मुख्य समाचार
विदेशमा रहेका नेपालीलाई अमेरिकी जासुसी संस्था सीआईएले कब्जामा लिएर घण्टीमा भोट हाल्न लगाएको दाबी
विदेशमा रहेका नेपालीलाई अमेरिकी जासुसी संस्था सीआईएले कब्जामा लिएर घण्टीमा भोट हाल्न लगाएको दाबी

। राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले विदेशमा रहेका नेपालीलाई अमेरिकी जासुसी संस्था सीआईएले कब्जामा लिएर घण्टीमा भोट हाल्न लगाएको दाबी गरेका छन् । सोमबार एक पत्रकार सम्मेलनमा भन्दा पनि लाजमर्दो कुरा भन्दै अध्यक्ष केसीले विदेशमा रहेका नेपाली सीआईएको कब्जामा रहेको दाबी गरेका हुन् ।

‘कतिसम्म लाजमर्दो भने विदेशमा जहाँजहाँ जागिर खान गएका छन्, पढ्न गएका विद्यार्थी छन्, ति सबलाई सीआईएले कब्जा गरेको छ,’ केसीले भने, ‘उनीहरू आफ्ना आमाबाबु अभिभावकलाई घण्टीमा है भोट घण्टीमा, हैन भने म घर आउँदैन । यस्तो देश हुँदाखेरी पनि हामी चिन्तित हुने कि नहुने ।’


अहिले सिंहदरबार र सर्वोच्च जलाउनेहरू ठुलो संख्यामा आएको बताउँदै अध्यक्ष केसीले सधैँ जनताले सही निर्णय नदिने टिप्पणी गरे । ‘सिंहदरबार डढाल्नेहरू, सर्वोच्च अदालत डढाल्नेहरू, संसद् डढाल्नेहरू अहिले त ठुलो संख्यामा आए त । जनताले सधैँ सही फैसला गर्छन् भन्ने कुरा होइन,’ उनले भने ।

जनतालाई यो अवस्थामा लैजाने कम्युनिस्ट नाम गरेकै शक्तिले रहेको अध्यक्ष केसीले बताए । उनले भने, ‘तपाईँहरूले मलाई संसद्‍मा सुन्नुभएकै छ । कि तिमीहरू सच्चियो, कि सक्किन तयार होऔँ भन्ने कुरा भनेकै थिएँ ।’

नेपालको स्थितिलाई लिएर सबै दलका नेतासँग बसेर छलफल गर्ने उनले बताए । ‘मुलुक त गयो त, चीनको विरुद्ध लड्न नै अमेरिकाले यो खेल खेलेको हो,’ अध्यक्ष केसीले भने । यो कांग्रेस, एमाले, माओवादीले भ्रष्टाचार गरेको र जनताले सुख नपाएर नभएको उनले दाबी गरे ।

‘उसले दलाई लामालाई पुनर्स्थापित गर्नकै लागि यो खेल खेलेको हो,’ केसीले भने ।

अहिले प्रत्यक्ष कार्यकारीको कुरा आएको बताउँदै केसीले अगाडि भने, ‘प्रत्यक्ष कार्यकारी होइनन् ट्रम्प । अमेरिका जस्तो लामो प्रजातान्त्रिक संस्कार भएको देशले ट्रम्पजस्तालाई चुन्छन् । जनताले सधैँ सही फैसला दिन्छन् भन्ने त हुँदो रहेनछ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीवी राई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतविरुद्ध जाहेरी दरखास्त दिने कृष्णप्रसाद जैसी नै अर्को सहकारी ठगी आरोपमा पक्राउ परेका छन् । सूर्यदर्शन सहकारीमा पीडितका संघर्ष समितिका तर्फबाट आन्दोलनदेखि अदालतसम्म बहस र आन्दोलन गरेका जैसी नै पोखराको धनुष बचत तथा ऋण सहकारी ठगी प्रकरणमा प्रमुख योजनाकारका रुपमा पक्राउ परेका ...
। सामाजिक सञ्जालमा नाबालिकाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ परेका छन् । नाबालिकाको अन्तरंग तस्बिर तथा भिडियो टेलिग्राम एकाउन्टबाट प्रशारण गर्ने काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-८ का २२ वर्षका अशोक लामालाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आइतबार पक्राउ गरेको हो । साइबर ब्युरोका प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार लामाविरुद्ध विद्युतीय कारोबार ऐन ०६३ अन्तर्गत जिल्ला अदालत काठमाडौंबाट ५ ...
। हलेसी तुवाचुङ नगरपालिकाले आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा लिएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान (हलेसी)मा निर्माणाधीन आधारधूत अस्पतालको भवन अलपत्र पार्ने निर्माण कम्पनी नमूना/हिमालयन जेभी विराटनगरका ठेकेदार रमेश बस्नेतको बाग्मती प्रदेश १६ च ६८०२ नम्बरको गाडी नगरपालिकाले नियन्त्रणमा लिएको हो । आवश्यक निर्माण सामग्री तथा जनशक्तिको व्यवस्थापन गरेर ठेक्का बमोजिमको काम सुरु ...
। गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न भूमिका निर्बाह गर्ने गृहमन्त्रालयका कर्मचारी र सुरक्षा निकायलाई सम्मान गरेका छन् । सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच मन्त्री अर्यालले कर्मचारी र सुरक्षा निकायलाई प्रसंशा–पत्रद्वारा सम्मान गरेका हुन् । मन्त्री अर्यालले गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, नेपाली सेनाका बलाध्यक्ष रथि प्रदिपजंग केसी, ...
। नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप दुई उडान गर्ने भएको छ । निगमले काठमाडौं–दुबई रुटमा २५ मार्चमा उडान राखेको छ । दुबई–काठमाडौं रुटको उडान २६ मार्चमा हुने भएको छ । यसैगरी काठमाडौं–दुबई अर्को उडान २७ मार्चमा राखिएको छ । सो जहाजले दुबई–काठमाडौं उडान २८ मार्चमा गर्नेछ । निगमका अनुसार यी उडान काठमाडौंबाट स्थानीय समय अनुसार ...