मुख्य समाचार
बेलायती प्रधानमन्त्री किएर स्टार्मर र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच टेलिफोनमा कुराकानी
बेलायती प्रधानमन्त्री किएर स्टार्मर र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच टेलिफोनमा कुराकानी

: बेलायती प्रधानमन्त्री किएर स्टार्मर र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच टेलिफोनमा कुराकानी भएको छ। डाउनिङ स्ट्रिटका प्रवक्ताका अनुसार दुवै नेताहरूले मध्यपूर्वको वर्तमान स्थितिका बारेमा छलफल गरेका छन्।


बिबिसी हिन्दीमा उल्लेख गरेअनुसार विशेषगरी विश्वव्यापी ढुवानीलाई पुन: सुचारु गर्नका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण हर्मुज जलडमरूमध्य खोल्नुपर्ने आवश्यकतामा दुवै नेताले जोड दिएका छन्। प्रवक्ताका अनुसार, 'विश्वको ऊर्जा बजारमा स्थिरता सुनिश्चित गर्न हर्मुज जलमार्ग खुला हुनु अनिवार्य रहेको विषयमा दुवै नेता सहमत भएका छन्।'


अमेरिकी राष्ट्रपति ट्रम्पले हर्मुज जलमार्ग खोल्नका लागि इरानलाई नयाँ समय सीमा समेत दिएका छन्। उनले इरानसँग यो मार्ग पूर्ण रूपमा खोल्न अब '४८ घण्टा' मात्र बाँकी रहेको चेतावनी दिएका छन्। ट्रम्पको यो समय सीमा अनुसार अब इरानसँग केवल एक दिनको समय बाँकी छ।



राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मा एक पोस्ट गर्दै चेतावनी दिएका छन् कि यदि इरानले बिना शर्त हर्मुज जलडमरूमध्य खोल्दैन भने अमेरिकाले इरानका विद्युत् केन्द्रहरूलाई पूर्ण रूपमा ध्वस्त पारिदिनेछ। ट्रम्पको यस धम्कीपछि इरानले पनि प्रतिशोधपूर्ण कारबाही गर्ने चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनाव चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने अरब दलहरूले ...
। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनावमा भोट चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने ...
: म्यानमारका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि क्यार मो टुनले आफ्नो देशका नागरिकले भोगिरहेको पीडा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग भावुक अपिल गरेका छन् । राष्ट्रसङ्घमा सम्बोधन गर्ने क्रममा उनले म्यानमारको सङ्कटप्रति विश्व समुदाय मौन बसेको भन्दै त्यसलाई तोड्न र पीडित नागरिकलाई सहयोग गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे । अन्तर्राष्ट्रिय समुदायले म्यानमारका जनतालाई पटक-पटक निराश बनाएको उनको भनाइ थियो ...
। स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ । म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे ...
: इजरायलको संसदीय निर्वाचनको प्रारम्भिक नतिजालाई लिएर राजनीतिक विवाद चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब पार्टीहरूले चुनाव ‘चोरी’ गरेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। तर, अरब नेतृत्वका दलहरूको गठबन्धन जोइन्ट लिस्टले आरोप अस्वीकार गरेको छ । अक्टोबर २९ को प्रारम्भिक विवरणअनुसार ९३ प्रतिशतभन्दा बढी मतगणना हुँदा नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । ...