मुख्य समाचार
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भिडियो सन्देश जारी गर्दै सम्झौतामार्फत युद्धका उद्देश्यहरू पूरा गर्ने अवसर आएको बताए
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भिडियो सन्देश जारी गर्दै सम्झौतामार्फत युद्धका उद्देश्यहरू पूरा गर्ने अवसर आएको बताए

। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भिडियो सन्देश जारी गर्दै सम्झौतामार्फत युद्धका उद्देश्यहरू पूरा गर्ने अवसर आएको बताएका छन् । सम्झौताले इजरायललाई आवश्यक हितको रक्षा गर्ने उनको भनाइ छ ।

एक्समा सार्वजनिक गरिएको भिडियो सन्देशमा नेतन्याहुले भनेका छन्, ‘अमेरिकी सेनासँग मिलेर हामीले हासिल गरेको ठूलो सफलतालाई उपयोग गर्दै, सम्झौतामार्फत युद्धका उद्देश्यहरू पूरा गर्ने अवसर छ । यस्तो सम्झौताले हाम्रो आवश्यक हितहरूको रक्षा गर्नेछ ।’

उनले कुनै पनि हालतमा आफ्ना आवश्यक हितहरूको रक्षा गर्ने पनि बताएका छन् ।

नेतन्याहुले इरान र लेबनान दुवै स्थानमा आक्रमण जारी राखेको जानकारी पनि दिएका छन् । नेतन्याहूले भनेका छन्, ‘हामी इरान र लेबनान दुवै स्थानमा आक्रमण जारी राखिरहेका छौं । हामी (इरानको) मिसाइल र आणविक कार्यक्रम समाप्त पारिरहेका छौं र हेजबुल्लाह माथि निरन्तर ठूलो आक्रमण गरिरहेका छौं ।’

उनका अनुसार केही दिनअघि मात्रै इरानका दुई जना आणविक वैज्ञानिकको मृत्यु भएको छ ।

गत फेब्रुअरी अन्तिम साता इजरायल र अमेरिकाले इरानमा आक्रमण गर्दा सर्वोच्च नेता अलि खामेनीसहितका नेताहरु मारिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनाव चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने अरब दलहरूले ...
। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनावमा भोट चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने ...
: म्यानमारका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि क्यार मो टुनले आफ्नो देशका नागरिकले भोगिरहेको पीडा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग भावुक अपिल गरेका छन् । राष्ट्रसङ्घमा सम्बोधन गर्ने क्रममा उनले म्यानमारको सङ्कटप्रति विश्व समुदाय मौन बसेको भन्दै त्यसलाई तोड्न र पीडित नागरिकलाई सहयोग गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे । अन्तर्राष्ट्रिय समुदायले म्यानमारका जनतालाई पटक-पटक निराश बनाएको उनको भनाइ थियो ...
। स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ । म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे ...
: इजरायलको संसदीय निर्वाचनको प्रारम्भिक नतिजालाई लिएर राजनीतिक विवाद चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब पार्टीहरूले चुनाव ‘चोरी’ गरेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। तर, अरब नेतृत्वका दलहरूको गठबन्धन जोइन्ट लिस्टले आरोप अस्वीकार गरेको छ । अक्टोबर २९ को प्रारम्भिक विवरणअनुसार ९३ प्रतिशतभन्दा बढी मतगणना हुँदा नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । ...