मुख्य समाचार
रमेश लेखकले जेनजी अगुवाहरूकै अभिव्यक्तिबाट घुसपैठ भएको तथ्य आफूले देखेको बताए
रमेश लेखकले जेनजी अगुवाहरूकै अभिव्यक्तिबाट घुसपैठ भएको तथ्य आफूले देखेको बताए

। गत २३ र २४ गते भएको जेनजी आन्दोलनबारे तत्कालीन गृहमन्त्री रमेश लेखकले जेनजी अगुवाहरूकै अभिव्यक्तिबाट घुसपैठ भएको तथ्य आफूले देखेको बताएका छन् ।

जाँचबुझ आयोगसँगको बयानका क्रममा लेखकले राज्यका ऐतिहासिक तथा अमूल्य संरचनामाथि भएका आक्रमणलाई केवल आवेगको परिणाम भनेर सीमित गर्न नमिल्ने तर्क उनले पेश गरेका छन् ।

गौरीबहादुर कार्की नेतृत्वको आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक भएको छैन । जनआस्था साप्ताहिकको अनलाईन संस्करणले श्रृङ्खलाबद्ध रुपमा प्रतिवेदनका विषयवस्तु सार्वजनिक गरेको छ ।

जनआस्थाको सौजन्य अनलाइनखबरले प्राप्त गरेको प्रतिवेदनको फोटोकपीमा उनले घटनाक्रम सुरु हुनुअघि नै सामाजिक सञ्जाल र अन्य माध्यमबाट असन्तुष्टि तथा आक्रोश बढिरहेको जानकारी सुरक्षा निकायमार्फत प्राप्त भएको बयान दिएको उल्लेख छ ।

‘…भाद्र २३ मा जियनजेड पुस्ताले उठाएका मागहरू मूलत: ठीक थिए भन्ने कुरा मैले सार्वजनिक रूपमा नै भनेको छु, तर त्यस पवित्र मनोभावनामा घुसपैठ भएर भएका दु:खद घटना र राज्यका ऐतिहासिक तथा अमूल्य संरचनामाथि भएका आक्रमणलाई केवल आवेगको परिणाम भनेर सीमित गर्न मिल्दैन भन्ने मेरो ठम्याइ छ,’ लेखकले बयानका क्रममा भनेका छन् ।

“हाम्रो आन्दोलन सफल भएको छ, यसलाई हाइज्याक गरेर हिंसात्मक बनाइँदैछ, साथीहरू आ–आफ्नो घर फर्किनुस्” भन्ने जियनजेड अगुवाहरूको अभिव्यक्तिले प्रदर्शनमा घुसपैठ भएको तथ्य पुष्टि भएको मैले देखें,’ उनले बयानमा थप व्यहोरा उल्लेख गरेका छन् ।

आफूले फिल्डमा प्रत्यक्ष आदेश नदिने, तर नीतिगत निर्देशन, समन्वय र राजनीतिक तहबाट आवश्यक सहजीकरण गर्ने जिम्मेवारी निर्वाह गरेको स्पष्ट पनि पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रधानसेनापति अशोकराज सिग्देलले भदौ २२ गते नै जेनजी आन्दोलन व्यापक हुनसक्ने जानकारी प्राप्त भएको बताएका छन् । जेनजी आन्दोलनको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले लिएको बयानका क्रममा उनले भदौ २२ गते बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा ाष्ट्रिय अनुसन्धान विभाग तथा अन्य सुरक्षा निकायबाट आन्दोलन व्यापक हुन सक्ने जानकारी प्राप्त भएको उल्लेख गरेका हुन् । यद्यपि ...
दुरुपयोग भएको डाक्टर दर्ता नम्बर रोक्न मेडिकल काउन्सिलको निर्देशन
। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तत्काल भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । बुधबार पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसंग कुरा गर्दै महामन्त्री पौडेलले आयोगले प्रतिवेदन बुझाइसक्दा पनि सरकारले हालसम्म सार्वजनिक नगरेकोप्रति आपत्ति जनाउँदै तत्काल सार्वजनिक गर्न माग गरेका हुन् । उनले वर्तमान सरकारको म्याण्डेड निर्वाचन र भदौ २३ ...
। इजरायल-अमेरिका र इरानबीच जारी सैन्य तनाव तत्काल अन्त्य हुने संकेत देखिएको छैन । युद्धको स्वरूप फेरिँदै जाँदा दुवै पक्षले सैन्य अखडाका अतिरिक्त गैरसैन्य संरचनालाई पनि निसाना बनाउन थालेका छन्, जसमा पेट्रोलियम उत्खनन क्षेत्र र रिफाइनरीहरू मुख्य तारो बनेका छन् । लम्बिँदै गएका युद्धका कारण अन्तर्राष्ट्रिय बजारमै पेट्रोलियम पदार्थ र ग्यास आपूर्ति शृङ्खला खलबलिन थालेकाले आगामी ...
। प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न गराउने क्रममा निर्वाचन आयोगले कायम गरेको मानक आगामी निर्वाचनमा पनि यथावत् हुँदै जानुपर्नेमा जोड दिएकी छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न भएको अवसरमा निर्वाचन आयोग नेपालले आज बहादुरभवनस्थित कार्यालय परिसरमा आयोजना गरेको जलपान समारोहमा प्रधानमन्त्री कार्कीले देशभरका कुनै पनि मतदान केन्द्रमा पुनःमतदान गर्नु नपर्ने र शान्तिपूर्ण ...