। प्रधानमन्त्री, मन्त्रीलगायतले साइत देखाएर शपथ लिने विषयलाई अर्थमन्त्री रामेश्वर खनालले टिप्पणी गरेका छन् । भावी प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले शुक्रबार मध्याह्न १२:३४ बजे शपथ लिने गरी साइत हेरेको भन्ने समाचार बाहिरिएसँगै खनालले यसबारे टिप्पणी गरेका हुन् ।
यसै विषयमा अहिलेका अर्थमन्त्री खनालले यो परम्परा कत्ति मन परेन भनेर टिप्पणी गरेका हुन् ।
उनले आफूहरू सरकारमा जाँदा साइत हेर्ने, देखाउने समय नहुँदा पनि इतिहासमै पहिलोपटक स्वस्छ निर्वाचन गराएको भन्दै उनले यो महत्त्वपूर्ण काम नभएको बताएका छन् ।
‘उनले यो साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन । यो साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन,’ उनले भनेका छन्, ‘हामीलाई साइत हेर्ने, देखाउने छुट वा समय नै थिएन । तर, इतिहासमा पहिलो पटक स्वच्छ निर्वाचन सम्पन्न भयो त !’ उनले अहिलेको समयमा इमान्दारी महत्वपूर्ण भएको बताएका छन् ।