मुख्य समाचार
कोलम्बियामा वायुसेनाको विमान दुर्घटना हुँदा कम्तिमा पनि ६६ जनाको मृत्यु
कोलम्बियामा वायुसेनाको विमान दुर्घटना हुँदा कम्तिमा पनि ६६ जनाको मृत्यु

। कोलम्बियामा वायुसेनाको विमान दुर्घटना हुँदा कम्तिमा पनि ६६ जनाको मृत्यु भएको छ ।

अधिकारीहरूले देशको दक्षिणी क्षेत्रमा उडान भरेको केही समयमै वायु सेनाको विमान दुर्घटनाग्रस्त भएको बताएका छन् ।

बीबीसीले अधिकारीहरूको अवाला दिँदै दुर्घटनामा कम्तिमा पनि ६६ जनाको मृत्यु भएको र दर्जनौं मानिसहरू घाइते भएका समाचारमा उल्लेख गरेको छ ।

वायु सेनाका कमान्डर कार्लोस फर्नान्डो सिल्वा रुएडाले विमानमा सेनाका ११४ जवान र ११ चालक दलका सदस्यहरू सवार रहेका बताएका छन् ।

दुर्घटनामा परेको विमान अमेरिकामा निर्मित सी–१३० हरक्युलस विमान हो । यसको प्रयोग सैनिकहरूलाई आहोर–दोहोरमा हुँदै आएको थियो ।

विमान पुटुमायो प्रान्तको प्युर्तो लेगुइजामो सहर नजिकै दुर्घटनाग्रस्त भएको बताइएको छ । विमान दुर्घटनास्थलमा पुगेका उद्दारकर्मीहरू विमानको भग्नावशेषमा जिबित रहेका सेना र चालक दलका सदस्यको खोजीमा जुटेका समाचारमा उल्लेख छ ।

कोलम्बियाका रक्षामन्त्री पेद्रो साञ्चेजले भनेका छन्, ‘हरक्युलस सी–१३० ट्रान्सपोर्ट विमान प्युर्तो लेगुइजामोबाट उडान भर्ने क्रममा दुःखद दुर्घटनामा परेको छ । जसमा हाम्रो सुरक्षा बलका टुकडीहरू सवार थिए ।’

उनले पेरूको सीमा नजिकै भएको दुर्घटनालाई देशका लागि अत्यन्तै दुःखद घटना भनेका छन् । साञ्चेजलाई उद्धृत गर्दै बीबीसीले विमानमा आगो लागेका काराण विमानमा राखिएका गोला–बारूद विष्फोट भएको समाचारमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब अमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा गरेको छ । समाचार एजेन्सीहरूका अनुसार, यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै गएको र यसले शान्ति तथा सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यस्तो निर्णय गरेको हो । यसअघि, यूएईको रक्षा मन्त्रालयले इरानले यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) को एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत् मंगलबार ट्रम्पले सो दाबी गरेका हुन् । पोस्ट गरिएको ग्राफिकमा इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्यलाई घेरिएको छ र त्यसको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको देखिन्छ । यसअघि ...
: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन्। सामान्य अवस्थामा यो जलमार्गबाट विश्वको कुल तेल ओसारपसारको करिब पाँचौं भाग व्यापार हुने गर्छ। अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले यो जलमार्गमा पानीजहाजको आवागमन रोकेको छ। फेब्रुअरी २८ मा ...
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...