मुख्य समाचार
डा. महावीर पुन सांसद बनेपछि पहिलो पटक वीरगन्ज आएर आफ्नो आत्मकथा लेखिएको किताब बिक्री गरे
डा. महावीर पुन सांसद बनेपछि पहिलो पटक वीरगन्ज आएर आफ्नो आत्मकथा लेखिएको किताब बिक्री गरे

: म्याग्दीको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य (सांसद) मा निर्वाचित डा. महावीर पुन सांसद बनेपछि पहिलो पटक वीरगन्ज आएर आफ्नो आत्मकथा लेखिएको किताब बिक्री गरेका छन्। आइतबार साँझ वीरगन्ज आइपुगेका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्षसमेत रहेका पुनले सोमबार बिहान घण्टाघर चोकमा पुगेर किताब बिक्री गरेका हुन्। बिहान ८ देखि ११ बजेसम्म घण्टाघर चोकमा १ सय ५० थान किताब बिक्री भएको पुनले जानकारी दिए।


आफू मंगलबार साँझसम्म वीरगन्ज कृषि औजार कारखानामा रहने भएकाले किताब किन्न इच्छुकले कारखानामै आएर सम्पर्क गर्न सक्ने पुनले बताए। मंगलबार साँझ भने आफू काठमाडौं जाने उनले जानकारी दिए। चुनावपछिको फुर्सदको समय सदुपयोग गर्न आफू विभिन्न जिल्लामा किताब बिक्री गर्दै हिँडिरहेको उनले बताए। उनले भने, ‘यसअघि किताब बेच्दै हिँडेका बेला बीचमा फ्याट्टै मन्त्री भइयो, मन्त्री हुँदा पनि किताब बेच्न सकिएन। त्यसपछि चुनावमा उठियो, चुनावमा उठ्दा पनि किताब बेच्न सकिएन। चुनाव जितेपछि अहिले फुर्सदको समय छ, त्यही भएर फुर्सदमा किताब बेच्न हिँडिरहेको छु। अब अरू बेला पनि फुर्सदका बेला किताब नै बेचिन्छ।’


संसद बैठक चलेका बेला सांसदको रूपमा काम गर्ने र संसद बैठक नभएका बेला किताब नै बेच्दै हिँड्ने उनको भनाइ छ। उनले भने, ‘किनभने किताब बेचेर त्यसको पैसाले यो वीरगन्ज कृषि कारखाना धेरै ठूलो बनाउनु छ, धेरै राम्रो कारखाना बनाउनु छ।’



यसअघि किताब बेच्ने क्रममै २०८१ को भदौ अन्तिम साता वीरगन्ज आएका पुनले त्यस बेला ९ दिने वीरगन्ज बसाइँका क्रममा दुई हजार थान किताब बिक्री गरेका थिए। सोमबार बिहान घण्टाघर चोकमा किताब बिक्री गर्दै गरेको अवस्थामा भेटिएका पुनले सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बन्नु अघि लगातार ५ सय २६ दिनसम्म किताब बिक्री गर्दै विभिन्न जिल्लामा पुगेको जानकारी दिए।

उक्त ५ सय २६ दिनमा करिब २ लाख ५० हजार थान किताब बिक्री गरेर त्यसबापत सबै खर्च कटाएर १२ करोड रुपैयाँ बढी आम्दानी गर्न सफल भएको उनले बताए। त्यो रकमले नै वीरगन्ज कृषि औजार कारखाना सञ्चालन गरिरहेको उनले जानकारी दिए। करिब दुई दशकदेखि बन्द रहेको वीरगन्ज कृषि औजार कारखाना पुन अध्यक्ष रहेकै राष्ट्रिय आविष्कार केन्द्रले जिम्मा लिएर मर्मतसम्भार गरी सञ्चालन गरिरहेको छ।

सोभियत संघ रुसको सहयोगमा संवत् २०२१ सालमा स्थापित सरकारी स्वामित्वको वीरगन्ज कृषि औजार कारखाना निरन्तर घाटामा गएको भन्दै सरकारले २०५९ सालमा पूर्ण रूपमा बन्द गरिदिएको थियो। दुई दशकदेखि बन्द उक्त कारखाना पुन चलाउनका लागि भन्दै सरकारले २०७९ भदौ ३१ मा राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिने निर्णय गर्यो।

