मुख्य समाचार
इजरायलमाथि इरानबाट नयाँ मिसाइल आक्रमण भएको इजरायली सेनाले जनाएको छ
इजरायलमाथि इरानबाट नयाँ मिसाइल आक्रमण भएको इजरायली सेनाले जनाएको छ

: इजरायलमाथि इरानबाट नयाँ मिसाइल आक्रमण भएको इजरायली सेनाले जनाएको छ। सेनाले विज्ञप्ति जारी गर्दै इजरायलको भूभागतर्फ मिसाइल प्रहार भएको जनाएको हो। मिसाइल रोक्नका लागि वायु रक्षा प्रणाली सक्रिय रूपमा सञ्चालन भइरहेको इजरायली सेनाको दाबी छ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा शत्रुता समाधान गर्न अमेरिका र इरान शान्ति वार्ता गरिरहेको दाबी गरेका थिए। ट्रम्पले अमेरिका र इरानबीच धेरै राम्रो छलफल भइरहेको बताएका हुन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकी राष्ट्रपतिले दुई देशले युद्ध अन्त्य गर्न १५ बुँदामा छलफल गरिरहेको दाबी पनि गरेका छन्। जसमा इरानले नम्बर एक, दुई र तीन बुँदामा आणविक हतियार त्याग्ने उल्लेख छ।


सामाजिक सञ्जालमा लेख्दै ट्रम्पले इरानी पावर प्लान्टहरूमा धम्कीपूर्ण हमला पाँच दिनका लागि स्थगित गरेको बताएका छन् । तर, इरानको विदेश मन्त्रालयले दुई देशबिच शान्ति वार्ताको कुरा भएको भन्ने ट्रम्पको कुरा नक्कली रहेको जनाएको छ। इरानको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, 'हामी संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरानबीच भइरहेको वार्ताको बारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेको कुरालाई अस्वीकार गर्छौं।'



जवाफमा ट्रम्पले इरानलाई अर्को मौका दिइएको उल्लेख गरेका छन्।

यता एक घण्टाभित्र दोस्रोपटक कुवेतको सेनाले आफ्नो वायु रक्षा प्रणाली मिसाइल तथा ड्रोन आक्रमण रोक्न परिचालित गरिएको जनाएको छ। सेनाले सुरक्षा निकायले जारी गरेका निर्देशनहरू पालना गर्न सबै नागरिकलाई अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब अमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा गरेको छ । समाचार एजेन्सीहरूका अनुसार, यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै गएको र यसले शान्ति तथा सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यस्तो निर्णय गरेको हो । यसअघि, यूएईको रक्षा मन्त्रालयले इरानले यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) को एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत् मंगलबार ट्रम्पले सो दाबी गरेका हुन् । पोस्ट गरिएको ग्राफिकमा इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्यलाई घेरिएको छ र त्यसको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको देखिन्छ । यसअघि ...
: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन्। सामान्य अवस्थामा यो जलमार्गबाट विश्वको कुल तेल ओसारपसारको करिब पाँचौं भाग व्यापार हुने गर्छ। अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले यो जलमार्गमा पानीजहाजको आवागमन रोकेको छ। फेब्रुअरी २८ मा ...
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...