मुख्य समाचार
विवाद समाधानका लागि राखेप र एन्फाको छलफल
विवाद समाधानका लागि राखेप र एन्फाको छलफल

: राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल संघ (एन्फा) बिच आज छलफल हुने भएको छ।


राष्ट्रिय लिग र महिला लिग स्थगित भएसँगै लिग सञ्चालन र एन्फाको चुनावको विषयलाई लिएर आज ३ बजे बैठक बस्न लागेको एन्फा महासचिव किरण राईले अन्नपूर्ण पोष्टलाई जानकारी दिए। ‘जारी घटनाक्रमसँग सम्बन्धित भएर आज हामी बैठक बस्दैछौं। त्यसपछि मात्रै चुनाव र लिगसँग सम्बन्धित उत्तर दिन सकिन्छ।’


नेपाल र हङकङ चाइनाबिच हुने भनिएको फिफा विन्डो अन्तर्गतको मैत्रीपूर्ण खेल मैदानको विवादका कारण स्थगित हुँदा एन्फा र राखेपको विवाद थप टसिलो बनेको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ। पटक पटक दिइएको निर्देशनको पालना नगरेको भन्दै खेलकुद नियमावली र खेलकुद ऐनको आधारमा रहेर राखेपले एन्फालाई निलम्बन गरेको हो। राष्ट्रिय खेलकुद ऐन २०७७ र राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को विधानलाई टेकेर एन्फा नेतृत्वमाथि राखेपले निलम्बन गरेको हो। एन्फाले बारम्बार राखेपबाट दिएको निर्वाचन ...
: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी प्रभावशाली स्ट्राइकर तथा कप्तान सावित्रा भण्डारी 'साम्बा'को दाहिने घुँडाको सफल शल्यक्रिया भएकाे छ। बुधबार बिहान न्युजिल्यान्डको अकल्यान्डमा उनको सल्यक्रिया सम्पन्न भएको हो। अकल्यान्ड अस्पतालको डाक्टर साइमन र उनको टोलीले 'साम्बा'को दाहिने घुँडाको शल्यक्रिया गरेका हुन्। जुन कुरा साम्बाले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन् । कतारको एस्पेटारमा घुँडाको शल्यक्रिया गर्न चाहेको ...
। अखिल नेपाल फुटबल संघ (एन्फा)ले निर्धारित मितिमै निर्वाचन गर्ने अडान दोहोर्‍याउँदै राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई जवाफी पत्र पठाएको छ। एन्फा महासचिव किरण राईले पठाएको पत्रमा निर्वाचन सम्पन्न गर्न प्रतिनिधि पठाई सहयोग गर्न राखेपासँग आग्रह गरिएको छ। एन्फाले आफूले परिषद र मन्त्रालयको निर्देशन उल्लंघन नगरेको दाबी गर्दै राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा २८(ड) र ...
। १९औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) आगामी मार्च २८ देखि सुरु हुँदैछ । उद्घाटन खेलमा साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरुले सनराइजर्स हैदराबादसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताअघि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले सबै १० टोलीका लागि कडा निर्देशिका जारी गरेको छ । यसपटकको सबैभन्दा महत्वपूर्ण निर्णय भनेको म्याच डेमा अभ्यास पूर्ण रूपमा प्रतिबन्धित गर्नु हो । ...
वीरगन्जः सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुखद् सुरुवात गरेको छ। वीरगन्जस्थित नारायणी रंगशालामा सोमबार कर्णाली प्रदेशविरुद्ध पहिलो खेल खेल्दै सुदूरपश्चिमले चार विकेटको सहज जित निकालेको हो। सुदूरपश्चिको जितमा तीव्र गतिका बलर हेमन्त धामी नायक सावित भए। धामी एक्लैले ६ विकेट लिँदै सुदूरपश्चिमको जितलाई सहज बनाए। धामिको घातङ बलिङसामू ११९ रनमा समेटिएको कर्णालीविरुद्ध ...