मुख्य समाचार
अमेरिका र इरानबीच भएको वार्ता फलदायी बनेको र इरानविरुद्ध हुने अमेरिकी आक्रमणहरू पाँच दिनका लागि रोक्ने निर्णय
अमेरिका र इरानबीच भएको वार्ता फलदायी बनेको र इरानविरुद्ध हुने अमेरिकी आक्रमणहरू पाँच दिनका लागि रोक्ने निर्णय

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत दुई दिनमा अमेरिका र इरानबीच भएको वार्ता फलदायी बनेको र इरानविरुद्ध हुने अमेरिकी आक्रमणहरू पाँच दिनका लागि रोक्ने निर्णय गरेको बताएका छन् ।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा ‘मध्यपूर्वमा हाम्रा शत्रुताहरूको पूर्ण र समग्र समाधानको सम्बन्धमा धेरै राम्रो र फलदायी कुराकानी’ भएको उल्लेख गरेका छन् ।

ट्रम्पका अनुसार इरानको ऊर्जा पूर्वाधारमा हुने सबै अमेरिकी आक्रमणहरू पाँच दिनका लागि रोक्ने निर्णय भएको छ ।

यसअघि, इरानको राष्ट्रिय रक्षा परिषद्ले इरानी तट वा टापुहरूमा आक्रमण गर्ने कुनै पनि प्रयासले ‘फारसको खाडीका सबै सञ्चार लाइनहरूमा माइन (विस्फोटक पदार्थ) बिछ्याइनेछ’ भनेको थियो ।

इरानलाई होर्मुज स्ट्रेट पुनः खोल्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको समयसीमा आज सकिँदैछ।

ट्रम्पको यो घोषणालाई विश्व बजारले सकारात्मक प्रतिक्रिया दिएको छ । बीबीसीका अनुसार, कच्चा तेलको मूल्य १३ प्रतिशतले घटेर प्रति ब्यारेल करिब ९६ डलर पुगेको छ। यसअघि २ प्रतिशत भन्दा बढीले घटेको एफटीएसई १०० सूचकांक अहिले ०.५ प्रतिशतले बढेको छ।

ग्यासको मूल्य १५९ पेन्स प्रति थर्मबाट घटेर करिब १३९ पेन्समा झरेको छ।

यसअघि ५.१२१ प्रतिशत पुगेको बेलायतको १० वर्षे सरकारी बन्डको प्रतिफल (यिल्ड) अहिले घटेर ४.८९ प्रतिशतमा झरेको छ – जुन आज दिनको सुरुवातभन्दा पनि कम हो।

ट्रम्पको सन्देश ‘अपरेशन एपिक फ्युरी’ सुरु भएयताकै उनको सबैभन्दा मेलमिलापपूर्ण सन्देश रहेको विश्लेषण भएको छ ।

‘ट्रुथसोसल’ मा सबै ठूला अक्षरहरूमा गरिएको एउटा पोस्टमा उनले भनेका छन्, ‘म यो जानकारी गराउन पाउँदा खुसी छु कि संयुक्त राज्य अमेरिका र इरान देशबीच विगत दुई दिनमा मध्यपूर्वमा हाम्रा शत्रुताहरूको पूर्ण र समग्र समाधानका सम्बन्धमा धेरै राम्रो र फलदायी कुराकानी भएको छ।’

उनले अगाडि थपेका छन्, ‘यी गहन, विस्तृत र रचनात्मक कुराकानीहरूको आशय र स्वरको आधारमा, जुन हप्ताभरि जारी रहनेछ, मैले युद्ध विभागलाई इरानी ऊर्जा केन्द्रहरू र ऊर्जा पूर्वाधारहरूविरुद्ध हुने कुनै पनि र सबै सैन्य आक्रमणहरू पाँच दिनको अवधिका लागि स्थगित गर्न निर्देशन दिएको छु, जुन चलिरहेको बैठक र छलफलहरूको सफलतामा निर्भर हुनेछ। यस विषयमा तपाईंहरूको ध्यानाकर्षणका लागि धन्यवाद! राष्ट्रपति डोनाल्ड जे. ट्रम्प ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको निर्वाचनबारे आफूले प्रतिक्रिया दिएपछि माहोल बदलिएको दाबी गरेका छन् । ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले यस्तो दाबी गरेका हुन् । ‘जब मैले बीबी(बेन्जामिन) नेतान्याहुलाई समर्थन गरँे, त्यसपछि पूरा परिस्थिति नै बदलियो,’ ट्रम्पले लेखेका छन्, ‘अहिले एक महान् प्रधानमन्त्रीले निर्णायक हार बेहोर्ने अवस्थाको सट्टा पछि परेको स्थितिबाट ठूलो पुनरागमन गर्दै बराबरीको प्रतिस्पर्धामा ...
। बेलायतका विश्वविद्यालयमा अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अब आफूसँग जीवनयापन खर्च पर्याप्त रहेको प्रमाणित 
गर्नुपर्ने भएको छ । बेलायतको गृह मन्त्रालयले आगामी ३० नोभेम्बरदेखि विद्यार्थी भिजा आवेदन दिने अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि आर्थिक मापदण्ड बढाउने भएको हो । लन्डनभित्र वा बाहिर अध्ययन गर्ने आवेदकहरूले अब बेलायतमा आफ्नो जीवनयापन खर्च धान्न पहिलेभन्दा बढी रकम आफूसँग भएको देखाउनुपर्नेछ। हाल लन्डनमा ...
: स्पेनमा दुई तीव्र गतिका रेल एकआपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। रोयटर्सका अनुसार बिहान ९ बजे भएको दुर्घटनामा रेन्फे र इरियो कम्पनीका रेलहरू आपसमा ठोक्किएका हुन्। दुर्घटनाका कारण इरियो रेलका दुई वटा डिब्बा पटरीबाट बाहिर खसेको बताइएको छ। अधिकारीहरूले दुर्घटनाको कारण र घाइतेहरूको यकिन तथ्यांक संकलन गरिरहेका छन्।
: रुसको कब्जामा रहेको युक्रेनको ओलेश्की सहरमा मानवीय सहायता पुर्‍याउन र सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न सीमित युद्धविराम सुरु भएको छ । खाद्यान्न, पानी र विद्युत् अभावमा रहेका स्थानीय बासिन्दा बाँच्नका लागि बगैँचामा उम्रिएका झारपात पकाएर खान बाध्य भएको बीबीसीले जनाएको छ । युक्रेनी अधिकारी र रुसी रक्षा मन्त्रालयले युद्धविराम पालना भइरहेको बताएका छन्। अमेरिकी प्रथम महिला ...
: बेलायतका राजा चार्ल्स तृतीयले क्यारिबियन क्षेत्रको भ्रमणका क्रममा दास व्यापार र औपनिवेशिक शासनको पीडादायी इतिहास स्वीकार गर्ने भएका छन् । तर, बेलायतको दास व्यापारमा रहेको भूमिकाका लागि औपचारिक माफी माग्ने वा क्षतिपूर्ति दिने योजना भने नरहेको जनाइएको छ । नौदिने क्यारिबियन भ्रमणका क्रममा राजा चार्ल्स पहिलोपटक राष्ट्रप्रमुखका रूपमा बहामास पुगेका हुन् । भ्रमणका क्रममा उनले ...