त्यसपछि आविष्कार केन्द्र र अर्थ मन्त्रालयबीच २०७९ असोज ११ गते भएको सम्झौता भयो। उक्त सम्झौतापत्रमा कारखानाको मर्मतसम्भार लगायतका कामका लागि आवश्यक बजेट अर्थ मन्त्रालयले आविष्कार केन्द्रलाई उपलब्ध गराउनुपर्ने उल्लेख थियो। कारखाना पुनः सञ्चालनका लागि विकल्प सुझाउन कृषि मन्त्रालयले गठन गरेको कार्यदलले तयार पारेको प्रतिवेदनमा कारखाना मर्मतसम्भार गरी पुनः सञ्चालनमा ल्याउनका लागि ३० करोड रुपैयाँ आवश्यक पर्ने उल्लेख गरिएको थियो।

तर अर्थ मन्त्रालयले आवश्यक बजेट दिन चासो नै नलिएपछि आविष्कार केन्द्रका अध्यक्ष पुनले आवश्यक रकमको जोहो गर्न आफू नै अगाडि सर्दै आफ्नो आत्मकथा लेखेको पुस्तक बेच्न २०८० पुसदेखि देश दौडाहा अभियान थालेका थिए। त्यसयता उनले निरन्तर देशका विभिन्न स्थानमा पुगेर किताब बिक्री गर्दै आइरहेका छन्।

कारखाना सञ्चालनको जिम्मा लिएको आविष्कार केन्द्रले कारखानामा रहेका पुराना उपकरण र मेसिनहरू मर्मतसम्भार गरेर हालसम्म करिब ५ दर्जन प्रकारका कृषि औजारहरू उत्पादन गर्दै बिक्री वितरण गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
रत्ननगर नगरपालिका–९ निपनीमा आज ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–७ का अन्दाजी ३५ बर्षीया मीना रेग्मी रहेकी छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक रिजालका अनुसार खैरहनीबाट भरतपुरतर्फ आउँदै गरेको लु२ख २८९४ नम्बरको ट्याङ्करले भित्री सडकबाट निस्किँदै गरेको ना५५प ०७७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करबाट स्कुटरको ...
। प्रहरीले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो ४३५ ग्राम गाँजासहित एक जना थाइल्यान्डका नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैङ्ककबाट काठमाडौं आएका ३९ वर्षीय थाई नागरिक योङयुट थुइओन रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए । थाई एअरलाइन्सको उडान नम्बर टिजी ३०९ द्वारा बैङ्ककबाट काठमाडौं आएका थुइओनले आफ्नो सुटकेसभित्र ...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार मुद्दामा नेकपा एमालेका नेता तथा पूर्वमन्त्री भीम आचार्य धरौटी रकम बुझाएर रिहा भएका छन् । सोमबार आचार्य अदालत उपस्थित भएका थिए । न्यायाधीशहरू न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलाले आचार्यसँग २ लाख ५० हजार धरौटी रकम माग गरेको हो । आचार्य धरौटी रकम बुझाएर रिहा भइसकेको अदालतका ...
। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा पितृ शोकमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समवेदना दिन उनको निवास भक्तपुरको गुण्डु पुगेका छन् । शर्मा पार्टीका महामन्त्रीहरू गुरुराज घिमिरे र प्रदीप पौडेलसहितलाई लिएर ओली निवास गुण्डु पुगेका हुन् । केपी ओलीका बुबा मोहनप्रसादको ९७ वर्षको उमेरमा फागुन २९ गते निधन भएको हो ।
। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर दर्शनमा आएका एक अढाइ वर्षीय बालकको आज मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले पाँचथरको हिलिहाङ गाउँपालिका–२ निवासी हरि श्रेष्ठका छोरा सोहनको मृत्यु भएको जानकारी दिए । उनका अनुसार अभिभावक र आफन्तसँग पाथीभरा दर्शनमा आएका बालक फर्कने क्रममा बाटोमै अचानक बिरामी परेकामा तत्काल जिल्ला अस्पताल ...