। विशेष अदालतले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको आरोप लागेका सहसचिव झलकराम अधिकारीसँग २५ लाख रुपैयाँ धरौटी मागेको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरु हेमन्त रावल र उमेश कोइरालाको इजलासले उनीसँग २५ लाख धरौटी मागेको हो ।
अधिकारीमाथि अख्तियारले ७० लाख रुपैयाँ घुस लिएको आरोपमा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा चलाएको थियो । विशेष अदालतमा मुद्दा दायर भएसँगै अधिकारी निलम्बनमा छन् ।