिकाले आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा लिएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान (हलेसी)मा निर्माणाधीन आधारधूत अस्पतालको भवन अलपत्र पार्ने निर्माण कम्पनी नमूना/हिमालयन जेभी विराटनगरका ठेकेदार रमेश बस्नेतको बाग्मती प्रदेश १६ च ६८०२ नम्बरको गाडी नगरपालिकाले नियन्त्रणमा लिएको हो । आवश्यक निर्माण सामग्री तथा जनशक्तिको व्यवस्थापन गरेर ठेक्का बमोजिमको काम सुरु ...
। गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न भूमिका निर्बाह गर्ने गृहमन्त्रालयका कर्मचारी र सुरक्षा निकायलाई सम्मान गरेका छन् । सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच मन्त्री अर्यालले कर्मचारी र सुरक्षा निकायलाई प्रसंशा–पत्रद्वारा सम्मान गरेका हुन् । मन्त्री अर्यालले गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, नेपाली सेनाका बलाध्यक्ष रथि प्रदिपजंग केसी, ...
। नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप दुई उडान गर्ने भएको छ । निगमले काठमाडौं–दुबई रुटमा २५ मार्चमा उडान राखेको छ । दुबई–काठमाडौं रुटको उडान २६ मार्चमा हुने भएको छ । यसैगरी काठमाडौं–दुबई अर्को उडान २७ मार्चमा राखिएको छ । सो जहाजले दुबई–काठमाडौं उडान २८ मार्चमा गर्नेछ । निगमका अनुसार यी उडान काठमाडौंबाट स्थानीय समय अनुसार ...