: रामेछापको माकादुमबाट काठमाडौं आउँदै गरेको बोलेरो दुर्घटना भएको छ। टिमुबाट ५ जना यात्रु लिएर आएको बोलेरो बुद्ध भवानी विद्यालयनजिकै दुर्घटना भएको खाडाँदेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले अन्नपूर्ण पोस्टलाई जानकारी दिए।
बोलेरो अनियन्त्रित भएर सडकमै पल्टिएको जानकारी प्रहरीले गराएको उनले बताए। श्रेष्ठका अनुसार प्रहरीले घाइतेलाई उद्धार गरेर अर्को गाडीमा काठमाडौं पठाइएको छ। उनीहरुलाई सामान्य चोट लागेको छ। प्रहरीले बोलरोलाई नियन्त्रणमा लिएको छ।