मुख्य समाचार
सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुखद् सुरुवात
सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुखद् सुरुवात

वीरगन्जः सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुखद् सुरुवात गरेको छ। वीरगन्जस्थित नारायणी रंगशालामा सोमबार कर्णाली प्रदेशविरुद्ध पहिलो खेल खेल्दै सुदूरपश्चिमले चार विकेटको सहज जित निकालेको हो।


सुदूरपश्चिको जितमा तीव्र गतिका बलर हेमन्त धामी नायक सावित भए। धामी एक्लैले ६ विकेट लिँदै सुदूरपश्चिमको जितलाई सहज बनाए। धामिको घातङ बलिङसामू ११९ रनमा समेटिएको कर्णालीविरुद्ध चार विकेटको जित हात पार्दै सुदूरपश्चिमले दुई अंक बटुल्न सफल भयो।


कर्णालीले दिएको १२० रनको लक्ष्य सुदूरपश्चिमले २९.२ ओभरमा पूरा गरेको थियो। कर्णालीविरुद्ध खराब सुरुवात गरे पनि किरण ठगुन्नाले २६ र खडक बोहराले २३ बनाउँदै सुदूरपश्चिमलाई जित नजिक पुर्याएका थिए। सुदूरपश्चिमका मिलन बोहराले अविजित १८ र शेर मल्लले अविजित १० रन बनाउँदै जित दिलाए।



कर्णालीका बलर अनुज चनरा र दिवन पुनले २–२ विकेट लिए भने प्रकाश जैसी र दीपेन्द्र रावत १–१ विकेट हात पारे। यसअघि टस हारेर सुरुवाती ब्याटिङ गरेको कर्णालीले ३२ ओभरमा आफ्नो सम्पूर्ण विकेट गुमाउँदै ११९ रन मात्र बनाएको थियो। कर्णालीलाई सामान्य रनमै रोक्ने क्रममा धामीले ६ विकेट लिँदा कप्तान शेर मल्ल, नारायण जोशी, अशोक धामी र मिलन बोहोराले १–१ विकेट लिए।

कर्णालीका विपिन रावलले ३३ र सुनिल धमलाले २३ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। पहिलो ओभरको तेस्रो बलमै ओपनर रवीन्द्र शाहीलाई गुमाएको कर्णालीका लागि विपिन र सुनिलले राम्रो प्रदर्शन गरे पनि अन्य खेलाडी चल्न नसक्दा ठूलो योगफल तयार पार्न सकेन।

सात ओभर बलिङ गर्दै १६ रन खर्चिएर ६ विकेट हात पारेका सुदूरपश्चिमका धामी प्लेयर अफ दि म्याच घोषित भए। जितसँगै सुदूरपश्चिमले दुई अंक बटुलेको छ दोस्रो खेल खेलेको कर्णालीले एक अंकमा रोकिएको छ। यसअघि शनिबार लुम्बिनीविरुद्धको खेल वर्षाका कारण रोकिएपछि कर्णालीले १–१ अंक बाँडेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम