। सामाजिक सञ्जालमा नाबालिकाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ परेका छन् । नाबालिकाको अन्तरंग तस्बिर तथा भिडियो टेलिग्राम एकाउन्टबाट प्रशारण गर्ने काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-८ का २२ वर्षका अशोक लामालाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आइतबार पक्राउ गरेको हो ।
साइबर ब्युरोका प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार लामाविरुद्ध विद्युतीय कारोबार ऐन ०६३ अन्तर्गत जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ ।